२० भाद्र , काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र सि डि विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ गीत सार्वजनिक भएको छ । गीतमा समिर शाहीको शब्द र विक्रम थापाको संगीत छ ।

गीतको भिडियोमा अभिनेता सुधिर श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ ।

सुवोल थापाको कोरियोग्राफी तथा आर्यन कार्की निर्देशनमा बनेको यो गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विष्णु खड्काको सम्पादन छ ।

‘कालो कोठी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया