बिराटनगर । मोरङको जहदा गाउँपालिका १ स्थित बुद्धनगरमा रहेको जय किसान कृषि सहकारी संस्था लि. मा आबद्ध रहेका ३३ कृर्षकहरुलाई कृषि सामाग्री बितरण गरिएको छ ।

मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृर्षि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सो सामाग्री बितरण गरीएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको २५ लाखको सहयोग र जय किसान कृषि सहकारी संस्था लि.को ८ लाख ३५ हजारको लगानीमा जम्मा ३३ लाख ३५ हजारको समाग्री बितरण गरीको हो ।

समाग्रीमा मोटर सहितको च्याफटर २५ थान, दाना बनाउने मेशिन ८ थान कृर्षकलाई बितरण गरेका छन् । त्यसै गरि अन्य समाग्रीमा भैंसीको लागि गोठ मर्मत सम्भार सुधार समाग्री १४ थान, क्रिम सेपरेटर मेशिन १ थान, मिल्क एनालाइजर तथा कम्पयुटर प्रिन्टर १ थान र प्रयोगशालाको समाग्रीहरु रहेका संस्थाका ब्यवस्थापक बुद्धदेब यादवले बताए ।

सामाग्री बितरण कार्यक्रमको प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद शाहले कार्यक्रम बोल्दै संस्थाले गरेको कार्यलाई कृर्षकहरुका लागि अत्यन्त लाभदायक भएको र गा.पा. ले समेत यस्ता कार्य गर्नमा अगाडी बढी सकेको बताए ।

कार्यक्रममा बिशिष्ठ अतिथि भेटेरिनरी अस्पतालका अधिकृत बडेलाल यादव, जहदा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम राजवंशी , मिन प्रसाद सुबेदी रहेको थियो भने अतिथिमा राजेन्द्र प्रसाद मण्डल , पंकज कुमार साह, सरिता देबी सरवरीया, राज कपुर यादव,शम्भु यादव लगायत कृषक स्थानीयहरुको ब्यापक उपस्थिती रहेको थियो ।

कार्यक्रम य किसान कृषि सहकारी संस्थाका अध्यक्ष अनिल कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया