काठमाडौ । हङकङ नेपाली महासंघका पुर्व अध्यक्ष टंक राना मगर (सन २०१८-२०२२) दोस्रो नेशनल इंन्टरटेन्टमेन्ट समाजसेवी सम्मान २०७९ द्धारा सम्मानीत भएका छन । अगस्ट १७ तारीख बुधबार काठमाण्डौमा आयोजित एक समारोहका प्रमुख अतिथी रहनु भएका  पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उनलाई खादा ओढाएर सम्मानपत्र दिएर  सम्मान गरेका थिए ।

विगत लामो समय देखि समाजसेवामा सकृय भएर तन मन धनले गर्नु भएका सामाजिक कार्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरीएको सम्मान पत्रमा उल्लेख गरीएको छ । प्रवासमा बसेर पनि नेपालमा बस्ने वालवालिका अनाथ ,असक्त तथा विभिन्न सामाजिक संघ संस्थाहरुलाई कोरोना महामारीको बेला करिब २०० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर तथा ५ करोड भन्दा बढी मुल्यको राहत सामग्री वितरण गरी समाजसेवामा गर्नु भएको योगदानका कारण वहाँको उच्च मुल्यांकन गर्दै यो सम्मान पत्र प्रदान गरीएको बताइएको छ । 

२५ वर्ष अघि हङकङ पुगेका टंक राना हङकङमा  एक सफल व्यवसायी हुनुको साथै त्यहाँको दर्जनौ संघसंस्था मार्फत समाजसेवमा सकृय रहेका छन । उनले कोरोना महामारीको दोस्रो लहर नेपालमा आएको बेला हङकङबाट  २ सय थान अक्सीजन कन्सन्टेटर मेशिन ल्याएर आफैले देशको विभिन्न भागमा पुगेर वितरण गरेर ठुलो चर्चा बटुलेका थिए ।  यसै गरी कोभिडको बेला हडकडमा पनि उनले आफनो संस्था हङकङ नेपाली महासंघ मार्फत उल्लेख्य मात्रामा राहत सामग्रीहरु संकलन गरी  वितरण गरेका थिए । यस्तो  प्रसंसनीय कार्य गरे वापत हडकड सरकारद्धारा उनलाई एवार्ड फर डेडिकेटेट सोसियल सर्भिस-२०२२ बाट सम्मानित गरिएको थियो ।

स्मरणीय छ रानाले धरान घण्टाघर निर्माण , धरानमा आधुनिक प्रहरी  हिरासत निर्माणमा अग्रणी भुमिका निभाएका थिए । धरान स्थित थाउजन बुद्ध (Thousands Big Buddha) निर्माण देखि धरान स्टेडियम पुननिर्माणमा पनि सहयोग पुरयाएका छ्न।

तपाईको प्रतिक्रिया