क्रान्ति सुब्बा

हङकङको राष्ट्रिय सुरक्षा ऐनको बर्खिलापमा गएर अपराध घटाएको मुद्दामा जेल सजाय भोगिरहेका हङकङ प्रो डेमोक्रेटिक मिडिया टाइकुन जिमी लाइ ची-यिङले आफ्ना दुई स्मार्टफोनमा स्टोर गरिएको पत्रकारिताजन्य सामग्री उपर पुलिसको पहुँच रोक्न न्यायीक पुनरावलोकन गरिपाउँ भनी निवेदन हालेका थिए । तर उनको पुनरावलोकन निवेदनलाई अदालतले खारेज गरिदिएको छ । उनको दुई वटा स्मार्ट फोन हाल बन्द अवस्थामा रहेको एप्पल डेलीको  कार्यालयमा अगस्ट २०२० सालमा प्रहरीले छापा मार्दा  जफत गरेको थियो।

७४ वर्षीय लाइले अदालतमा कमन लको व्यावसायिक विशेषाधिकारद्वारा कानुनी रूपमा संरक्षित पत्रकारिताजन्य सामग्री माथी प्रहरीको पहुँचलाई प्रतिबन्ध गर्ने आदेश पाउँ र ती सामाग्रीहरु फिर्ता पाउँ भनी अदालतमा निवेदन दिएका हुन।

तर उच्च अदालतका न्यायाधीश विल्सन चान का–सुनले अगस्ट ३० तारीख सार्वजनिक सरोकारका समाचार सामग्री सार्वजनिक हुन जरुरी भएको आधारमा उनको न्यायिक पुनरावलोकन निवेदन खारेज गरेका थिए ।

अगस्ट ३० मा भएको सुनुवाई पछि लाइका वकिलले तुरुन्तै सात दिनको लागि सर्च वारेन्ट स्थगनको लागि निवेदन दिएका थिए  र ३१ तारीख अपरान्ह ४ बजे सम्म पुनरावेदन दायर गर्ने भनेका थिए ।

लिखित फैसलामा चानले प्रेस स्वतन्त्रता निरपेक्ष नहुने  बताए ।

“प्रेस स्वतन्त्रता भन्दैमा  पत्रकारिता संबंधी सामग्री जफत गर्नु हुदैन भन्ने होइन , त्यस्ता सामाग्रीको उत्पादनमा रोक नै लाउन नहुने वा त्यस्ता सामाग्री सार्वजनिक गर्नै हुन्न भन्ने हुन्न” चानले भने।

अघिल्लो अदालतको फैसलाभनिएको छ “पत्रकारिता संबंधी सामग्रीको संरक्षण पक्कै पनि निरपेक्ष छैन, किनकि कहिलेकाहीँ सार्वजनिक हितको लागि  पत्रकारिता संबंधी सामग्री जफत वा त्यसको  पर्दाफासलाई जायज नै मानिन्छ।”

गैरकानुनी रूपमा भएको सभामा सरिक भएको अपराधमा लाई अहिले २० महिनाको जेल सजाय स्टेनली कारागारमा काटिरहेका छ्न।
उनी डिसेम्बर १ मा बिना ज्युरी हुने सुनवाइमा उपस्थित हुने भएका छ्न। बिदेशी शक्तिसंग मिलेर राष्ट्रिय सुरक्षालाई खतरामा पारेको लगायतका राष्ट्रिय सुरक्षा सम्बन्धि मुद्दामा हुने सुनवाइ हो यो।

तपाईको प्रतिक्रिया