क्रान्ति सुब्बा

हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङले जुलाई १८ तारिख सोमबार बेइजिङमा आयोजित एक सेमिनारमा दिएको अनलाइन किनोट भाषणमा हङकङ र मकाउमा चीन विरोधी शक्तिहरू अझै निस्तेज नभैसकेको स्थिति रहेको जसका कारण हङकङ र मकाउका सबै बासिन्दाहरू सतर्क रहनुपर्ने बताएका थिए ।

यसै सन्दर्भमा नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका वर्तमान सदस्य हङकङका प्रोबेजिङ राजनीतिकर्मी ताम यिउ-चुङले जुलाई १९ तारिख बिहान एक रेडियो कार्यक्रममा चीन विरोधी शक्ति भन्नाले फरक मत र फरक राजनीतिक विचार भएको सामान्य अवस्थालाई जनाउँदैन भनेका थिए । यसको अर्थ सर्वसाधारणले फरक मत र राजनीतिक विचार अनुसरण गर्नु चीन बिरोधि कहलिनु होइन । तर प्रचलित कानूनको पालना गर्नु र हङकङको आधारभूत कानूनको मर्मसंग बाझिने क्रियाकलाप नगर्नु चाहिँ  मुल कुरा हो उनले भने।

फरक मत र राजनीतिक विचार राख्ने सर्वसाधारणलाई त समेटदै लानु पर्ने कुरामा उनले जोड दिएका थिए ।

अमेरिका र पश्चिमाहरूको समर्थनमा हङकङमा सक्रिय रहेको चीन बिरोधि शक्तिको अस्तित्वलाई सजिलै अस्वीकार गर्न सकिन्न । उनको विश्वासमा सिया बाओलोङको भनाइ एउटा सावधानी सुचक वाणी हो या त हङकङमा चीन विरोधी शक्तिहरू भित्री रूपमा अझै सक्रिय रहेको प्रमाणित हुने पर्याप्त प्रमाण उनिसंग भएकाले उनले यसो भनेको हुन सक्छ उनले भने।

ताम यीउ चुङ

हङकङमा रहेका प्रजातान्त्रिक शक्तिलाइ सुधारेर एउटा  “वफादार प्रतिपक्ष” बनाउन संभव  छ कि छैन भनेर सोध्दा, तामले हङकङका प्यान-डेमोक्र्याटहरूले नयाँ परिस्थिति अनुसार आफुलाइ समायोजन गरेर लैजान आवश्यक छ। तर “प्रत्येक संस्थाको आ-आफ्नै ऐतिहासिक कारण र पृष्ठभूमि हुन्छ, त्यसैले उनीहरुलाई  परिवर्तन हुन केही समय लाग्छ नै।” उनले थपे। उनले ‘एक देश, दुई व्यवस्था’ द्वारा निर्देशित सर्वोच्च सिद्धान्त भनेको  राष्ट्रको सार्वभौमसत्ता, सुरक्षा र विकास पक्षको रक्षा गर्नु हो  भने।


भूमानचित्रबाट प्राप्त आफ्नो अद्वितीय स्थानको भरपुर फाइदा हङकङले उठाउनु पर्दछ र पूँजीवादी प्रणालीलाई कायम राख्नुपर्छ तर हङकङले मुल भूमि चीनको समाजवादी प्रणालीलाई प्रभाव पार्ने चेष्टा गर्नु हुन्न । यी  दुई प्रणालीहरूले एकअर्कालाई सम्मान गर्नुपर्छ। वास्तवमा सिया बाओलोङको मन्तव्यले सबैलाई चीन विरोधी शक्तिहरूलाई फैलिनबाट रोक्न पर्छ भन्ने कुरालाई पुन स्मरण गराउदछ। हङकङमा हुने चीन विरोधी प्रोपोगन्डामा भाग नलिन र हङकङलाई प्रतिकूल हुने विषयहरूको प्रतिरोध गर्न सबैलाई सम्झाउने किसिमको सन्देश हो यो उनले  बताए।

आधारभूत कानूनको दफा २३ लागू गर्न जरुरी छ कि छैन भन्ने सम्बन्धमा तामले ढिलो वा चाँडो यो लागू हुने बताए  तर नयाँ सरकार भर्खरै स्थापना भएकोले  र  धेरै कुराहरूको  समाधान गर्न बाँकी रहेको पनि उनले स्मरण गराए।


सिया बाओलोङले हङकङको दीर्घकालीन स्थायित्वको लागि राष्ट्रपति सी जिनपिङले जुलाई १ तारीख दिएको वक्तव्यलाई मार्गचित्र मान्नुपर्ने कुरालाई  उल्लेख गरेका थिए जसको लागि हङकङ सरकारले सी जिनपिङको “चार आशा” लाई कार्यान्वयन गर्न आवश्यक रहेको कुरा पनि तामले उल्लेख गरे ।
“एक देश ” चाहिँ जरा हो,देशै नरहेमा “दुइ व्यवस्था ” हासिल गर्नु असंभव छ। त्यसैले हङकङ सारका तमाम  नागरिकले सचेतपुर्वक देशको आधारभुत व्यवस्थालाई आदर र रक्षा गर्नुपर्छ उनले सम्झाए। 

 
कार्यकारी परिषदकि संयोजक रेजिना यीपले पनि तामको भनाइलाई समर्थन गरेकी थिइन । बिदेशी शक्तिसंग सक्रियपुर्वक साँठगाँठमा लाग्नेलाइ सियाले चाइना बिरोधि शक्ति भनेका हुन।
“अहिलेको भूराजनीतिक अवस्थामा केहि पश्चिमा शक्ति चीनलाई कमजोर पार्न लागेका छ्न । अमेरिका त खुल्ला रूपमा चीन विरोधी तप्कालाइ एकजुट गर्न लागि परेको छ। यस्तो शक्तिलाई टाउको उठाउन नदिन चाइना समर्थक शक्ति सजग रहन आवश्यक छ ।” उनले भनिन।

तपाईको प्रतिक्रिया