८ डिसेम्बर हङकङ ।

डिसेम्बर ७ तारीख करिब २:१३ बजे दिउँसो एकजना पुरुष सेङ सुइँको इस्ट रेल्वे लाइन एमटीआर स्टेशनको प्लेटफर्मबाट उफ्रेर रेलको लिकमा खसेका थिए र आउदै गरेको रेल उनी माथिबाट दौडिएको थियोे ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी र अग्नि नियन्त्रण टोलिले उनको खोजी गर्दा उनलाई रेलमुनी फेला पारेका थिए । उनको अवस्थालाई जाँचबुझ गर्दा उनको मृत्यु भैसकेको पाइयो। अग्नि नियंत्रकले उनको शरीरलाई बोकेर प्लेटफर्ममा पुर्यायो। घटनाको कारण पत्ता लाग्न बाकी रहेको अवस्था नै थियो ।

यो घटनाको कारण रेल-मार्ग अबरुद्ध भै केहि समय सम्म सेवा नै ठप्प भएको थियो ।

तपाईको प्रतिक्रिया