“हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ।”

“यदि तिमी डिप्रेसनमा छौ भने तिमी अतीतमा बाँचिरहेका छौ। यदि तिमि व्याकुल छौ भने तिमी भविष्यमा बाँचिरहेका छौ । यदि तिमि शान्तिमा छौ भने तिमी वर्तमानमा बाँचेका छौ ।”

“जब म जस्तो छु त्यसलाई जान दिएँ भने म त्यस्तो बन्छु  जो म बन्न सक्दछु।”

“तिम्रो विचारलाई हेर , त्यो तिम्रो शब्द बन्नेछ ,तिम्रो शब्दलाई  हेर, त्यो तिम्रो क्रियाकलाप बन्नेछ, तिम्रो क्रियाकलापलाई हेर , त्यो तिम्रो बानी बन्नेछ । तिम्रो बानीलाई हेर , त्यो तिम्रो चरीत्र बन्नेछ । तिम्रो चरीत्रलाई  हेर , त्यो तिम्रो भाग्य बन्ने छ।”

“ज्ञान यस्तो खजाना हो जहाँ पुर्याउने चाबी चाहिँ त्यसैको अभ्यास गर्नु हो ।”

“जीवन भनेको प्राकृतिक र स्वतः स्फुर्त हुने परिवर्तनहरुको एउटा शृंखला हो। त्यसलाई प्रतिरोध नगर नत्र त्यसले दुख निम्त्याउँदछ। यथार्थलाई यथार्थ नै रहन देउ। परिस्थितिहरुलाई जता मन लाग्छ उतै प्राकृतिक रूपमा बग्न देउ।”

“जसलाई थाहा हुन्छ उ बोल्दैन तर जो बोल्छ उसलाई थाहा हुदैन ।”

“समय एउटा बनाइएको वस्तु हो। `मसंग समय छैन´ भन्नु भनेको `म चाहन्न´  भनेको हो।”

“अरुले के सोच्छ होला भनेर वास्ता गर्नु भनेको सदाको लागि अरुको कैदी भएर जिउनु हो।”

“अनगिन्ती अभिलाषा बोकेर हिडनु जस्तो ठुलो अपराध अरु छैन । असंतुष्ट रहनु जस्तो ठूलो बिपत्ति अर्को छैन। लोभी हुनु जस्तो दुर्भाग्य अर्को  छैन ।”

“सत्य सधैं सुन्दर हुदैन न त सुन्दर शब्दहरू नै सधैं सत्य हुन्छन।”

“तिमिसंग जे छ त्यसैमा संतुष्ट रहनु, चिजहरु जस्ता छ्न त्यसैमा आनन्द मान्नु। र जब तिमिले त्यहाँ कुनै पनि  कुराको अभाव नभएको महसुस गर्छौ तब सिंगो संसार तिम्रै हुन्छ।”

“हामीले गुमाएर केही पाउछौं  र पाएर केहि गुमाउछौं।”

-हिउँ हासलाई सेतो हुन नुहाउनु पर्दैन । तिमिले पनि  आफू जे हो त्यो हुन केहि गर्नु पर्दैन ।”

“ज्ञानी मान्छे उही हो जसले उसलाई आफ्नो अज्ञानताबारे जानकारी हुँदछ।”

“जसलाई लार्भाले अन्त ठान्दछ बाकी संसारले त्यसलाई एउटा पुतली मान्दछ।”

“मलाई केवल तीन चिज सिकाउनु छ : सरलता , धर्यता र करुणा । यी तीन चिज तिम्रा महानतम निधि  हुन।”

“कसैद्वारा तिमिलाई गहिरो माया मिलेको छ भने त्यसले तिमिलाइ शक्ति दिदछ भने कसैलाई तिमिले गहिरो प्रेम गरेको छौ भने त्यसले तिमिलाई साहस दिंदछ।”


“पिडादायी अन्त्यभित्र नयाँ शुरूवात लुकेर बसेको हुन्छ।”

“अनिच्छुक आत्माले लुकेर बसेका वस्तुहरु मात्रै  देख्छ्न तर अति इच्छुक आत्माले जे चाहेको हो त्यो मात्र देख्दछ।”

“स्वास्थ्य महानतम  सम्पत्ति हो । सन्तुष्टि महानतम निधि हो । आत्मविश्वास महान मित्र हो।”

“सफलता असफलता जत्तिकै  खतरनाक हुन्छ । आशा भय जत्तिकै खोक्रो हुन्छ।”

“प्याला भरियो भने पोखिन्छ । छुरी अर्जापी रहयो भने लाग्ने हुन्छ।”

“जो आफ्नो भाग्यमा सन्तुष्ट छ उ नै धनी मान्छे हो।”

“जसले आफैमाथी विश्वास गर्छ उसले अरुलाइ मनाइ रहनु पर्दैन । जो स्वयंप्रति संतुष्ट छ उसलाई कसैको अनुमोदन (स्वीकृति ) चाहिदैन। जसले आफुले आफैलाइ स्विकार्दछ उसलाई सारा संसारले स्विकार्दछ।”

“बाहिरी बहादुरी हुनेले मर्ने साहस गर्छ । भित्री बहादुरी हुनेले बाँच्ने साहस गर्दछ।”

“यदि तिमिलाइ मर्नदेखि  डर लाग्दैन भने तिमिले हासिल गर्न नसक्ने कुनै चिज छैन।”

“प्रकृतिलाई कहिले हतार हुन्न तर उनले सबै कुरा पुरा गरेर छाड्छिन।”

“जसले आफ्नो तुच्छ्ताको पहिचान गर्न सक्दछ त्यसले उसलाई सशक्त तुल्याउदछ।”

“कहिलेकाहीँ विजय हासिल गर्नको निम्ति प्रतिफल उत्पादन गर्नुपर्छ तर कहिलेकाहीँ तल्लो स्तरमा रहनाले विजयोन्मुख भइन्छ।”

उदगारलाई हेर्न वा सुन्न माथिको भिडियो क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया