न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस  संयुक्त राज्य अमेरिकाको  न्युयोर्कमा भब्यताका साथ  मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजकको रूपमा रहेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको  संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मूल नारालाई उदघोष गर्दै संचालन गर्नुभएको कार्यक्रम अध्यक्ष राजकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत बहादुर राई थिए भने विशेष अतिथीहरुमा नेपाल कन्सुलेट जनरल न्यूयोर्कका वाणिज्य दुत गणेश आधिकारी, न्यूयोर्क राज्य विधानसभा जिल्ला ३८ का सदस्य जेनिफर राजकुमार, नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर  राना मगर थिए ।


अतिथिहरुमा ३० नम्बर जिल्ला सभाका डेमोक्रेटिक नोमिनि (Democratic Nominee for Assembly District 30 ) स्टेवन रागा(Steven  Raga), ३० नम्बर जिल्लाका न्युयोर्क सिटि काउन्सिल मेम्बर (Member of New York City Council District 26) जुलि वन(Julie Won) कि प्रतिनिधि, क्विइन्स कम्युनिटी बोर्ड-२( Queens Community Board 2) का अध्यक्ष मोरि गालोनि (Morry Galonoy )को प्रतिनिधि, एशियन एडभाइजरी काउन्सिल अफ सिटि मेयर कार्यलयका सल्लाहकार पोट्री रंक मनिस (Potri Ranka Manis), न्यूयोर्क शहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र कलेज पोइन्ट सिभिक एन्ड ट्याक्स पेयर एसोसिएसन (College Point Civic & Taxpayers Association) का अध्यक्ष नवराज केसी लगायतका अन्य थुर्पै न्युयोर्क स्थित क्रियाशिल नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी राईले आदिवासी जनजातिको विश्व परिवेश, विकास र महत्वको चर्चा गर्दै नेपाल सरकार पनि आदिवासी जनजातिको विकास, उत्थान र सहभागिताका लागि प्रतिबद्ध  रहेको बताए ।

उनले नेपालको संवैधानिक व्यवस्था निति नियम समेत   आदिवासी जनजातिको पक्षमा रहेको बताउनु भयो ।  बिशेष अतिथि नेपाल कन्सुलेट जनरल न्युयोर्कका  बाणिज्यदूत  गणेश अधिकारीले आदिवासी  उत्थान  र  आवाजका  ज्ञापन  पत्रहरुलाई नेपाल सरकार सम्म पुरयाउने र सुनुवाइ लागि भूमिका खेल्ने बताउनु भयो ।

अन्य उपस्थित अतिथिहरुले पनि मन्तव्य राखेका थिए । कार्यक्रमा विभिन्न आदिवासी समुदायको मौलिक नृत्यहरुको प्रस्तुति पनि रहेको थियो ।   औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न आदिवासी जनजाति सम्वद्ध संघ संस्थाहरुले न्युयोर्क सहरको ज्याक्सन हाइटबाट आ-आफ्नो भेषभूषामा सुसज्जित  झाँकी सहितको रयाली पनि प्रदर्शनी गरिएको थियो ।

तपाईको प्रतिक्रिया