क्रान्ति सुब्बा

हङकङमा अहिले चलिरहेको ३ जोड ४ अर्थात तीन दिने होटेल र ४ दिने होम क्वारेन्टाइनको व्यवस्थालाई हटाएर अब चाडै  ० जोड ७ अर्थात जिरो होटेल र ७ दिने होम क्वारेन्टाइन लागु गरिने हल्ला व्यापक चलिरहेछ । यस सन्दर्भमा अस्पताल प्राधिकरणका पूर्व प्रमुख कार्यकारी डा. ल्यङ पाक-यिनले  सेप्टेम्बर १० तारिख सामाजिक सञ्जालमा आफ्नो धारणा पोष्ट गरेका थिए । जहाँ उनले सरकारले आगामी केही हप्तामा नै शुन्य प्लस सात (“०+७” ) को क्वारेन्टाइन व्यवस्थालाई लागु गर्ने आशा व्यक्त गरेका थिए । हुन त महामारी नियमलाई खुकुलो गर्न नहुने मतका पक्षधरहरु पनि समाजमा छ्न तर जहाँ सम्म सरकारले विवेकपुर्वक नै निर्णय लिने कुरामा उनको बिश्वास रहेको छ।

उनको ठम्याइमा जनजीवनलाई सामान्य तुल्याउन कति जना संक्रमित भए भन्ने कुराले भन्दा अस्पतालमा भर्ना हुनेको संख्या र गम्भीर बिरामीको संख्या कति हुन्छ वा छ जसले अस्पतालको सेवामा असर पार्दछ भन्ने कुराले निर्धारण गर्दछ।

मन्त्री एड्वार्ड याउ

आगामी नोभेम्बर महिनामा हङकङमा विश्व भरिका वित्तीय पन्डितहरुको शिखर सम्मेलन हुने भएको छ जहाँ विश्वका १०० भन्दा बढी बैंकर, कोष प्रबन्धक(फन्ड म्यानेजर) र वित्तीय कार्यकारी (फाइनान्सियल एक्जिक्युटिव)हरू उपस्थित हुने भएका छ्न। यो शिखर सम्मेलनका सन्दर्भमा हङकङका वाणिज्य तथा आर्थिक विकास मन्त्री एडवर्ड याउले सेप्टेम्बर १० तारिख विदेशी वित्तीय संस्थाका केही वरिष्ठ अधिकारीहरु शिखर सम्मेलनअघि नै शुन्य जोड सात ( ‘०+७’) अर्थात होटेल क्वारेन्टाइन शुन्य बनाइ सात दिने गृह आइसोलेसनको व्यवस्था यथाशीघ्र हङकङ सरकारले कार्यान्वयनमा ल्याउने आशामा रहेको  बताए । तर मन्त्री स्वयं भने त्यसबेला महामारीको अवस्था कस्तो रहन्छ त्यसले नयाँ मापदण्डलाई तय गर्दछ भन्छन्   ।

सिङ्गापुरले पनि हङकङले आयोजना गरेकै समयमा यस्तै आर्थिक शिखर सम्मेलन गर्ने तयारी गरेको जानकारी  याउले दिए । हङकङ एक स्वतन्त्र र खुला समाज हो  र सम्मेलनमा सहभागी हुने कुरामा ओभरसिज फाइनान्सियल प्रोफेसनलहरु स्वयंले आफ्नो  निर्णय आफै लिनेछन् उनले भने। उनले हङकङमा आयोजना हुने शिखर सम्मेलन पूर्ण रुपमा सफल हुने विश्वास पनि व्यक्त गरे ।

यसैगरी वाणिज्य तथा आर्थिक विकास मन्त्री अर्गेर्नन याउले पनि समान समयमा सिंगापुरले यस्तै सम्मेलन आयोजना गरेको भएता पनि हङकङमा हुने उच्च स्तरीय वित्तीय शिखर सम्मेलन सफल हुने कुरामा विश्वस्त रहेको  बताए सेप्टेम्बर १० तारीख शनिबार ।

एक टिभी कार्यक्रममा बोल्ने क्रममा उनले आमन्त्रित केही टप ग्लोबल फाइनान्सियल एक्ज्युकेटिवहरुले क्वारेन्टाइन फ्री यात्रालाई पुर्व शर्तको रूपमा राखेको बताए। तर उनले पनि तेतिबेलाको महामारीको वास्तविक अवस्था कस्तो हुन्छ त्यसैमा भर पर्ने बताए  ।

त्यसो त हङकङमा महामारीको अवस्था केही समय यतादेखि गम्भीर हुदै आएको छ। महामारीको फैलावटले कस्तो स्वरुप लिन्छ सोही अनुसार क्वारेन्टाइनको व्यवस्थापनलाई क्रमशः खुकुलो पार्नुपर्छ  भन्ने विषयमा  सरकारको ध्यानाकर्षण भएको याउले औंल्याए। यसो गर्दा अर्थतन्त्रमा आउने मन्दी र नागरिकको स्वास्थ्य दुबैलाई संतुलन गर्न सकिने धारणा उनले व्यक्त गरे।


सेप्टेम्बर ११: संक्रमित ९,०३३ जना थपिए

सेप्टेम्बर ११ तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,०३३
.स्थानीय केस संख्या : ८,९०४
.पिसिआरबाट पुष्टि केस संख्या : २,२३६
.एन्टिजेनबाट पुष्टि केस : ६,६६८
.आयातित केस संख्या : १२९ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ३९ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ४० जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.४९ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.१  केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: २१
.इन्डियाबाट आएको केस:
.फिलिपिन्सबाट आएको केस : १५
.अमेरिकाबाट  आएको केस: १६
.थाइल्यान्डबाट आएको केस:
.सिंगापुरबाट आएको केस : १२
.फ्रान्सबाट आएको केस:
.अष्ट्रेलियाबाट आएको केस :
.भिएतनामबाट आएको केस:
.क्यानाडाबाट आएको केस:

.कुल संक्रमित संख्या : १,६५१,९७४ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,७९९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३७१,१८०

. २ वटा नर्सिङ होमबाट २ जना  वासिन्दा  संक्रमित भएका थिए।
.३ वटा हाइस्कुलमा केस भेटिएकाले ती स्कुल एक हप्ताको लागि निलम्बनमा परेका छ्न।२ वटा स्कुल युन युन लङका र एउटा स्कुल सिउ साइ वानको परेको छ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ६६.४ प्रतिशत पुगेको छ।
.पहिलाको अनुपातमा दैनिक केस संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । तर साचो मानेमा घटेको हो होइन भन्ने तसल्ली गर्न केहि समय कुर्नुपर्ने डाक्टर च्वाङ शुक क्वानले बताइन। अकसर चाडबाड सकिएपछि केस बढ्ने गरेको छ। त्यसकारण केहि समय प्रतीक्षा गर्नुपर्छ । अधिकारीहरुले बिए.५ बाट संक्रमित हुने क्रम टुप्पोमा पुगे नपुगेको हेर्नुपर्ने छ र मिड अटुम फेस्टिभलको छुट्टी  पछि केस बढ्ला नबढ्ला हेर्नुपर्ने छ- उनले भनिन् ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,५८६
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११ जना । मृत्यु हुनेमा ४६ देखि ९५ वर्ष  बीचका ८ जना पुरुष र ३ जना महिला परेका थिए । ६ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन। एकजना नर्सिङ होम निवासी परेका थिए । सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,७११
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ८ (१ जनाले खोपहिन थिए )
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १२
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५४ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५७
.आइसियुमा रहेकोे बिरामीको संख्या : १२

.गत २४ घन्टामा निको भएका बिमारी : ३१४
.डिस्चार्ज भएका बिमारी : २७८
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ संक्रमितको संपर्क आएका मानिसको संख्या : ६

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : ८८
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : १८०

.काउलुन अस्पतालमा एकजना ६३ वर्षका पुरुष पोजेटिभ पुष्ठि भएका थिए ।कन्ट्याक्ट्  ट्रेसिङको क्रममा २ जना बिरामी पोजेटिभ भएका थिए ।

तपाईको प्रतिक्रिया