क्रान्ति सुब्बा

सेप्टेम्बर ७ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,१९४
.स्थानीय केस संख्या : १०,०३०
.पिसिआरबाट पुष्टि केस संख्या : २,९१८
.एन्टिजेनबाट पुष्टि केस : ७,११२
.आयातित केस संख्या : १६४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७१ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४६ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.४३ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.४ वटा केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: २४
.इन्डियाबाट आएको केस: १७
.फिलिपिन्सबाट आएको केस : १७
.अमेरिकाबाट  आएको केस: १२
.थाइल्यान्डबाट आएको केस: १५

.कुल संक्रमित संख्या : १,६११,९८७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,७५७ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३५२,६३०

. ७ वटा  नर्सिङ होम र ४ वटा अपांग गृहबाट १५ जना वासिन्दा १ जना कर्मचारी  संक्रमित भएका थिए । संक्रमितको संसर्ग सुचीमा परेका ९६ जना वासिन्दा र ३ जना कर्मचारीलाई क्वारेन्टाइन पठाइएको थियो ।

.७९९ वटा स्कुलबाट १,३६१ केस आएका थिए जसमा १,१४० जना विद्यार्थी र २११ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण २२ वटा स्कुलका विभिन्न  कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएको थियो ।

.बिए.५ बाट संक्रमित हुने संख्या ६३ प्रतिशत पुगेको छ।

.फिलिपिन्सबाट फ्लाइट नम्बर PR300 मार्फत हङकङ आएका एक ३० वर्षीय पुरुषमा हिजो मन्कीपक्स पोजेटिभ देखिएको थियो । हङकङमा फेला परेको यो पहिलो मंकीपक्स हो। उनले क्यानडा र संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका थिए  र उच्च जोखिम युक्त गतिविधिहरूमा भाग लिएका थिए । शुरुमा उनलाई घाँटी दुखेको थियो र क्वारेन्टाइनको समयमा गरिएको परिक्षणमा उनलाई मंकिपक्स पोजेटिभ भएको थियो ।सकारात्मक परीक्षण गरियो। उनको अवस्था खतरा मुक्त  रहेको बताइएको छ ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,५४४
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १६ जना । मृत्यु हुनेमा ४७ देखि ९९ वर्ष  बीचका १२ जना पुरुष र ४ जना महिला परेका थिए । ७ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। २ जना नर्सिङ होमबाट परेका थिए । सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,८७०
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ९
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १५
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५० र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५५
.आइसियुमा रहेकोे बिरामीको संख्या : १५

.गत २४ घन्टामा निको भएका बिमारी : ४००
.डिस्चार्ज भएका बिमारी : ३४९
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ संक्रमितको संपर्क आएका मानिसको संख्या : ५

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १६०
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ६७

.यसअघि सिउ लाम मनोचिकित्सा केन्द्रमा १ जना पुरुष विरामीमा पोजेटिभ देखिएको थियो । कन्ट्याक्ट ट्रेसिङको क्रममा आज थप २ जना बिरामी र १ जना बिरामी सहायक सेवकमा पोजेटिभ देखिएको थियो  । सेप्टेम्बर ४ मा चुन मुन अस्पतालमा एक ८५ वर्षीय पुरुष बिरामीमा पोजेटिभ देखिएको थियो । थप २ जना विरामी र १ जना कर्मचारी कन्ट्याक्ट ट्रेसिङ गर्दा  पोजेटिभ देखिएका थिए । साथै च्यङ क्वान ओ अस्पतालका १ कर्मचारीमा पनि सेप्टेम्बर २ मा पोजेटिभ देखिएको थियो । कन्ट्याक्ट ट्रेसिनको समयमा थप २ पुरुष बिरामीहरू पोजिटिभ पुष्ठि भएका थिए ।

तपाईको प्रतिक्रिया