क्रान्ति सुब्बा

अस्पताल प्राधिकरणले अगस्ट १६ तारीख एक २५ महिनाको बालकको अवस्था प्रीन्सेस मार्गरेट अस्पतालमा क्रीटिकल भएको रिपोर्ट गरेको छ। अगस्ट १२ तारीख शुक्रबार उनमा ज्वरो र रुघा जस्ता लक्षण देखिएको थियो । अगस्ट १५ तारीखबाट स्वास नली साघुरिने क्रुप रोगको लक्षण देखिएपछि सास फेर्न गाह्रो हुन थालेको थियो र उनको परिक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।


साइन्टिफिक कमिटी अन भ्याक्सिन प्रीभेन्टेबल डिजिजका अध्यक्ष प्रोफेसर यु-लुङ लाउले अगस्ट १६ तारीख बिहान एक रेडियो कार्यक्रममा बोल्ने क्रममा बच्चाहरुको स्वासनली त्यसै पनि साघुरो हुन्छ त्यस माथि अझ इन्फ्लेमेसन भयो भने झन साघुरो भएर जाने बताए । यस्तो बेलामा स्वास तान्दा कमलो श्वास नलिमा संकुचन आइ क्षति हुदछ र सि सि साउण्ड आउदछ।
अस्पतालले उसलाई अक्सिजन थेरापी गरेको थियो तर उनको अवस्थामा सुधार आउनको सट्टा झन खस्किदै गयो। त्यसपछि उनलाई स्टेरोइड र श्वास नली खुलाउने दवाइ दिइएको थियो ।

प्रोफेसर यु लुङ लाउ

बच्चाहरुलाई क्रुप अर्थात श्वास नली साघुरो हुने कारण के हुन सक्छ भन्ने प्रश्नको उत्तरमा  त्यसो हुनुमा आ-आफ्नै निजि कारण हुन्छन्  तर यस्तो हुनुबाट बच्ने एउटै मात्र  प्रभावकारी उपाय भनेको खोप नै हो उनले भने।
समय मै पुर्ण उपचार भए पनि सिकिस्त अवस्थामा पुगेको बच्चालाई पुरै निको बनाउन मुस्किल भएको उनले बताए ।


अगस्ट १६ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,१६२
.स्थानीय केस संख्या : ४,८९०
.पिसिआरबाट पुष्टि केस संख्या : १,७३४
.एन्टिजेनबाट पुष्टि केस : ३,१५६
.आयातित केस संख्या : २७२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ९९ जना
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ९०
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ८३ जना ।

.कुल संक्रमित संख्या : १,४२७,०८०(वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५८० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२६१,४८९

. ७ वटा नर्सिङ होमबाट १० जना वासिन्दा र ४ वटा अपांग आश्रमका ३ जना वासिन्दा र २ जना कर्मचारी संक्रमित भएका थिए ।

.९२ वटा स्कुलबाट ९२ वटा केस आएका थिए जसमा ७१ जना विद्यार्थी र २१ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण ताइ पो स्थित सेन्ट पल डे नर्सरी  किन्डरगार्टन एक हप्ताको लागि निलम्बनमा परेको थियो ।
.सबभेरिएन्ट बिए.४ र बिए.५ बाट संक्रमित हुनेको संख्या वृद्धि भैरहेछ। हङकङको कुल केसको २४.५ प्रतिशत संख्या यो भेरिएन्टबाट संक्रमित हुनेको रहेको छ जबकि बिए.२.१२.१ बाट संक्रमित हुनेको प्रतिशत ८.९ रहेकोछ। हङकङमा संक्रमण गराउने ट्रेन्डिङ एजेन्टमा बिए.५ रहेको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३६७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १० जना । मृत्यु हुनेमा ६० देखि ९७ वर्ष  बीचका ६ जना पुरुष र ४ जना महिला परेका थिए । २ जना मृतक नर्सिङ होमबाट आएका थिए । ७० प्रतिशत मृतकले खोपको तीन मात्रा लगाएका थिए । एक जना ८६ वर्षका पुरुष जसले एक मात्रा खोप लिएका थिए , उनको निधन अगस्ट ४ तारीख घरमै भएको थियो । ३ जना मृतकले खोपको  ३ मात्रा पुरा गरेका थिएनन। सबै जना आफ्नो परिवारका साथमा बस्तथे।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,८१३

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ४
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ४
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या २७ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २६
.आइसियुमा रहेकोे बिरामीको संख्या : ९
.गत २४ घन्टामा निको भएका बिमारी : २०९
.डिस्चार्ज भएका बिमारी :१७६
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ६ संक्रमितको संपर्क आएका मानिसको संख्या : १२
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :११०
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :३४

२७ महिनाको खोपहिन संक्रमित बालकको अवस्थामा सुधार आएको छ। अगस्ट १५ मा संक्रमण पुष्टि भएका ऊनी  प्रीन्सेस मार्गरेट अस्पतालको बाल चिकित्सा बिभागको आइसियुमा उपचाररत छ्न। भर्ना गरेको बेला उनमा माथिल्लो स्वास नली सुन्निने कन्ठ रोगको लक्षण देखापरेको थियो । अहिले उनी बिना रेस्पिरेटर आफै स्वास फेर्न सक्छन् ।

यस अघि पोजेटिभ पुष्टि भएकी  ५ वर्ष ९ महिनाकी नावालिकाको अवस्था क्रीटिकल नै छ र चुन मुन अस्पतालको बाल चिकित्सा बिभागका आइसियुमा नै उपचाररत छिन। उनको ११ वर्षकि दिदिको स्थिति भने स्टेबल भएको छ।

चुन मुन अस्पतालका क्लिनिकल ओनकोलोजी वार्डका एकजना वार्ड सहायक संक्रमित भएकाछ्न। उनको संपर्कमा रहेका मानिसको कन्ट्याक्ट् ट्रेसिङ गर्दा थप ९ जना विरामी र ४ जना स्टाफमा पोजेटिभ भएको थाहा भएको छ। पामेला योदे नेदर्सोल इस्टर्न अस्पतालका एक बिरामी पनि संक्रमित भएका छ्न। कन्ट्याक्ट् ट्रेसिङको क्रममा थप ५ जना बिरामी र एकजना कर्मचारी संक्रमित भएका छ्न।

तपाईको प्रतिक्रिया