न्युयोर्क अमेरिका। प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा,महासचिव शंकर पन्त सहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने सँस्थाका राज्य कमिटी अध्यक्ष सौमेंद्र रञ्‍जित,सचिव देवकी पन्त,कोषाध्यक्ष उमा तामाङ्गको विशेष सक्रियता थियो ।

द गुरुङ ( तमु ) सोसायटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ सहितका पदाधिकारीहरुको सक्रियता प्रशंसा योग्य थियो । रक्तदाता तथा उपस्थित आगन्तुकहरुलाइ फलफुल तथा खाना वितरण गरिएको थियो।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट  , आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार  बिष्ट लगायत  अन्य थुप्रै व्यक्तित्वहरु रक्तदान कार्यक्रममा उपस्थित थिए। रगतको खाँचो हरबखत हुने गर्दछ भन्दै रक्तदान कार्यक्रमको आयोजकहरुलाइ रगत संकलक संस्थाले धन्यवाद दिएको थियो। साथै रक्तदाताहरुलाइ आयोजक सँस्थाले सम्मान पत्र हस्तान्तरण गरेको थियो।

तपाईको प्रतिक्रिया