काठमाडौं । नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलसहितका ३ जना नेतामाथि कारवाही गर्न सिफारिस गरिएको छ ।

हिजो बुधबार धनगढीमा बसेको नेकपा सुदूरपश्चिम (ओेली समूह) को बैठकले पार्टी इन्चार्ज रावललाई बर्खास्त गर्दै आवश्यक कारवाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

रावलले बैँक खातामा भएको ३० लाख रुपैयाँ गायब पारेको भन्दै आर्थिक अनियमितता गरेकाले पार्टीको विधान बमोजिम कारवाही गर्न सिफारिस गरिएको हो ।

यस्तै ओली समूहले नेकपा सुदूरपश्चिमका प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई पनि कारवाही गरेको जनाएको छ ।

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाका प्रदेश अध्यक्ष कर्ण थापालाई पनि कारवाही गर्न सिफारिस गरेको थियो भने नेकपा कैलालीका अध्यक्ष रतन थापा सहितका ८ जना नेतामाथि समेत कारवाही गरेको थियो ।

तपाईको प्रतिक्रिया