धरान। आउँदो भदौ ८ गते बुधबार युवापुस्ता माझ लोकप्रिय गायक सुशान्त केसी पहिलोपल्ट बिराटनगरमा सांगीतिक कार्यक्रमको शिलशिलामा आउँदैछन्।

८ महिना अगाडी बिराटनगरको एयरपोर्ट मोडमा खुलेको तृष्णा द कार्भिङ्ग एण्ड टेल्स रेस्टुरेन्टमा आयोजना हुने कार्यक्रमको लागि गायक सुशान्त आफ्नो सांगीतिक टोलिका साथ आउने छन्।

गायक सुशान्तको रिसाउने भए , आमा , साथी , सताएर , बेहोस , गुलाबी , फोनको नम्बर लगायतका गीतहरु लोकप्रिय छन्। स्थानीय गायक सुभम न्यौपाने र डीजे केडीको समेत प्रस्तुति रहने कार्यक्रमको इभेन्ट म्यानेजमेन्ट भाइरल इभेन्टको रहेको छ। कार्यकमको टिकट दर प्रिसेल रु १००० र गेटसेल रु. १५०० रहेको छ।

तपाईको प्रतिक्रिया