क्रान्ति सुब्बा

अगस्ट २७ तारीख शनिबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,४५७
.स्थानीय केस संख्या : ८,२२५
.पिसिआरबाट पुष्टि केस संख्या : १,८१६
.एन्टिजेनबाट पुष्टि केस : ६,४०९
.आयातित केस संख्या : २३२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४७ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
५८ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
१९ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।
.युकेबाट आएको केस: ३१

.इन्डिया र क्यानाडाबाट आएको केस: १७
.फिलिपिन्सबाट आएको केस : ३०
.अमेरिकाबाट  आएको केस: २२
.थाइल्यान्डबाट आएको केस: २४
.सिंगापुरबाट आएको केस : ११

.कुल संक्रमित संख्या : १,५०४,२६४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,६५४ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३०३,८२८

. ४ वटा नर्सिङ होमबाट ५ जना वासिन्दा ३ जना कर्मचारी संक्रमित भएका थिए ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,४४१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ४ जना । मृत्यु हुनेमा ६९ देखि ९१ वर्ष  बीचका २ जना पुरुष र २ जना महिला परेका थिए । २ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। १ जना नर्सिङ होमका वासिन्दा थिए । र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,३८७

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ५
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १२
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ३९ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ३३
.आइसियुमा रहेकोे बिरामीको संख्या : १२
.गत २४ घन्टामा निको भएका बिमारी : २९१
.डिस्चार्ज भएका बिमारी : २५२
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : २ संक्रमितको संपर्क आएका मानिसको संख्या : ३
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १२१
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ४०

.एक १७ महिनाको बालकलाई हिजो यान चाइ अस्पतालमा आकस्मिक उपचारका लागि भर्ना गरिएको थियो । मुर्छा पर्ने र ज्वरो आउने भएपछि उनलाई  भर्ना गरिएको थियो । उनको सास पनि केहीबेर रोकिएको थियो । कोभिड-१९ पोजेटिभ देखिएपछि उनलाई प्रिन्सेस मार्गरेट अस्पतालमा सारिएको थियो। उनमा क्रुपको लक्षण पनि देखिएको थियो ।  र हाल बाल चिकित्सा सघन हेरचाह इकाई(आइसियु)मा उपचार भइरहेको छ र उनलाई हिजो खोप दिइएको थियो। उनको परिवारका सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

एकजना अर्का१० वर्षीय बालकलाई २२ अगस्टमा ज्वरो आएको थियो र परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको थियो। उनलाई हिजो प्रिन्सेस मार्गरेट अस्पतालमा सार्नु अघि कारिटास मेडिकल सेन्टरमा भर्ना गरिएको थियो र हाल उनको बाल चिकित्सा सघन हेरचाह इकाई(आइसियु) मा उपचार भइरहेको छ। दुवै बच्चा बिरामीको अवस्था गम्भीर रहेको बताइएको छ

तपाईको प्रतिक्रिया