काठमाण्डौं
सरकारले आजदेखि लागू हुनेगरि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजदेखि कडाइका साथ लागू गर्न निर्देशन दिएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरि यो नियम जारी गरिएको थियो । तर, प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । यस्तै गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिए लगत्तै मन्त्रालयले सो सम्बन्धी निर्णय गरी कार्यविधि तयार गरेको थियो । तर, अब भने ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन र कारोबार भए-नभएकोबारे आजदेखि नै अनुगमन गर्ने वातावरण विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया