क्रान्ति सुब्बा

अगस्ट २६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,८३५
.स्थानीय केस संख्या : ७,६६५
.पिसिआरबाट पुष्टि केस संख्या : २,२०८
.एन्टिजेनबाट पुष्टि केस : ५,४५७
.आयातित केस संख्या : १७० जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५५ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ३८ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
६३ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
१४ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.युकेबाट आएको केस: २२

.इन्डियाबाट आएको केस: १९
.फिलिपिन्सबाट आएको केस :१८
.अमेरिकाबाट  आएको केस:१५

.कुल संक्रमित संख्या : १,४९५,८०७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६५० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२९९,५६५

.स्वास्थ्य मन्त्री लो चुङ माउले आज दिउँसो सम्पन्न एक प्रेस भेलामा हाल बढिरहेको केसहरुबारे सुसूचित भएको बताए ।
.संक्रमित व्यक्तिसंग बस्ने परिवारका कस्ता सदस्यलाई उच्च जोखिममा रहेकोे मानिस मानिन्छ बारे परिभाषित गरिएको छ जस अनुसार वयोवृद्ध ,दीर्घ रोगी र शिशुहरु पर्दछ्न। र संक्रमितको लागि छुट्टै शौचालय नभएको साँगुरो  घरमा बस्ने परिवारका सबै सदस्य उच्च जोखिम पर्ने व्यक्ति हुन। परिवारमा एकजना संक्रमित भएमा र सो परिवारमा माथि जनाइएको अवस्था रहेमा पोजिटिभ व्यक्ति र उनको साथमा रहने सबैलाई आइसोलेसनको लागि कम्युनिटी  आइसोलेसन फेसिलिटिमा लगिनेछ । ७० वा सो भन्दा पाका उमेरका वयोवृद्ध जसले एक डोज मात्रै खोप लगाएकाछ्न वा बिना खोपका छ्न उनीहरुलाई वयोवृद्ध जनलाइ राख्न भनेर तोकिएको आइसोलेसन फेसिलिटिमा लगिनेछ।
.एक दिन बिराएर पिसिआर टेस्ट गरिने प्रबन्ध नर्सिङ होम र सरकारी अस्पतालको मातहतमा रहेका आइसोलेसन केन्द्रमा जारी गरिनेछ।

माथि उल्लिखित उपायहरूलाई कडाइका साथ  प्रभावकारीरुपले कार्यान्वयन भएको सुनिश्चित गर्न सरकारले सुरक्षा ब्यूरो र सम्बन्धित कानून कार्यान्वयन गर्ने निकायसँग मिलेर  काम गर्ने छ। उनीहरुको एउटा प्रमुख काम रेड कोड भएका व्यक्तिहरूले आफ्नो घर छाडेको छ छैन पत्ता लगाउनु रहेकोछ साथै पहेँलो कोडधारीलाई मनाही गरेको इलाकामा उनीहरुको प्रवेश भएको छ छैन अनुगमन गर्नु रहेकोे छ। हाल सम्मको रिपोर्ट अनुसार विगत एकको महिनाको अबधिमा ६६ हजार कारवाही भएका छन। ११ जनालाई जरिवाना गरिएको छ भने विभिन्न परिसरका इन्चार्ज  विरुद्ध ४ वटा मुद्दा चलाइएको छ । र यही रफ्तारमा केसहरू बढ्दै गएमा सरकारले सामाजिक दूरीका उपायहरूलाई अझ कडा बनाउन सक्छ भनिएको छ। यस संयन्त्रले विदेशबाट  आउने यात्रुहरूको अवस्थालाई पनि हेर्ने छ।

सरकारले आगामी अगस्ट २८ तारीख देखि बारमा जानेलाई मात्र होइन रेस्टुरेन्टमा हुने भोजमा सहभागी हुने सबैलाई २४ घण्टा भित्र  र्‍यापिड एन्टिजेन टेस्ट गर्नुपर्नेछ भनेको छ। रेस्टुरेन्टमा हुने भोजमा उपस्थित हुनु अघि सहभागीहरूले २४-घण्टाको अबधिमा आफू एन्टिजेन टेस्टबाट  नेगेटिभ भएको टेस्ट रिजल्ट देखाउनु पर्दछ अन्यथा ४८ घन्टा भित्र गरिएको पिसिआर रिजल्ट नेगेटिभ आएको हुनु पर्छ। सबै अनुसूचित परिसर जस्तै रेस्टुरेन्ट तथा क्याटरिङ व्यवसायका स्टाफहरु साथै स्वास्थ्य बिभागद्वारा नियमन भएका स्थलहरु जस्तै मनोरञ्जन केन्द्रहरु ,जिम,डिपार्टमेन्ट स्टोर र व्युटी पार्लरका स्टाफहरुले पनि प्रत्येक ३ दिनमा कोभिड परीक्षण गर्नुपर्नेछ। टेस्टको नतिजा नेगेटिभ नै आए पनि नागरिकहरुले ठुला इभेन्टहरुमा संलग्न हुनु हुदैन ।

.संक्रमण बढ्ने क्रम वृद्धि भएर दैनिक केसले १० हजार नाघ्न सक्ने  कुराको पुनरावृत्ति मन्त्री लोले गरे।

.मन्त्री लोले परिवार तथा आफन्तजन बीचको भेला तथा भेटघाट कम गर्न अनुरोध गरेका छ्न र कसैमा कुनै लक्षण देखिएमा एन्टिजेन टेस्ट गरिहाल्नु पर्दछ।

. ५ वटा नर्सिङ होमबाट ६ जना वासिन्दा ३ जना कर्मचारी संक्रमित भएका थिए ।

.६७ वटा स्कुलबाट ११६ वटा केस आएका थिए जसमा ७४ जना विद्यार्थी र ४२ जना टिचिङ स्टाफ परेका थिए । ७ वटा स्कुलका कक्षाहरु संक्रमणका कारण निलम्बित भएका थिए ।

.चुन मुन अस्पतालमा एकजना ७३ वर्षीय पुरुष २१ तारीख अगस्टमा पोजेटिभ भएका थिए । कन्ट्याक्ट् ट्रेसिङको क्रममा ५८ वर्ष देखि ७७ वर्ष बीचका अरु ५ जना बिरामी  संक्रमित भएका थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४३७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ७ जना । मृत्यु हुनेमा ७९ देखि ९५ वर्ष  बीचका ७ जना पुरुष  परेका थिए । ४ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। १ जना नर्सिङ होमका वासिन्दा थिए । र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,३२४

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ९
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : २
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४० र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २४
.आइसियुमा रहेकोे बिरामीको संख्या : १३
.गत २४ घन्टामा निको भएका बिमारी : २२४
.डिस्चार्ज भएका बिमारी : १९८
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १० संक्रमितको संपर्क आएका मानिसको संख्या : १४
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १४८
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ८६

तपाईको प्रतिक्रिया