गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको “हाँसेर” गीतको भिडियो सार्वजनिक भएको छ । सुजित खत्रीको शब्द तथा सुजन खत्रीको लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ ।

मायालु जोडी बीचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन ।

किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “हाँसेर” गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कंडेल , प्रविण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ ।
“हाँसेर” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया