आन्तरिक पर्यटन प्रर्वद्धनको उदेश्य राखि स्थापित सँस्था टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट (टिआरटिआइ) र व्यवस्थापन शिक्षाका क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ललितपुर स्थित सिटिजन कलेज बीच पर्यटन शिक्षा तथा आन्तरिक पर्यटन प्रबर्द्धन हेतु सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विश्वका २० राष्ट्रमा विस्तारित पर्यटन क्षेत्रमा काम गरिरहेको शैक्षिक तथा व्यावसायिक एलाइन्स जिटीटीपीको सदस्य टिआरटिआइले स्कुल तथा कलेजमा पर्यटन साक्षरता एवं सचेतनाका लागि विविध कार्यक्रमहरु संचालन गर्ने तथा शिक्षकहरुलाई तालिम समेत प्रदान गर्ने काम गर्दछ । अहिले टिआरटिआई तथा जिटीटीपी नेपालले उपत्यकाव्यापी बक्तृत्वकला प्रतियोगिता गरिरहेको छ भने भविष्यमा पनि पर्यटन प्रबर्द्धनको लागि धेरै प्रतियोगिता गर्ने जनाएको छ ।

भर्खरै जिटिटिपी इन्डियाका ५ जना प्रोफेसरले नेपालका १५ जना शिक्षकहरुलाई जिटिटिपीको पाठ्यक्रम पासपोर्ट टु द वर्ल्डका विषयमा तीन दिने प्रशिक्षण प्रदान गरेका थिए । भोलिका दिनमा तिनै शिक्षकले पासपोर्ट टु द वर्ल्ड पाठ्यक्रम टिआरटिआई तथा जिटीटीपी नेपालका सदस्य विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई पढाउने तथा पाठयक्रम पुरा गरेका विद्यार्थीलाई पर्यटन क्षेत्रमा रोजगारीका लागि लिन्क गर्न सहयोग गर्ने जिटीटीपी नेपालका कन्ट्री डाइरेक्टर मदन कुमार बरालले जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया