धरान । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसी सहित ६ जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको सञ्चार मन्त्रालयअन्तर्गतको संस्था समन्वय शाखाले जनाएको छ ।

शाखाका अनुसार भुवनसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले आवेदन दिएका छन् । अधिकांश आवेदक सत्तारुढ दल कांग्रेस निकट फिल्मकर्मी हुन् । पछिल्लो आकलन अनुसार अरुण , भुवन र सम्झना लाई बोर्डको मुख्य दावेदारको रुपमा लिने गरिएको छ । चलचित्रकर्मी महासंघ , प्रदेश १ का अध्यक्ष समेत रहेका अरुण प्रधानको चर्चा अलि चुलिएको अवस्था छ । बिकास बोर्डका अध्यक्षका दावेदार अरुण प्रधान को हुन त ? किन उनलाई बोर्ड अध्यक्ष बनाउनु पर्छ ? भन्ने कुरा जान्नको लागि हामीले अरुण प्रधानका बारेमा केही जानकारी राखेका छौं ।

सुनसरी जिल्ला , ईनरुवा स्थायी घर भएका अरुण कुमार प्रधानले वि सं २०४६ सालमा आफ्नो अभिनयसंगै आफ्नै निर्देशनमा नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तिको दिन सडक नाटक ” अध्यारोको आवाज” बाट उनको नाटक यात्रा शुरु भएको थियो ।

कहिले सडक नाटक नहेरिएको इनरुवामा पहिलो पटक प्रदर्शन भएको सडक नाटकले नौलो तरंग ल्यायो ।

सडक नाटकको सफल प्रदर्शन पछि अरुण प्रधानको अध्यक्षतामा “जयनेपाल सांस्कृतिक परिवार” सुनसरी गठन भयो । सानै भए पनि निकै फुर्तिला र जोशिला अरुण प्रधानले प्रजातन्त्र प्राप्ती पछिको पहिलो चुनावमा स्व गिरिजा प्रसाद कोईरालाको चुनावमा जय नेपाल सांस्कृतिक परिवारको टोलि लिएर चुनावी क्षेत्रका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम देखाउदै हिडेका थिए । लगातार रुपमा नेपाली कांग्रेसमा सक्रिय रुपमा कुनै पनि चुनावी कार्यक्रममा सांस्कृतिक कार्यक्रम नाटक गर्दै उनी सुनिल पोखरेलको आरोहण संग जोडिन पुगे । त्यसपछी निरन्तर रुपमा सडक नाटक, स्टेज नाटक हुदै टेलिसिरियल , बृतचित्र, म्युजिक भिडियो र चलचित्रमा अभिनय, लेखन, निर्देशन गर्न प्रारम्भ भयो । आदिवासी जनजाति चलचित्रको माध्ययमबाट अघि बढेका प्रधान अहिले सम्म सबै भन्दा बढी भाषामा आदिवासी जनजाती चलचित्र बनाउने निर्देशकको रुपमा चलचित्र विकास वोर्डले सम्मान पनि प्रदान गरि सकेको छ । उनले राई, लिम्बू, थारु, राजवंशी, याख्खा, मगर भाषामा चलचित्र निर्माण गरि सकेका छन

उनले राजकुमार राई निर्मित चलचित्र ‘संगममा सह-अभिनेता र ‘त्रिवेणी ’ चलचित्रमा समेत अभिनय गरेका छन् । हिरो बन्ने सपना बुनेका प्रधान अन्ततः निर्माता, निर्देशक भए । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘क्याबिन गर्ल हो । लोकप्रिय हाँस्य गायक तथा अभिनेता श्रीकृष्ण लुइँटेल ‘बोकेदार्ही, प्रकाश पौडेल, नायक जीवन लुइँटेलको पहिलो म्युजिक भिडियो बनाउने पनि उनै अरुण कुमार प्रधान हुन् । महानायक राजेश हमालकी धर्मपत्नी मधु भट्टराईले पनि प्रधानकै भिडियोमा पहिलो पटक अभिनय गरेकी थिईन ।

चलचित्रकर्म संगसंगै उनी समाजसेवामा पनि त्यतिकै सक्रिय छन । उनले कोभिडको प्रारम्भ देखि नै चलचित्रकर्मी लगायत स्थानिय गरिव दुखिलाई गरेको सेवा तारिफ योग्य छ।

उनले रास्ट्रीय तथा अन्तरास्ट्रिय जगतमा समेत विभिन्न अर्वाड र सम्मान पाएका छ्न । उनले सन् २००९ मा भएको फावन फिल्म फेस्टिभलमा थारु चलचित्र ‘हमर जिन्दगीबाट बेस्ट एडिटरको अवार्ड जितेका थिए । त्यस्तै क्याबिन गर्ल चलचित्रबाट बेस्ट डाइरेक्टर र नेपाल चलचित्र विकास बोर्डले प्रदान गर्ने ‘विशेष चलचित्र पुरस्कार-२०७३ १२ नेपाली १ चिहान चलचित्रबाट प्राप्त गर्न सफल भएका थिए । २०१० मा आयोजना भएको नेपाल इन्टरनेसनल इन्डिजिनियस फिल्म फेस्टिभलमा उनको ‘फुङ्वामा चलचित्रबाट ‘ब्रन्ज ड्रम पब्लिक च्वाइस अवार्ड हात पारेका थिए । २०११ मा आयोजना भएको सोही फिल्म फेस्टिभलमा उनको बृत्तचित्र ‘स्वेट ड्रेन्च ल्यान्ड ले कृटिक्स अवार्ड सन् २०१८ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको ‘निफ फिल्म फेस्टिभलमा याक्खा भाषाको चलचित्र ‘ओम्ला बाट बेस्ट डाइरेक्टरको अवार्ड हात पारेका थिए ।

वहाँले नेपाल सरकार चलचित्र विकास बोर्डको सदस्य (आदिवासी जनजाति मातृभाषा प्रवर्दन समिति सदस्य वि.सं. २०७१ देखि २०७५ नेपाल चलचित्र निर्देशक समाज कार्यसमिति सदस्य ( वि.सं. २०७४ देखि २०७६ नेपाल चलचित्र निर्देशक समाज सचिव (२०७६ साल देखि हाल सम्म), नेपाल चलचित्र निर्माता संघ सदस्य तथा नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ अध्यक्ष (२०७६ साल देखि हाल सम्म),रहि निरन्तर रुपमा चलचित्र क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउदै आउनु भएको छ ।

संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको चुनावी क्षेत्र सुनसरीको स्थानीय वासिन्दा भएको कारणले र नेपाली कांग्रेस पार्टी पंक्तिमा राम्रै योगदान पुर्याउदै चलचित्र क्षेत्रमा यति धेरै योगदान पुर्याएका प्रधान लाई चलचित्र विकास वोर्डको अध्यक्ष बनाउन संचार तथा सुचना प्रविधि मन्त्रीलाई नैतिक दवाब बढेको छ । नजिकिदै गरेको चुनावमा योग्य स्थानिय व्यक्तिलाई छनौट नगर्दा त्यसको परिणाम विपरित पर्न सक्ने कुरामा दुईमत छैन । अहिले जिल्लादेखि सम्पुर्ण प्रदेश १ का नेताहरु प्रधानकै पक्षमा उभिएको कारणले गर्दा पनि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई निकै ठूलो दवाब परेको बुझ्न सकिन्छ । यश मानेमा अरुण प्रधान बलियो सम्भावना बोकेको र काम गर्न सक्ने अध्यक्षको रुपमा हेर्न थालिएको छ।

तपाईको प्रतिक्रिया