अमेरिका । विश्वब्यापी कोरोना महामारीमा लागु गरिएको स्वास्थ्य सुरक्षा मापदण्डका कारण भौतिक उपस्थिती संम्भव नभएकोले उभौलि साकेलाको पावन अवसर पार्दै सन् २०२१ को जुन महिनामा विश्वभरिका विभिन्न देशहरूमा संगठित किरात राईहरुको समाजिक सांस्कृतिक संघ-संस्थाहरूलाई गोलवद्ध गर्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले आयोजना गरेको भर्चुयल “शुभकामना आदान-प्रदान कार्यक्रम” मा आमन्त्रित प्रमूख अतिथी भारतको सिक्किम राज्यका सम्माननिय पूर्व मूख्य मन्त्री तथा बरिष्ठ नेपाली साहित्यकार डा. पवन चाम्लिङ्ग राई ज्यु लाई ठिक एक वर्षपछि गत २० अगष्ट,२०२२ (शनिबार) का दिन विशेष कार्यक्रमको आयोजना गरि नेपाली-अमेरिकन किरात राईहरुको त्यहि सामाजिक/सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले न्युयोर्क शहरमा एक बिशेष कार्यक्रमको आयोजना गरी भब्यरूपमा सम्मान गरेको छ।

डाक्टर पवन चाम्लिङ दुई बडिगार्डका साथमा


पच्चीस वर्ष सम्म सिक्किम राज्यको सत्तामा निरन्तर रहि सिक्किमेली जनताको जीवनमा आमुल परिवर्तन ल्याउन सफल हुनु भएका कुशल राजनितिज्ञ श्री चाम्लिङ्ग राई ज्युले उक्त सम्मान समारोहलाइ सम्बोधन गर्नुहुदै, सम्पूर्ण नेपाली जाती र भाषीहरुको उन्नति र प्रगति समग्र एकतामा नै रहेको र आपसी सरसहयोग अनि सदभावबाट मात्रै एकअर्काको बीचमा स्वभिमान पूर्वक बाँच्ने वातावरणको सिर्जना गर्न सकिने विचार ब्यक्त गर्नुभएको छ।


आफु सिक्किमको मुख्य मन्त्री रहँदा सिक्किम राज्यमा बिभिन्न भाषाहरुको स्कुलहरु, धार्मिक मठ-मन्दिरहरु, गुम्वा तथा गिर्जा घरहरू बनाएको स्मरण गर्नुहुदै किरातीहरुको सामुहिक मांगखिम पहिलो पटक सिक्किममा नै निर्माण गरिएको बताउनु भएको थियो।उहाले- नयाँ कुरा गर्दा निकै बाधा अड्चनहरु आउने तर त्यसलाई निरन्तर रूपमा ईमान्दार ढंगले कोशिश  गरिरहदा सफल भइने तर्क गर्नुहुदै, सिक्किमलाई अर्गानिक राज्य बनाउने संकल्प गर्दा ताका चुनौतिपुर्ण समयको सामना गरेको आफ्नो अनुभव समेत सुनाउनु भएको थियो। अर्को एक प्रसंगमा ”किनी खाने भन्दा बेची खाने राम्रो, अझ आफै उत्पादन गरी अरुलाइ समेत बचाउँदै बेची खानेहरु त झन संसार कै असल मानिसहरु हुन् भन्दै”, हाल अमेरिकामा वसोवास गरिरहेका किरात तथा गैर किरात नेपालीहरुलाई अमेरिकामा साह्रै  सस्तोमा प्राप्त हुने धेरै भुमीको फाइदा उठाउदै कृषि उपार्जनमा लाग्न पनि सुझाव दिनु भएको थियो। अन्तमा बिशेष रूपमा आफ्ना नानीहरूको शिक्षामा ध्यान पुर्याउन सुझाव दिनुहुदै समुचित शिक्षाबाट मात्रै राज्यको मुल प्रवाहमा समाहित हुन सकिने महत्वपुर्ण विचार व्यक्त गर्नु भएको थियो।


UKROA का सल्लाहाकार तथा केन्द्रिय पूर्व अध्यक्ष श्री बिष्णु राईले आजका दिनमा हरेक कुराहरू ‘’Globalize” भईरहेको वर्तमान परिप्रेक्षमा संसार भरिका बिभिन्न देशहरूमा संगठित हामी किरात राईहरूको सामाजिक/सास्कृतिक संघ/संस्थाहरूको प्रतिनिधित्व हुने गरी साझा विचार र कार्यक्रममा आधारित, साझा उदेश्यमा केन्द्रित एउटा ग्लोवल किरात राई अर्गनाईजेशनको आवश्यकता महसुस गरिएको औलाउनु हुदै, उक्त ग्लोवल अर्गनाईजेशनले हामी किरात राईहरुको भाषा, परम्परा, संस्कृति र ईतिहासलाई संरक्षण र सम्बर्द्धन गर्ने संन्दर्भमा प्रभावकारी भुमिका खेल्नसक्ने आफ्नो विचार राख्नुहुदै, यसको महत्वलाई प्रस्ट्याउनु भएको थियो।

उक्त बिशेष सम्मान समारोहमा न्यूयोर्क स्थित बिभिन्न संघ/ संस्थाका प्रतिनिधिहरुले पनि पूर्व मुख्य मन्त्री चाम्लिङ राई ज्युको सफल कार्यकालको मुक्त कण्ठले प्रशंसा गर्दै बधाई मन्तव्यहरु राखेका थिए। बधाई मन्तव्य राख्ने प्रतिनिधिहरुमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (FIPNA) का अध्यक्ष राज कुमार बिस्ट, नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का कार्यवाहक अध्यक्ष मच्छे गुरुङ, न्युयोर्कका मेयर एरिक एडम्सका एशियन अफेयर्स एडभाइजरि काउन्सील मेम्बर तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स पेयर्स एसोसियसनका अध्यक्ष नवराज के.सी. थिए।

फिप्ना (FIPNA), NRNA NCC अमेरीकाका पूर्व अध्यक्ष तथा UKROA का संस्थापक अध्यक्ष शिब कुमार राईले डा चाम्लिङलाई अभिनन्दन प्लेग हस्तान्तरण गर्नुहुदै मातृभूमि भन्दा टाढा रहँदा आफ्नो भाषा,सँस्कृति र रितीरिवाजको ‘’Nostalgic’ प्रचुर हुने भएता पनि नयाँ  ठाउँमा बाँच्नको निम्ति आधारभुत संघर्ष मै धेरै समय खर्चनु पर्ने बाध्यता र नगण्य किरात राईहरुको संख्याका कारण  सन २००३ को अन्त्यसम्म किरात राईहरुको आधिकारिक सांस्कृतिक संस्था अमेरिकामा अस्तित्वमा नरहेको बताउनु हुदै तत पश्चात साह्रो/गाह्रो पर्दा सहयोग गर्न सकियोस्। मरौ/परौमा आफ्नो संस्कृति अनुरूप कर्म काण्ड गर्न सकियोस्। अनि मुख्य रूपमा हाम्रो भाषा,परम्परा, संस्कृति र ईतिहासलाई संरक्षण र सम्बर्द्धन गर्दै भविष्यको पिढीमा पुस्तान्तरण गर्न सकियोस भन्ने पवित्र उदेश्यका साथ सन् २००७ मा विभिन्न राज्यहरुमा लोकल्ली संगठित किरात राई ”क्लस्टर” हरुलाई  संगठित गर्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) भन्ने संस्थाको स्थापना गरिएको ईतिहास सुनाउनु भएको थियो। साथै यस संस्थाको ५ च्याप्टर कमिटीले अमेरिकाको पूर्व देखि  दक्षिण हुदै पश्चिमी राज्यहरु सम्म नै आफ्नो संजाल विस्तार गर्दै ६५ आजिवन सदस्यता सहित करिव ७०० सदस्यहरुलाई संस्थामा संग़ठित गरिसकेको तथ्य पनि बताउनु भएको थियो।


उक्त बिशेष सम्मान समारोहलाई अध्यक्षता गरिरहनु भएका युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरीका (UKROA) का अध्यक्ष जय राईले समारोहको बिसर्जन गर्नु हुदै श्री डा चाम्लिङ्ग कुशल राजनेता मात्र नभएर वरिष्ठ नेपाली साहित्यकार र साँचो अर्थमा मुन्धुमी आदर्श र शिक्षालाई आफ्नो जीवनमा अनुशरण गर्ने पारुहाङ र सुम्निमाका एक असल संन्तान भनि मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो। पूर्व मुख्य मन्त्री चाम्लिङ्गलाई संस्थाको तर्फबाट सम्मान पत्र प्रदान गर्नुहुदै अध्यक्ष राईले वहाँ सम्पूर्ण नेपालीको एक आदर्श अभिभावक हुनुभएकोमा गर्व समेत गर्नु भएको थियो।

कार्यक्रमको दोस्रो सेसनमा पूर्व मुख्य मन्त्री श्री चाम्लिङ्गको सम्मानमा उहाँको धर्मपत्नी श्रीमती टीकामाया राई, छोरी-ज्वाई कोमल चाम्लिङ्ग र अनिल राई सहित सपरिवारसँग श्याम्पेन टोस्ट गर्दै बिशेष डिनर सम्पन्न  गरिएको थियो। अर्गनाइजेसनका केन्द्रिय उपाध्यक्ष केशब राम राईको संयोजकत्वमा विशेष सुरक्षाको व्यवस्था  सहित कार्यक्रमको दुवै सेसन भब्यरूपमा तयार गरिएको थियो भने स्वागत  तथा सम्मान समारोहक़ो संचालन कानूनी सल्लाहकार सुरेश चामलिंङ्गले गर्नु भएको थियो।

उच्च सुरक्षा घेरामा डाक्टर चाम्लिङ साथमा सुरक्षा इन्चार्ज केशव राम राई

तपाईको प्रतिक्रिया