क्रान्ति सुब्बा

बिजनेस सेक्टर क्वारेन्टाइन हटाउने पक्षमा

हङकङमा बिदेशबाट आउने यात्रुले तोकिएको होटेलमा अनिवार्य व्यतीत गर्नुपर्ने तीन दिनको क्वारेन्टाइन अवधि  हटाइने होहल्ला अहिले जनसमुदायमा हट केक  भएको छ। दैनिक केस घट्नुले ग्रीन सिग्नल दिएता पनि बिए.५ बाट संक्रमित हुने क्रम उत्कर्षमा पुगेको छैन। यो लहर साच्चै सेप्टेम्बर महिना भित्र उत्कर्षमा पुगेमा सरकारलाई होटेल क्वारेन्टाइन हटाउन अवश्य सहज हुने देखिन्छ ।

हङकङका स्टेक होल्डरहरु भने क्वारेन्टाइन हटाउनु पर्छ नै भन्ने पक्षमा छ्न। यस सिलसिलामा हङकङको बिजनेस सेक्टरहरुले पनि हङकङमा लागु क्वारेन्टाइन मापदण्डलाई नरम तुल्याउन आग्रह गरेको छ। गत महिनामा हङकङ बाहिरबाट भित्रीने कुल यात्रुहरू मध्ये कोभिड-१९ बाट संक्रमित हुनेको प्रतिशत केवल  १.२ मात्र रहेकोले उनिहरुले यस्तो आग्रह गरेका हुन।

एलेन शि लोप टक

सेन्टर फर हेल्थ प्रोटेक्शनको तथ्याङ्क अनुसार, हङकङले जब गत महिनादेखि विदेशबाट आउने यात्रुहरूका लागि सात दिने क्वारेन्टाइन घटाएर तीन दिन बनाए यता  हङकङमा करिब ११७,००० यात्रु आएका थिए र ती  मानिसहरूमध्ये केवल १,४५० जनामा मात्र यहाँ आइपुगेको पहिलो तीन दिन भित्र कोभिड पोजेटिभ देखिएको थियो ।

“बिजनेस सेक्टरहरू त क्वारेन्टाइन पुरै खुकुलो होस र होम आइसोलेसन मात्र राखियोस भन्ने  चाहन्छ नि ।” चाइनिज मेनुफेक्चरर्स एसोसिएसन अफ हङकङका अध्यक्ष एलेन शि लोप-टकले भने। जसले स्थानीय र विदेशी व्यापारीहरू बीचको व्यापारिक सम्बन्ध मजबुत हुन योगदान पुर्‍याउनेछ उनले थपे।

“हङकङमा लागु भएको क्वारेन्टाइन मापदण्डहरु थोत्रा  भइसकेका छन। यस्ता ट्राभल आइसोलेसन अर्डरहरु अहिले विश्वका धेरै क्षेत्रहरूले  रद्द गरिसकेका छन्,” उनले भने।


भ्याक्सिन दर बढेमा क्वारेन्टाइन हटाउन सहज हुने

हङकङका अर्थमन्त्री पल चानले हङकङले बाहिरी संसारसंग पहिलाको जस्तै खुल्ला सम्बन्ध राख्नको निम्ति हङकङमा खोपको स्तरलाई कतिको बढाउन सकिन्छ त्यसमाथि निर्भर पर्दछ भनेर आफ्नो ब्लगमा लेखेका छ्न।

अर्थतन्त्रको संरक्षण गर्दै यो महामारीलाई काबुमा राख्नु र यात्रालाई सहज बनाउने प्रयास गर्नु अत्यन्तै चुनौतीपूर्ण कार्य हो चानले आइतवार ब्लग पोस्टमा लेखेकाछ्न।

अर्थमन्त्री पल चान

“केवल संगठित प्रयासद्वारा खोप दरलाइ प्रभावकारी रूपमा बढाउन सकियो भने मात्र हामीले धेरै हदसम्म अन्तर्राष्ट्रिय यात्रालाई निष्कंटक पुनः सुचारु गर्न सक्छौं । फलस्वरूप अर्थतन्त्रलाई स्थिर बनाउन र विकासको इन्जिनलाई पुन: सुरु गर्न सक्छौं,” उनले भने।

भर्खरको आधिकारिक तथ्याङ्क अनुसार १२ वर्ष र माथिका हङकङको जनसंख्याको ७५% भन्दा कमले कोभिड भ्याक्सिनको तीन डोज प्राप्त गरेका छन्। तर चानले सिमा नाका खुल्ला गर्न खोप दरको मात्रा कति प्रतिशत पुग्नुपर्छ खुलाएनन् ।
हङकङमा त्यसै पनि  ८० वर्षभन्दा माथिका वृद्धवृद्धाको खोप दर सबैभन्दा कम रहेको छ। यस वर्ष कोभिडद्वारा मृत्यु भएका ९,५८६ जना मध्येको ७१% मृतक ८० कटेका वयोवृद्ध थिए । आधिकारिक तथ्याङ्क अनुसार, त्यो उमेर समूहका लगभग ७३% मृतकले खोप लगाएका थिएनन्।


सेप्टेम्बर १२: संक्रमित केस ७,९३८

सेप्टेम्बर १२ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,९३८
.स्थानीय केस संख्या : ७,७७२
.पिसिआरबाट पुष्टि केस संख्या : १,८७६
.एन्टिजेनबाट पुष्टि केस : ५,८९६
.आयातित केस संख्या : १६६ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७२ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ५० जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.४० वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.४ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: २७
.इन्डियाबाट आएको केस:
.फिलिपिन्सबाट आएको केस : १९
.अमेरिकाबाट  आएको केस: २३
.थाइल्यान्डबाट आएको केस: ११
.सिंगापुरबाट आएको केस :
.फ्रान्सबाट आएको केस:
.अष्ट्रेलियाबाट आएको केस :
.भिएतनामबाट आएको केस:
.क्यानाडाबाट आएको केस:

.कुल संक्रमित संख्या : १,६५९,९१२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,८१० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३७५,४४३

. ३ वटा नर्सिङ होम र ७ वटा अपांग गृहबाट ११ जना  वासिन्दा  संक्रमित भएका थिए। संक्रमितको संसर्ग सुचीमा परेका ५४ जना वासिन्दालाई क्वारेन्टाइन पठाइएको थियो ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ६८ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,५९७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ११ जना । मृत्यु हुनेमा ६१ देखि ९३ वर्ष  बीचका १० जना पुरुष र १ जना महिला परेका थिए । १० जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,७५३
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ४
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : १५
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५६ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ६५
.आइसियुमा रहेकोे बिरामीको संख्या : १४

.गत २४ घन्टामा निको भएका बिमारी : २३८
.डिस्चार्ज भएका बिमारी : २०९
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ३ संक्रमितको संपर्क आएका मानिसको संख्या : ४

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : ९१
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ४६

मिर्गी रोगबाट पीडित र २ डोज खोप लगाएका एक १० वर्षीय बालकलाई कोभिड-१९ पोजिटिभ देखियो र प्रिन्सेस मार्गरेट अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने र रुघाखोकी लाग्ने गरेको थियो । हाल उनको अवस्था गम्भीर छ र उनको बाल चिकित्सा बिभागको सघन कक्षमा  उपचार भइरहेको छ। बालकका दुबै आमाबुवा र उनकी ६ वर्षीया बहिनी  पनि दुई दिनअघि पोजेटिभ भएका थिए र उनीहरू घरमै क्वारेन्टाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया