बिराटनगर। नेपाली कांग्रेसका पुर्व केन्द्रिय आमन्त्रित सदस्य हसन अन्सारीको नाम प्रतिनिधि सभाकोलागी मोरङ क्षेत्र नं. ५ बाट सिफारिस भएसंगै स्थानिय नेता तथा कार्यकर्ताहरुमा उत्साह छाएको छ ।

लामो समयदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा गरिरहेका हसन अन्सारी देशका पुर्व प्रधानमन्त्री तथा दुर दृष्टि राख्ने नेता गिरिजाप्रसाद कोइरालाका सहयात्री समेत हुन् । उनले गिरिजाबाबु चुनाव लड्दा कोइरालाको सहयात्री बनेर हरेक निर्वाचन जिताउने गरेको स्थानीय कार्यकर्ताहरु बताउछन् । उहाँ लामो समयदेखि नेपाली कांग्रेसबाट राजनीति गर्दै आईरहनु भएको छ तर अहिलेसम्म कहिले पनि लाभको पदमा उहा लोभिनु भएन बरु पार्टीको हरेक गतिविधिमा तन, मन र धनले उँहाले सहयोग गरेको कुरा अन्सारी निकट एक नेताले हामीलाई बताए। यस पटक हसन सरको नाम प्रतिनिधि सभामा सिफारिस भएको छ। हामी हर्षित छौं। तर यस पटक पनि पार्टीले हसन सरकोलागी न्याय गर्नु हुन्छ कि हुदैन त्यो भने हेर्न बाँकी छ अन्सारी निकट एक नेताले बताए।

मोरङको ६ वटा निर्वाचन क्षेत्रमध्ये कम्तिमा एक क्षेत्रमा भए पनि एक जना मधेशी समुदायको नेतालाई प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले उम्मेदवार बनाउनु पर्छ। हामी केवल भोट बैंक मात्र होईन हाम्रो प्रतिनिधित्व हुने गरि एक जना मधेशी नेतालाई नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ उम्मेदवार बनाउनु पर्छ ,नेपाली कांग्रेसका एक जिल्ला सदस्यले बताए। उनले भने – हसन अन्सारी जस्तो नेतालाई टिकट नदिए कस्तो नेतालाई दिने?उहा नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत भईसक्नु भएको छ। सामाजिक क्षेत्रमा पनि राम्रो उचाई बनाउनु भएको छ उहाँलाई एक पटक अवसर दिनु पर्नेमा उनले जोड दिए।

हामीले यस बिषयमा अन्सारीलाई प्रश्न गर्दा अन्सारीले भने -“म नेपाली कांग्रेसको बफादार एउटा कार्यकर्ता हुँ” पार्टीको निर्णय नै मेरो अन्तिम निर्णय हुने छ तर यस पटक पार्टीले मलाई न्याय गर्नु पर्छ जस्तो लाग्छ । अहिलेसम्म मैले पार्टीसंग केहि मागिन तर यस पटक सबै मेरो शुभचिन्तकहरुको आग्रहमा प्रतिनिधि सभा सदस्यकोलागि नाम पठाएको छु। आशा छ पार्टीले न्याय गर्छन् अन्सारीले भने।

तपाईको प्रतिक्रिया