धरान । धरानको सैनिक भवनमा आगामी साउन २८ गते‘सॅंगसॅंगै बाच्न पाऊॅं’ नामक नेपाली कथानक चलचित्रको प्रिमियर शो हुने भएको छ। “नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्द्वन गरौं” भन्ने मूल नाराको साथ चलचित्र प्रदर्शन हुने भएको हो। चलचित्रमा गौरव पहाडी, बिमला खजुम लिम्बू,उदय सुब्बा, सुरविर पण्डित र जीवन लिम्बू लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मिलन चोङबाङ (लिम्बू)को निर्देशन र भीम चोङबाङ, ईन्द्र चोङबाङ,साल कुमार चोङबाङ लगायतका लगानी रहेको छ।

एकाध फिल्म बाहेक नेपाली फिल्म हेर्ने दर्शकहरुको कमी हुदै गई रहेको छ। प्रिमियर शोहरुले फिल्मको प्रचार-प्रसारमा सहयोगी हुने नायिका खजुमको दावी छ। `नेपाली फिल्मलाई माया र सम्मान गरि दिनु होला।फिल्म हेर्न आउनु होला’, नायिका खजुमले भनिन्। नायिका खजुमले दर्शकलाई फिल्म हेरेर कामको मुल्याकंन गरि दिन समेत आग्रह गरेकी छिन्। टिकट दरहरु रु २०० देखी रु ५००० सम्म रहेको नायिका खजुमले जानकारी दिएकी छिन ।
Post Views: 747