क्रान्ति सुब्बा

श्रम मन्त्री क्रीस सुनले अगस्ट १४ तारीख आइतबार लिभहोमसेफमा पहेँलो हेल्थ कोड भएका कामदारलाई रोजगारदाताले काम गर्न मनाही गर्न सक्दैनन् भनेका छ्न। कम्पनीले कामदारको तलब कट्टा गर्न पनि मिल्दैन ।
हाल प्रचलित नयाँ क्वारेन्टाइन नियमानुसार तीन दिन अनिवार्य होटेल क्वारेन्टाइन समाप्त गरेपछि चार दिन घरमै पहेँलो हेल्थ कोड सहित चार दिन बस्नु पर्दछ। चार दिन घरमा बसेको बेला सरकारले जागीरमा जान छुट दिएको छ।

एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा यदि कुनै रोजगारदाताले तिमी काममा नआउनु भन्छ भने उसले संबंधित कामदारलाई पेड लिभ दिनु पर्दछ उनले भने ।

एम्बर अर्थात पहेँलो हेल्थ कोड

“हालको क्वारेन्टाइन विनियममा नै पहेँलो कोडधारीलाई काममा जाने अनुमति कानुनी रूपमा दिइएको छ। तर उनीहरुले काममा बिशेष कोभिड नियम पालना गर्नुपदछ । जस्तै हरबखत मास्क लाउनु पर्दछ। खाना अलग्गै बसेर एक्लै खानु पर्दछ। यदि यी यस्ता नियम पालना गर्न कामदार राजी भएको खण्डमा इम्प्लोयरले उनीहरुलाई काममा जाने अनुमति दिनुपर्दछ।” उनले भने।
“यदि कुनै कारणवश उनीहरु काममा जान असमर्थ भएमा समेत रोजगारदाताले कामदारलाई तलब दिनु पर्दछ।” उनले थपे ।


अगस्ट १४ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,९७९
.स्थानीय केस संख्या : ४,७६४
.पिसिआरबाट पुष्टि केस संख्या : १,५३४
.एन्टिजेनबाट पुष्टि केस : ३,२३०
.आयातित केस संख्या : २१५ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२१ जना
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ७९
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २०
.आयातित केस मध्ये युकेबाट ३१ जना,इन्डियाबाट ३१ जना , अमेरिकाबाट १५ जना ,थाइल्यान्डबाट १३ जना,पाकिस्तानबाट १२ जना परेका थिए ।

.कुल संक्रमित संख्या : १,४१२,०४३ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५६२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२५५,५०८

. ५ वटा नर्सिङ होमबाट ३ जना वासिन्दा र २ जना कर्मचारी संक्रमित भएका थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३५२
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३ जना । मृत्यु हुनेमा ८० देखि ८९ वर्ष  बीचका २ जना पुरुष १जना महिला परेका थिए । नर्सिङ होमबाट एकजना मृतक  परेका थिए। दुई जना मृतक  खोपहिन थिए भने एकजनाले ३ मात्रा खोप लगाएका थिए ।  सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,६९०

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ४
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : २
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ३१ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २२
.आइसियुमा रहेकोे बिरामीको संख्या : १०
.गत २४ घन्टामा निको भएका बिमारी : १३३
.डिस्चार्ज भएका बिमारी :११९
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५ संक्रमितको संपर्क आएका मानिसको संख्या : ८
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :५४
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :१३

पोजेटिभ पुष्टि ५ वर्ष ९ महिनाकी नावालिकाको अवस्था क्रीटिकल नै छ र चुन मुन अस्पतालको बाल चिकित्सा बिभागका आइसियुमा नै उपचाररत छिन। उनले खोप लाएकी छैनन् । उनको ११ वर्षकि दिदि पनि पोजेटिभ पुष्टि भएकी छिन।

तपाईको प्रतिक्रिया