धरान | बण्डल एजेन्सी धरानको आयोजनामा हुने ” ग्लेन्स फेशन शो २०२२” को लागि बीस जना धरान तथा इटहरीका मोडलहरु अडिसनबाट छानिएका छन् ।

धरान मेगा कलेजमा आयोजना गरिएको अडिशनबाट मोडलहरु छानिएका हुन। आगामी भदौ अन्तिम साता धरानमा आयोजना हुने फेशन शोका कोरियोग्राफी मिस स्टेट १ तेस्रो संस्करण बिजेता श्वेता भुजेलले गर्दैछिन । भुजेल कोरियोग्राफरको रुपमा पहिलो पल्ट काम गर्दैछिन। यस अघि बण्डल रनवे फेशन शोको तीन वटा संस्करण आयोजना गरिसकेको बण्डल एजेन्सीले धरानमा मोडलिंगमा लाग्न चाहनेहरुको लागि फोटोशुट तथा फेशन शो आयोजना गर्दैआइरहेको छ ।

तपाईको प्रतिक्रिया