क्रान्ति सुब्बा

जुलाई ११ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,८६३
.स्थानीय केस संख्या : २,६११
.पिसिआरबाट पुष्टि केस संख्या : १,०६६
.एन्टिजेनबाट पुष्टि केस : १,५४५
.आयातित केस संख्या : २५२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२९  जना
.आयातितमा युकेबाट ७० जना,सिंगापुरबाट २९ जना,इन्डियाबाट १३ जना, थाइल्यान्डबाट १६ र अमेरिकाबाट १६ जना आएका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : १०९
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १४

.कुल संक्रमित संख्या : १,२७३,९१७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,४१९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२०५,७४१

.विभिन्न ५४४ वटा स्कुलबाट ६२७ वटा केस आएका थिए जसमा ५२७ जना विद्यार्थी र सय जना शिक्षक परेका थिए । आठ  वटा स्कुलका कक्षाहरु एक हप्ताको  निलम्बनमा परेका थिए । ती स्कुल हुन: TWGHs वङ यी जार जाट मेमोरियल प्राइमरी स्कूल, इमानुएल प्राइमरी स्कूल, काउलुन साम युक सेकेन्डरी स्कूल, क्रिएटिभ किन्डरगार्टन, प्रिसियस ब्लड सेकेन्डरी स्कूल, योर्क अंग्रेजी प्राइमरी स्कूल र किन्डरगार्टन, हङ ची पाइनहिल स्कूल, र C.C.C मङ्कोक चर्च काई ओइ स्कूल।

. HK चाइनिज वुमेन्स क्लब WCSY मेमोरियल केयर एण्ड एटेन्सन सेन्टरबाट पनि  एक जना बासिन्दा संक्रमित भएका थिए ।

हङकङमा उत्तर भ्याक्सिन लहर

.हङकङमा पछिल्लो समयमा दैनिक नयाँ संक्रमितको संख्या ३ हजारको वरिपरि घुमिरहेकोछ। हङकङ युनिभर्सिटी, सेन्टर फर इन्फेक्सन एण्ड इन्फेक्सियस डिजिज बिभाग प्रमुख हो पाक-ल्यङले हङकङले भोगिरहेको यो अवस्थालाई  “पोस्ट-भ्याक्सिन लहर ”  अर्थात उत्तर भ्याक्सिन लहर भनेका छ्न। आज (११ तारिख) एक रेडियो कार्यक्रममा बोल्ने क्रममा उनले पुष्टि केसहरू अझै उत्कर्षमा पुगिनसकेको बताए । एक देखि दुई हप्तामा संक्रमितको संख्या दोब्बर हुने अपेक्षा गरिएको छ।

त्यसो त अझै पनि संक्रमणको मुल धारमा मुल संक्रामक भाइरस स्ट्रेनको रूपमा ओमिक्रोन बिए.२ नै रहदै आएको छ बिश्वमा । र विश्व स्तरमा ओमिक्रोन सब-भेरिएन्ट बिए.४ वा बिए.५ जुन रफ्तारमा फैलिरहेको छ त्यसै अनुपातमा स्थानीय संक्रमण पनि बढ्ने विश्वास गरिएको छ।
जुलाईको अन्ततिर केस संख्या दोब्बर हुनसक्ने स्थितिलाई दृष्टिगत गरि हस्पिटल अथोरिटीले हालमा संक्रमित रोगीको निम्ति १,२०० देखि २,५०० शैयाको पुर्व तयारी गरेको छ।

कोभिड नियम अप्डेट

सरकारले केहि नयाँ कोभिड नियमलाइ अप्डेट गरेको छ। स्वास्थ्य मन्त्री लो चुङ माउले कोभिड प्रेस ब्रीफिङमा यस बारे चर्चा गरेका थिए । ती यस प्रकार छ्न।
. हालमा ६० प्रतिशत पोजेटिभ बिरामी होम क्वारेन्टाइन छ्न।  १५ जुलाई उप्रान्त होम क्वारेन्टाइनमा रहेका संक्रमित बिरामीहरूले  इलेक्ट्रोनिक रिस्टब्यान्ड लगाउनुपर्नेछ जसले गर्दा संक्रमितले आफ्नो वतन छोडन नपाओस।
. कोभिड पोजिटिभ भएकाहरुको लिभहोमसेफ एपमा रातो संकेत जनित क्युआर कोड  जडान गरिनेछ। जब संक्रमित व्यक्ति निर्धारित परिसर वा उच्च जोखिम क्षेत्रहरूमा प्रवेश गर्नको लागि जान्छन् , त्यसबेला एप स्क्यान गर्दा रातो हुनेछ फलस्वरूप उनिहरुलाइ प्रवेश निशेध गरिनेछ। संक्रमितलाई मास्क खोल्नु पर्ने स्थान , सार्वजनिक क्षेत्र, अस्पताल र आवासीय घरहरूमा प्रवेशबाट रोक लगाउन यस्तो प्रबन्ध गरिएको हो।

.बिदेशबाट आएका संक्रमित व्यक्तिको सन्दर्भमा भने सरकारले उनीहरूलाई येल्लो हेल्थ कोड लागू गर्ने बिषयमा  अध्ययन गरिरहेको छ ताकि उनीहरूलाई उच्च जोखिम क्षेत्र र निर्धारित परिसरहरूमा प्रवेश निशेध गर्न सकियोस् । उनीहरुको लागि  प्वाइन्ट टु पोइन्ट स्वास्थ्य व्यवस्थापन कार्यान्वयन गरिनेछ। अथवा जानैपर्ने स्थानमा सिधै जाने र सिधै फर्किने संयन्त्र लागु हुनेछ ।

.लिभहोमसेफ  एपमा वास्तविक नाम दर्ता गर्ने प्रणाली लागु गर्नुको उदेश्य सम्बन्धित नागरिक कता छ भन्ने  पत्ता लगाउन लागू गर्न खोजिएको होइन भन्ने कुरा स्वास्थ्य मन्त्रीले पुन स्पष्ट पारे। तत्काल शहरलाई लकडाउनमा लाने कुनै योजना नभएको जानकारी  दिए ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ३६ नयाँ  केस थपिएका थिए जसमा १९ लोकल केस अज्ञात स्रोतबाट आएका थिए । १७ वटा केसको सम्बन्ध पुर्व केससंग जोडिएको थियो ।

बिए.४ र बिए.५ बाट संक्रमित १९ वटा नयाँ  केस थपिएका थिए जसमा ६ जना स्थानीय संक्रमित केस  अज्ञात स्रोतबाट आएका  थिए । १३ वटा केसको सम्बन्ध पुर्व केससंग रहेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,२०६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ७ जना । मृतकमा ६५ देखि ९० वर्षका ४ पुरुष ३ महिला परेका थिए । ३ जना नर्सिङ होम निवासी थिए । एक जनाले भ्याक्सिन हानेका थिएनन् र सबै जना दिर्घरोगी थिए ।
.अस्पतालमा भर्नारत बिरामीको संख्या : ९५७
.क्रीटिकल  बिरामीको संख्या : १७
.सिरियस बिरामीको संख्या :३१
.आइसियुमा रहेको बिरामीको संख्या : ५
.निको भएको बिरामीको संख्या : ७९ (गत २४ घन्टामा)
.डिस्चार्ज भएको बिरामीको संख्या : ७१  (     ”     )
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ६ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२४,७८०
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२४,४३१

तपाईको प्रतिक्रिया