रुकुममा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाएका नेपाली म्युजिक भिडियोका मोडल , भिडियो निर्देशक तथा भिडियो सम्पादक राज कुमार मगर आजभोलि निकै ब्यस्त बनेका छन। कलाकारिताको विभिन्न क्षेत्रमा कार्यरत उनी सफलताको शिखर उकलने क्रममा छ्न। सानै उमेरदेखि कलाकारिता प्रतिको मोहले उनलाई यस क्षेत्रमा तान्यो।

सिर्जनशील र परिश्रमी स्वभावका मगर आफनो मेहनतमा विश्वास गर्छन। मेहनत गरे अनुसार सफलता पनि प्राप्त भैरहेको अनुभव छ ऊनीसंग । गर्दै जाँदा एक दिन अवश्य थप सफलता मिल्ने कुरामा आशावादी छ्न। `त्यसैले मैले कलाकारितालाई निरन्तरता दिनुपर्छ ´ उनले भने।

कलाकारितामा उनी लगनशील भएर लागेका छ्न। छोटो समयमै उनलाई सफलता पनि मिलेको छ । दर्जनौं नेपाली सुगम संगीतका गीतहरुमा उनको कलालाई देख्न सकिन्छ । आफनो सपना पुरा गर्ने क्रममा नेपाली संगीत तथा सिने क्षेत्रमा पनि केही योगदान पुर्याउने उनको जमर्को रहेकोे छ।

त्यसो त राज कुमारले दर्जनौँ म्युजिक भिडियोहरू निर्माण गरेर आफैले समेत अभिनय गरेका छन । नेपाली मोडलिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुरयाउनु पर्छ भन्ने मान्यता बोकी युवा वर्गलाई हौसला प्रदान गर्ने पात्र हुन उनी ।

कला क्षेत्र आफ्नो जीवनको अभिन्न अंग मान्ने उनी आफनो पुस्तामा फरक तरिकाबाट भविष्य खोजिरहेका छन ।

मोडलिङलाई पनि कर्मक्षेत्र बनाएका उनले एक इमान्दार, मेहनती र सक्षम व्यक्तिको रूपमा आफ्नो परिचय बनाएका छ्न । देशको लागि पनि केही गर्नु पर्छ भन्ने भावनाले उनी ओतप्रोत छ्न । प्रमोद खरेल र प्रविशा अधिकारीको स्वरमा रहेको तिम्रो मेरो साथ लगायतका गीतमा उनको अभिनय रहेको छ । भिडियो निर्देशन तथा सम्पादनमा पनि उनको उपस्थिति लोभलाग्दो छ ।

सातौ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७८ , आदिवासी कला सांस्कृतिक महोत्सव २०७२ मा पुर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाबाट सम्मानित भएका छन । राजकुमारले मनास्लु नेशनल अवार्ड २०७६ बाट सर्वोत्कृष्ट भिडियो सम्पादक , ज्योति फिल्मस अवार्ड २०७८ बाट सर्वोत्कृष्ट भिडियो निर्देशक , सातौं छायाँछवी अवार्ड २०७७ बाट सर्वोत्कृष्ट भिडियो निर्देशक तिज गीत , नेशनल ब्राण्ड अवार्ड २०७८बाट सर्वोत्कृष्ट भिडियो निर्देशक , चौथो हिमालयन अन्तराष्ट्रिय अवार्डबाट भिडियो सम्पादकको अवार्ड साथै नेशनल गण्डकी म्युजिक अवार्ड २०७८बाट सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्डले सम्मानित भएका छन । देश तथा विदेशमा आयोजना गरिने विभिन्न सांस्कृतिक एवम ऐतिहासिक महोत्सवहरुमा उनले आफनो प्रस्तुतीलाई आम दर्शक माँझमा प्रस्तुत गरेका छन । आम दर्शक तथा स्रोताका प्रिय कलाकार राजकुमार मगर आगामी समयमा रजतपटको क्षेत्रमा आफनो कलालाई प्रस्तुत गर्ने जर्मको गर्दैछ्न ।

नेपाली सुगम गीतका भिडियोका साथै पप आधुनिक गीतमा आफनो अभिनय कलाको जादु छरेर एक भिन्न प्रकारको आफनो स्थान बनाउन लागी परेका छ्न भन्दा फरक पर्दैन । कलाकारिता क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्छ । सोखको लागि मात्र लाग्नु नहुने उनको मान्यता रहेको छ।

उनको सुरुवाती चरण संघर्षमय नै थियो । तर त्यसबेला म्युजिक भिडियोको कामबाट आएको सकारात्मक प्रतिक्रियाले आफुमा नयाँ जोस जागँर आएको सम्झन्छन।
राज कुमार मगरले हाल सम्म लगभग १०० वटा जति भिडयोमा निर्देशन गरेका छन । चल्यो बतास , पुर्वी धरान , फुल्दा फुल्दै जाउ , चिया सस्तो छ , नक्कले भिनाजु ३, ४, ५ आदि गरि करिब ३०० वटा भिडियोमा सम्पादन गरेका छन । म्युजिक भिडियोमा म्युजिक भिडियो निर्देशन, सम्पादन, अभिनय गर्नुका साथै विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर अभिनय क्षमता प्रदर्शन गरिसकेका छन।

अभिनय तथा नृत्यमा रुची राख्ने समिर सुन्दर मुहार र आकर्षक शरीरको धनी त छन नै साथै मिहेनती पनि उत्तिकै छन। आफ्नो अभिनय कलालाई तिखार्दै मोडलिङ तथा सिने नगरीमा स्थापित हुने उनको अभिष्ट रहेको छ । सटमुभी र टेलि शृङखलामा पनि उनी काम गरिरहेछ्न।
‘यदि राम्रो ब्यानरमा बन्ने नेपाली चलचित्रको अफर आयो भने म पछि हटदिन ´ भन्छ्न राज कुमार ।

‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाउछु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु’ उनि भन्छन। अगाडि थप्छन ‘मानव जीवन भनेको संघर्ष हो । मिहेनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफलताको शिखर चढन सकिन्छ ।’

प्रमोद खरेलको आवाजमा रहेको तिम्रो मेरो गीतबाट टर्निङ प्वाइन्ट सुरु भएको राजकुमारले सुनाए । अभिनय विषयको अध्ययन गर्ने उनको अर्को लक्ष्य रहेको छ।

भन्छन ‘अभिनयमा आइसकेँ अब छोडन सक्दिन ।’ कलाकारितामा नयाँ स्वाद दिन उनी कटिबद्ध छ्न । क्रीकेट उनको अत्याधिक मन पर्ने खेल हो। घुमफिरमा उनलाई आनन्द आउने गर्छ।

तपाईको प्रतिक्रिया