काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । मन्त्री बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई आफ्नो समर्थन रहेको बताउँदै राजीनामाको घोषणा गरेका हुन् ।

मन्त्री बोहराले पत्रकार सम्मेलन गर्दै राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएको बताएका छन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।

प्रचण्ड–माधव समूहको बाहुल्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा सुरुदेखि नै ओली पक्षमा खुलेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् । बोहरा पनि बाहिरिएपछि प्रदेश सरकारमा दाहाल–नेपाल पक्षधर मन्त्री मात्रै कायम रहेका छन् ।

झपटबहादुर बोहरा

तपाईको प्रतिक्रिया