क्रान्ति सुब्बा

हङकङको संक्रमण ग्राफलाइ नियाल्दा प्रत्येक पाँच जना संक्रमितमा एकजना भन्दा बढीमा उच्च संक्रमण क्षमताको ओमिक्रोन उप संस्करण बिए.४ वा बिए.५ भेटिने गरिएको छ। निकट भविष्यमा भाइरसको यो शिरा हङकङको प्रधान शिरा बन्ने निश्चित छ। सरकारले दिएको जानकारी अनुसार दैनिक पुन पोजिटिभ हुनेको मात्रा एक प्रतिशत रहेकोे छ।

अगस्ट १४ तारीख रिपोर्ट गरिएका २१५ वटा आयातित केसमा २२ जना संक्रमित तीन दिने अनिवार्य होटेल क्वारेन्टाइन समाप्त गरेर पहेँलो हेल्थ प्राप्त गर्ने व्यक्ति परेका थिए ।

हङकङका साइकाट्रीस्ट डाक्टर माक काइ- लोकले कोभिड रोगबाट निको भएका बिरामीमा संक्रमणको दीर्घकालीन दुस्प्रभाव पर्ने संभावना २५ देखि ३० प्रतिशत हुने बताएका छ्न जसलाई पोस्ट कोभिड कन्डिसन्स (PCC) वा लङ कोभिड भनिन्छ । संक्रमणको दुर्गामी असर मानिसको स्वास्थ्यमा हप्तौं , महिनौं अथवा वर्षौं पनि पर्न सक्छ ।
असर स्वरुप देखापर्ने एउटा मुल लक्षण हो ब्रेन फग अर्थात दिमागले राम्रोसँग काम नगरेको अनुभव हुनु । यो दशाबाट बिशेषगरि ज्येष्ठ नागरिक र महिला प्रताडित हुने बताइएको छ। यसको सामान्य लक्षण हुन -स्मरण शक्ति कमजोर हुनु, मानसिक थकान हुनु, मन एकाग्र नहुनु र इमोसनल डिस्ट्रेस अर्थात  संवेगात्मक व्यथा लाग्नु। अर्थात शुरुमा मनोभ्रंश अर्थात डिमेंशिया रोग लाग्दा कस्तो हुन्छ त्यस्तै लक्षण देखापर्छन।
त्यसैले संक्रमण पश्चात् माथि जनित लक्षणहरु देखापरेमा आफ्नो अवस्थाको मुल्यांकन गर्न कम्युटराइज्ड कन्सन्ट्रेसन टेस्ट गर्न सुझाव दिइएको छ। प्रभावित बिरामीले दिमागको ट्रेनिङ लिन सक्छ , निद्रा पुग्ने गरि प्रशस्त सुत्नु पर्दछ(६-८ घन्टा ), विशेष पौष्टिकताले भरिएको आहारा लिनु लाभकारी हुन्छ।

डाक्टर माक

माकले शोधकार्यले निकालेको निष्कर्षलाई अघि सार्दै भने कोभिड -१९ ले मस्तिष्कमा प्रशस्त मात्रामा हुने एस्ट्रोसाइट्स (ताराणु – तारा आकारको कोष ) कोषलाई संक्रमित गर्दछ। यस कोषको काम बहुआयामिक छ। मस्तिष्कको कार्यलाई सामान्य राख्नु र टुटफुट भएका ब्रेन सेललाइ मर्मत गर्नु यो कोषको मुल काम हो। जब यो सेल संक्रमणको शिकार बन्दछ तब दिमागले ढिलो प्रतिक्रिया जनाउने, स्मरण शक्ति घट्दै जाने र दिमागमा हुस्सु (ब्रेन फग) लाग्ने हुन थाल्दछ।

बिरामीमा हुने मस्तिष्क क्षयलाइ बचाउन समयमै ध्यान दिन विशेषज्ञहरुको सुझाव रहेको छ।


अगस्ट १५ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,८९६
.स्थानीय केस संख्या : ४,६९९
.पिसिआरबाट पुष्टि केस संख्या : १,५९४
.एन्टिजेनबाट पुष्टि केस : ३,१०५
.आयातित केस संख्या : १९७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ९८ जना
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ५४
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ३३ जना । जसमध्ये १२ वटा केस चौथो र सातौ दिनको बीचमा कम्युनिटीमा पत्ता लागेको थियो ।
.आयातित केस मध्ये युकेबाट २१ जना, इन्डियाबाट २९ जना , अमेरिकाबाट १४ जना , क्यानाडाबाट १४ जना  थाइल्यान्डबाट १३ जना, सिंगापुरबाट १२ जना ,फिलिपिन्सबाट १२ जना परेका थिए ।

.कुल संक्रमित संख्या : १,४२१,९१८ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५६९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२६१,४८९

. ३ वटा नर्सिङ होमबाट २ जना वासिन्दा र १ जना कर्मचारी संक्रमित भएका थिए ।
.१३० वटा स्कुलबाट १४७ वटा केस आएका थिए जसमा १११जना विद्यार्थी र ३६ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण शातिनको एउटा किन्डरगार्टन एक हप्ताको लागि निलम्बनमा परेको थियो ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३५६
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ६३ देखि ९१ वर्ष  बीचका ४ जना पुरुष परेका थिए । ३ जना मृतकले खोपको  ३ मात्रा पुरा गरेका थिएनन। सबै जना आफ्नो परिवारका साथमा बस्तथे।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,७८३

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : २
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ६
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या २९ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २९
.आइसियुमा रहेकोे बिरामीको संख्या : ९
.गत २४ घन्टामा निको भएका बिमारी : १३२
.डिस्चार्ज भएका बिमारी :१०४
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ९ संक्रमितको संपर्क आएका मानिसको संख्या : १३
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :९९
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :३६

२७ महिनाको बालक संक्रमित


हङकङमा बालबालिका कोभिड संक्रमण हुनेक्रम बढेको छ। आज अगस्ट १५ मा फेरि एकजना २७ महिनाको वालकमा संक्रमण पुष्टि भएको छ जसलाई प्रीन्सेस मार्गरेट अस्पतालको बाल चिकित्सा बिभागको आइसियुमा राखिएको छ। भर्ना गरेको बेला उनमा माथिल्लो स्वास नली सुन्निने कन्ठ रोगको लक्षण देखापरेको थियो । उनले भ्याक्सिन लगाएका छैनन र उनको परिवारका सदस्य  संक्रमित भएका थिए ।

यस अघि पोजेटिभ पुष्टि भएकी  ५ वर्ष ९ महिनाकी नावालिकाको अवस्था क्रीटिकल नै छ र चुन मुन अस्पतालको बाल चिकित्सा बिभागका आइसियुमा नै उपचाररत छिन।
डाक्टर च्वाङ शुक क्वानले दैनिक कोभिड प्रेस ब्रीफिङमा यथाशीघ्र आफ्ना बालबच्चालाई खोप लगाइ हाल्न सम्पूर्ण अभिभावकलाई अनुरोध गरिन।
“तीन वर्ष भन्दा मुनिका बालबच्चाको संक्रमण दरले हङकङको कुल संक्रमण संख्याको १.८ प्रतिशत ओगटेको छ र तीन वर्ष देखि नौ वर्ष बीचका बालबालिकाको संक्रमण दरले ५.५ प्रतिशत ओगटेको छ।” क्वानले भनिन।
अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक लाउ का हिनले हालैमा बाल चिकित्सकहरुमा बालबालिकाहरुमा क्रुप भन्ने कण्ठ रोग भेटिएको र कतिपय कोभिड पोजिटिभ पनि भएको बताए। यो रोगको व्यथाले छोप्दा सास फेर्न गाह्रो हुने उनले जानकारी दिए ।
” यदि बच्चाहरुमा असामान्य किसिमबाट छिटोछिटो सास बढेमा अथवा तीखो पाराले खोकी चलेमा तुरुन्तै उपचार लागि डाक्टरकहाँ लगि हाल्नु पर्छ” लाउले भने । ” समयमै उपचार गर्न सके स्थितिलाई नियन्त्रण गर्न सकिन्छ ” उनले थपे।

जनसेवा मन्त्री इनग्रीड यङ हो पोइ-यानले बताएअनुसार हालसम्म करिब तीन हजार बालबच्चाले कोभिड खोप लगाएका छ्न। सरकारको सल्लाहकार लाउ यु- लुङले ६ महिना देखि ३ वर्षको उमेर समुहको लागी अगस्ट ४ तारीख देखि खोप उपलब्ध भए यता सरदर २.६ प्रतिशत बालबालिकाले मात्र खोप ग्रहण गरेका छन जुन संख्या नगण्य हो भनेका छ्न।

बयोएन्टेक भर्सनको बाल खोपको प्रतीक्षामा नबस्न उनले अभिभावकलाई अनुरोध गरे। मृत्यलाई टार्न र सिकिस्त बिरामी हुनबाट जोगाउन हाल उपलब्ध साइनोभ्याक भ्याक्सिन यथेष्ट भएको उनको दावी छ।

तपाईको प्रतिक्रिया