क्रान्ति सुब्बा

अगस्ट २५ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,५७९
.स्थानीय केस संख्या : ८,२८२
.पिसिआरबाट पुष्टि केस संख्या : २,९६०
.एन्टिजेनबाट पुष्टि केस : ५,३२२
.आयातित केस संख्या : २९७ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४४ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ८६ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
५८ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
९ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.कुल संक्रमित संख्या : १,४८७,९७२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६४३ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२९५,१९९

. ५ वटा नर्सिङ होमबाट ९ जना वासिन्दा २ जना कर्मचारी  र ४ वटा अपांग आश्रमका ४ जना वासिन्दा संक्रमित भएका थिए । ७० जना क्लोज कन्ट्याक्ट्को सुचीमा परेका थिए जसलाई क्वारेन्टाइन लगिने भएको थियो ।

.५१ वटा स्कुलबाट ६६ वटा केस आएका थिए जसमा ४९ जना विद्यार्थी र १७ जना टिचिङ स्टाफ परेका थिए । टाइफुन मा ओनका कारण आज कक्षहरु निलम्बित भएका थिए ।


.सेन्टर फर हेल्थ प्रोटेक्सनका अधिकारी अल्बर्ट आउले अब चाडै संक्रमितको संख्याले १० हजार नाघ्ने बताएका छ्न। समुदायमा बडो तिव्र गतिमा संक्रमण बढिरहेकोले यसको रोकथामको लागि अतिरिक्त मापदण्ड अपनाउन जरुरी भएको उनले औल्याए।
.सप्ताहन्तको विवाह भोजमा सरिक थप  ५ जना  डाक्टर संक्रमित भएकाछ्न ।अहिले यो क्लस्टरबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४३०
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ९ जना । मृत्यु हुनेमा ७० देखि १०८ वर्ष  बीचका ४ जना पुरुष र ५ जना महिला परेका थिए । ५ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। २ जना नर्सिङ होमका वासिन्दा थिए । र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,२३४

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ६
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ५
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४० र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३०
.आइसियुमा रहेकोे बिरामीको संख्या : १२
.गत २४ घन्टामा निको भएका बिमारी : २७१
.डिस्चार्ज भएका बिमारी : २४५
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ११ संक्रमितको संपर्क आएका मानिसको संख्या : १२
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १५६
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :४२

.चुन मुन अस्पतालमा एकजना ७४ वर्षीया महिला पोजेटिभ भएकी थिइन। कन्ट्याक्ट् ट्रेसिङको क्रममा अरु ४ जना महिला संक्रमित भएका थिए ।
.पोक ओइ अस्पतालका एक जना सहायक बिरामी सेवक पोजेटिभ भएका थिए । कन्ट्याक्ट् ट्रेसिङ्को क्रममा थप एकजना कर्मचारी र २ जना बिरामी पोजेटिभ पुष्टि भएका थिए ।

तपाईको प्रतिक्रिया