काठमाडौं । भुवन केसीले आफ्नो करिअरमा धेरै सफल फिल्म दिएका पनि छन् । सम्झना, कुसुमे रुमाल, चिनो, दुई थोपा आँसु, करोडपति उनका सफल फिल्मका सूची हुन्, जहाँ भुवनले उल्लेख गर्न लायक अभिनय गरेका छन् । ’गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोको रूपमा स्थापित नै गरेका छन् । तर भुवन जति सिनेमामा नायकको रुपमा चर्चित छन् त्यो भन्दा बढि विभिन्न अभियोगहरुबाट चर्चित छन् । ती मध्ये सबैभन्दा बढि केश जोडिएका छन् केटि काण्ड सँग ।

२ बर्ष अघि क्यानाडाबाट सामाजिक सञ्जालको स्कृनशट शेयर गर्दै श्रीमति (नाम गोप्य राखिएको ) रेग्मीले भुवनको विरुद्ध मि टु अभियान चलाईन्। फेसबुक भिडियो मै आफैले बोलेर केसीको बदनियत र दुर्व्यवहारबारे खुलेरै अघि आईन् ति रेग्मी थरकी महिला। अहिले पनि त्यो भिडियो डिजिटल प्लेटफर्ममा हेर्न सकिन्छ। उनले आफ्नो भिडियो र भुवनसंग भएको मेसेन्जर वार्ता त्यतिखेर सार्वजनिक गरिन् जतिबेला भुवनलाई उनैले आफ्नो छोराको लागि निर्माण गरेको पहिलो चलचित्रकी शाह थरकी नायिकाले “ह्यारासमेन्ट”को अभियोग खुलेआम लगाएकी थिइन्। यसमा भुवनलाई कारवाहीको दायरामा ल्याउन थप बल पुगोस् भनी रेग्मीले क्यानाडाबाट आफु खुलेको अनुमान गर्न सकिन्छ। शुरुमा छद्म रुपमा अन्तर्वार्तामा नायिका शाहले कुरा चुहाएको भएपनि चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा पछि सारे झैंं भुवनले सामाजिक संजालमा स्ट्याटस् युद्ध गरेपछि कुरा सतहमा आएको थियो । नायिकाले यति मात्र बोलिनन्, त्यसपछि पनि

आफूमाथि भुवनले गरेको दुर्व्यवहारबारे बोलिन् । जापानमा भएको अवार्ड कार्यक्रममा भुवन आफूसँग टाँसिन आएको पनि आरोप लगाइन् । उनले भनेकी छिन्, ’उहाँले गालामा मुख जोडाएर छोरी, अब यस्तो नगर है भन्नुभयो । तैपनि मैले सुनिरहेँ ।’

पछि भुवन र नायिका दुवैले कानुनी बाटो रोजे । दुवैले जिल्ला अदालत काठमाडौंमा अलग अलग मुद्दा दर्ता गराएका छन् । मुद्दा अझै विचाराधीन अवस्थामै छ । त्यतिखेर रविन्द्र खड्का अध्यक्ष रहेको चलचित्र कलाकार संघले दुवैलाई टेबलमा राखेर वार्ता द्वारा मिलाएको समाचार आयो। कस्तो अचम्म एउटी नायिका माथिको “ह्यारासमेन्ट” र “मिटु” केशलाई वार्ताद्वारा मिलाउने भन्ने पनि हुन्छ? रविन्द्र खड्का त भुवन केसीको स्टारडमले तल थिचिएर आफ्नो विवेक गुमाए तर संघको कार्यकारी बडिमा भएका महिलाह कलाकारहरुको बुद्धि चैं कता हराएको थियो?

जे होस् यो केशलाई भुवनले स्टारडमको छायाँमा पार्न सफल रहे।

भुवन करिअरको उतरारर्द्धमा रहँदा एक विवाहित युवतीको प्रेममा थिए । बुटिक सञ्चालन गर्ने ती युवती र भुवन सार्वजनिक कार्यक्रममा पनि सँगै देखिन्थे । उनीहरूको प्रेमचर्चाले फिल्म क्षेत्रलाई तताएको थियो । भलै, उनीहरूले आफ्नो प्रेमलाई स्वीकारेका थिएनन्

। तर त्यो ओपन

सेक्रेट थियो। तीनै युवतीसँग गाडी चडेर नगरकोट डेटिगं हिँडेका भुवनलाई कोटेश्वरमा ती युवतीका श्रीमानले कुरेर हेलमेटले कुटेको खबर खुबै भाइरल भयो । भुवन कोटेश्वरमा बाटो छेकेको कुरालाई स्वीकार्छन् । तर, कुटाइ खाएको कुरालाई स्वीकारेनन् । भलै प्रत्यक्षदर्शी र लोकल ट्राफिक पुलिसले हेल्मेट काण्डलाई पुष्टि गरेका थिए। अभिनेत्री सारंगा श्रेष्ठले भनेकी थिइन्, ’यदि भुवन केसी फिल्म क्षेत्रमा थिएनन् भने धेरै अभिनेत्रीहरू कुमारी नै हुन्थे ।’ सारंगाको उक्त अभिव्यक्ति फिल्म क्षेत्रमा लामो समय गसिपको विषय बन्यो । मिडियाले पनि भुवनलाई प्रश्न सोध्न थाले, ’के तपाईं स्त्रीलम्पट हो ?’

यो प्रश्न त भुवनलाई अहिलेसम्म पनि सोधिन्छ । जवाफमा उनले आपत्तिजनक किसिमको टिप्पणी गर्ने गरेका छन्, ’हेन्डसम छु, केटीहरू पछि लाग्छन् त मेरो के दोष ?’
तर यतिमात्र होईन कहिले गर्लफ्रेण्डको श्रीमानको हेलमेटले खान्छन् भुवनले त कहिले आफ्नै छोरासँग सहकर्मि हिरोईनको मिटु मा पर्छन् भने कहिले सामाजिक सञ्जालमा नै प्रमाण सहित उत्रन्छन् महिलाहरु ।

नारायण पुरीको निर्देशन रहेको फिल्म ’महादेव’को छायांकन को क्रममा एक दृश्यमा भुवनले करिश्मालाई चुम्बन गर्नुपर्ने थियो । पोखरामा भएको शो शुटिगंमा धेरै टेक लिइसक्दा पनि निर्देशकले चित्त बुझाएनन् । भुवनले नियोजित रूपमा नै टेक बिगारेको आरोप लाग्यो । अन्ततः करिश्माले छायांकन स्थलबाटै पति बिनोदलाई फोन गरेर बोलाएपछि भोलिपल्ट बिनोद मानन्धरले निर्देशकलाई पुरीलाई आवेशमा हातै हालेका थिए । भुवनले यो टेक बारम्बार लिनलाई निर्देशकलाई प्रभाव पारेर गर्न लगाएको र पहिलो फिल्म निर्देशन गर्दै गरेका नारायणले भुवनको कुरा मानेको पाइयो।

फेरि चर्चा चल्यो अभिनेत्री जिया केसीसँग । भुवन र जिया लिभ–इन टुगेदरमा लामो समय बसेका छन् । लामो समयदेखि उनीहरू एकसाथ बस्दै आएका छन् । तर, उनीहरूले औपचारिक रूप

मा आफ्नो सम्बन्ध खुलाएका छैनन् । अभिनेत्री सुस्मिता केसीसँगको वैवाहिक सम्बन्धलाई टुंग्याएका भुवनले अहिले जियाको साथ पाइरहेका छन् ।

सुस्मिता बमजन (केसी) सँग भुवनले प्रेमविवाह गरेका थिए । तर, सुस्मिता भुवनकी पहिलो श्रीमती भने होइनन् । भुवनले सुस्मितालाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएका थिए ।

भुवनकी पहिलो श्रीमती विजया केसी एक छोरा र एक छोरीका साथ अमेरिकामा बस्छिन् । यता सुस्मितातर्फका छोरा अनमोल केसी नेपाली फिल्म क्षेत्रमा छन् ।

यी त भुवनका चर्चित बनेका लफडा हुन् । यीबाहेक सुटिङ सेटमा प्रोडक्सन म्यानेजरलाई हातपात गरेकोदेखि होटलको बिल नतिरेकोसम्म थुप्रै किस्सा भुवनको नाममा छन् ।

अहिले भुवन सिनेमाको पर्दाबाट ओझेल छन् । तर, उनी चर्चा र विवादबाट मुक्त छैनन् । सम्भवतः हुन सक्दैनन् पनि । भुवनलाई केही न केही उटपट्याङ गर्नैपर्छ । यो उनको ‘प्राइभेट’ स्वभाव हो ।
उनी फिल्म ‘कृ’ को गीत चोरी लफडामा मुछिए । त्यसअघि ‘होटलको बिल नतिरेको’ । त्यसअघि एमालेले भुवनको चरित्र कै कारण कार्यकर्ताको विरोधको कारण , दिएको सभासद टिकट समेत खोसेको । त्यसअघि ‘जिया केसीसँग लिभिङ टुगेदरमा रहेको’ । त्यसअघि ‘कथित गर्लफ्रेन्डका पतिले सडकमै हेलमेटले कुटेको’ । खोजतलास गर्ने हो भने, लफडाको महाभारत नै बन्नसक्छ भुवन केसीको।
भुवनले दुईवटा विवाह गरेँ, एउटा लभ र अर्को एरेञ्ज। भुवनकी जेठी श्रीमतीबाट छोरी काजल तथा छोरा विवेक दुईजना तथा कान्छी श्रीमतीबाट छोरा अनमोल गरी तीन सन्तान छन्। भुवन र सुस्मिताको वैवाहिक जीवन करिब १० वर्ष टिकेको थियो।
राजनैतिक रुपमा उनि नेकपा एमालेमा आवद्ध थिए भने हालै स्थानिय निर्वाचनताका नेपाली काँग्रेशमा प्रवेश गरेका छन् । भुवनले काठमाडौँ महानगरपालिकाको टिकट नपाएपछि एमाले छोडेर स्वागत नेपालको पार्टिमा समेत प्रवेश गर्न लागेका केसी अन्ततः कांग्रेशमा आएर चलचित्र विकास बोर्डको अध्यक्ष ताकेर बसेका छन् ।
नायिका तथा महिलाहरुसंग बारम्बार “मिटु”को अभियोग लागेका केसीले चलचित्र जगतको शिर्शस्थ स्थानमा के आधारमा दावी गरेका हुन् ? नबुझिने पाटो रहेकोे छ।

विकासबोर्ड अध्यक्ष बार्गेन गरेर ठींगो एक्लो भुवन केसी कांग्रेस प्रवेश गरे। महिला र चेलिबेटीको इज्जतको लागि जीवन दिएकी एक सामाजिक पात्रले यस्तो चरित्रको भुवनलाई कांग्रेस प्रवेश गराएकी हुन् भने, बोर्ड अध्यक्षको लागि पनि एक सुत्रे मागमा प्रम देउवालाई दबाब दिइरहेकी छिन् । बाकी के हुन्छ समयले बताउने भएको छ।

तपाईको प्रतिक्रिया