क्रान्ति सुब्बा

होटेल क्वारेन्टाइन हट्ला ?

हङकङमा यही अक्टोबरको अन्त्य देखि अन्तर्राष्ट्रिय स्तरका  हाइ प्रोफाइल कार्यक्रमहरू शृङ्खलाबद्व रूपमा शुरु हुँदैछन। यी कार्यक्रममा विश्व भरिबाट कहलिएका व्यक्तित्वहरुको उपस्थिति रहने भएकोले उनीहरुको आगमन पुर्व नै  तीन दिने अनिवार्य होटल क्वारेन्टाइन हटाउने प्रयासमा सरकार लागेको छ। तर क्वारेन्टाइन  हटाइनु महामारी फैलावटको कोणबाट कतिको फलिफाप छ भन्ने विषयमा राज्य स्तरबाट दोहोरो बहस भैरहेको अवस्था छ। हङकङका कार्यकारी प्रमुख जोन लीले सेप्टेम्बर १३ तारीखको प्रेस मिटिङबाट होटल  क्वारेन्टाइन हटाउनेबारे हङकङले कुनै निर्णय नगरेको स्पष्ट पारेका छ्न। तर उनले कार्यक्रम हुने समय नजिकिदै जाँदा कोभिड संक्रमणको स्वरुप कस्तो रहन्छ सोही अनुसार कामकारबाही गर्ने आश्वासन दिएका छ्न।

हङकङले अक्टोबर ३१ तारीख देखि फिनटेक लिडरहरुको शिखर सम्मेलन आयोजना गर्दैछ। त्यसपछि ग्लोबल बैंकरहरूको शिखर सम्मेलन र नोभेम्बरको सुरुमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना गर्दैछ हङकङले। वास्तवमा महामारी नियन्त्रणका कडा नियम लागु गरेर हङकङले संसारबाट आफुलाइ एक्ल्याएर बसिरहेको छ। एकातिर कडा महामारी नियन्त्रण नियमको अविछिन्न कार्यान्वयनले नागरिक जीवनमा प्रतिकुल शारीरिक, मानसिक  असर परेको छ भने हङकङले आर्जेको आफ्नो अन्तर्राष्ट्रिय छवि गुम्ने खतरा बढेको छ।  एसियाली वित्तीय केन्द्र हङकङ महामारी आउनु अगाडि  विश्व कै एउटा जीवन्त शहरहरू मध्ये एक थियो तर अहिले हङकङको त्यो चम्किलो छवि  धुमिल भएकोछ । हो त्यही गुमेको  पुरानो साखलाई येनकेन प्रकारेण दुरुस्त बनाउनु पर्ने अहम चुनौती हङकङले अहिले सामना गर्नु परेको छ र आफ्नो साख फर्काउने एउटा चेष्टाको रूपमा हङकङले यी आगामी हुने अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्नु परेको हो।

विगत अढाई वर्षदेखि हङकङले ठुलो जोखिम मोलेर  भाइरसलाई किनारा लाउन खोजेको कुरा जगजाहेर छ। र अन्तत: चीनसँग सिमाना पुनः खोल्ने कुरा पनि वास्तविकता बन्दो छ।

कार्यकारी प्रमुख जोन लीले सेप्टेम्बर १३ तारीख मंगलबारको नियमित प्रेस ब्रीफिङमा फिनटेक इभेन्टमा धेरै इन्डस्ट्री लिडरहरुले भाग लिन चाहेको बताएका थिए ।

” हामीले मुल रूपमा हाम्रो सार्वजनिक स्वास्थ्य सेवा प्रणाली र उच्च जोखिम अन्तर्गत पर्ने जन समूहलाई सुरक्षा दिन सक्नुपर्छ,” उनले भने। “हामी डाटा विश्लेषण गरिरहनेछौं र स्थितिको अनुगमन गरिरहनेछौं। र सिर्जित स्थितिको वास्तविकतालाई  हेरेर संक्रमण नियन्त्रणका मापदण्डलाई तय गर्नेछौं,’ उनले भने । हङकङले आयोजना गर्ने कार्यक्रम सफल हुने विश्वास उनले प्रकट गरेका थिए ।

त्यसो त हङकङले नोभेम्बरमा होटल क्वारेन्टाइनको अन्त्य गर्ने लक्ष्य लिएको कुरा ओपन सिक्रेट भैसकेको छ। तर सरकारको तर्फबाट औपचारिक रूपमा  घोषणा  हुन बाकी नै छ । मुख्य कुरा क्वारेन्टाइन अन्त्यको अग्रिम घोषणा हुनु आवश्यक छ जसले गर्दा उच्च पदस्त  कार्यकारी, कर्मचारी तथा अन्यले आफ्नो  यात्राको पुर्व तयारी गर्न सक्नेछन् ।


हङकङमा अहिलेको कोभिड लहर उत्कर्षमा पुगेको ठहर

हङकङका श्वासप्रश्वास विशेषज्ञ ल्यङ चि-चिउले हङकङमा अहिले चलिरहेको कोभिड लहर उत्कर्षमा पुगेको घोषणा गरेका छ्न। केहि दिन यतादेखि दैनिक केस संख्यामा गिरावट आउनु नै यसको संकेत भएको उनले बताए ।

स्वास्थ्य अधिकारीहरूले सेप्टेम्बर १२ तारीख सोमबार केवल  ७,९३८ नयाँ केसहरू रिपोर्ट गरेका थिए। हङकङमा दैनिक केसलोड १०,००० भन्दा कम आएको यो तेस्रो दिन थियो र विगत १७ दिनको रेकर्डमा सबैभन्दा कम केस संख्या यही थियो । अहिलेको लहर उत्कर्षमा पुगेको दिन थियो  सेप्टेम्बर ८ तारीख जुन दिन रेकर्ड भएको केस संख्या थियो ११,०९१ ।

डाक्टर ल्यङ चि चिउ

सेप्टेम्बर १३ तारीख मंगलबार बिहान एक रेडियो कार्यक्रममा बोल्दै ल्यङले विगतका हप्तामा बिए.४ र बिए.५ बाट संक्रमित हुने केसको अनुपात मात्र १० प्रतिशतले बढेको बताए ,जसले सबभेरिएन्टको फैलावट सुस्त रहेको संकेत देखाउँछ उनले भने ।

७ दिनमा देखापरेको नयाँ केसहरूको औसत उतारचढावका आधारमा महामारीको यो लहर सेप्टेम्बर ९ तारीख चरमोत्कर्षमा पुगेको निष्कर्ष उनले निकालेका छ्न।

बिदापछि स्कुल कक्षाहरू सुचारु हुन थाल्दा संक्रमण संख्या उकालो लागे पनि त्यो अल्पकालको लागी मात्र हुने उनले बताएका छ्न।

सीमा नाकामा लगाइएको प्रतिबन्धलाई खुकुलो पार्ने सन्दर्भमा सोधिएको प्रश्नको उत्तर दिने क्रममा ल्यङले संक्रमणले आफ्नो चरम सीमा पार गरिसकेका कारण  अब स्थानीय स्वास्थ्य सेवा प्रणाली खतरा मुक्त छ र सरकारले प्रतिबन्धको अवस्थालाई पुनरावलोकन गर्न सक्छ भने ।

सोही कार्यक्रममा बोल्दै, सांसद चान होई-यानले भने  भाइरसलाई तह लाउन पुरानै प्रवृत्ति अपनाउनु पर्छ भनेका छ्न । संक्रमित केसको संख्यामा घट्यो भन्दैमा हालका महामारी विरोधी मापदण्डलाई त्याग्न नहुने उनले बताए ।

सरकारले जारी राखेको रात्री कालिन लकडाउन र त्यहाँ लागु अनिवार्य परीक्षणका नियम लगायतका मापदण्डले प्रभावकारी रूपमा कोभिड केसहरू स्क्रिन गर्न सक्छन्, चानले थपे।


दीर्घ रोगबाट पीडित बाल बच्चाले चार वटा खोप लिनु राम्रो

लामो समयदेखि बिरामी अवस्थामा रहेका बच्चाहरूले पर्याप्त सुरक्षा प्राप्तिका लागि चारवटा सुइ लिनुपर्दछ भनेका छ्न हङकङका एक सरकारी सल्लाहकारले। प्रिन्सेस मार्गरेट अस्पतालको आइसीयुमा एक १० वर्षीय बालकले जीवन र मरणको दोसाँधलाई सामना गर्नुपरेको  सन्दर्भलाई उल्लेख गर्दै उनले यस्तो सिफारिस गरेका हुन।

अधिकारीहरूले सेप्टेम्बर १२ तारीख  उक्त वालक र उनको हजुरबुबा सहित परिवारका पाँच सदस्य पोजिटिभ भएको पत्ता लगाएका थिए ।

अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक सारा हो युन-हाले बालकलाई एपिलेप्सी भएको र मार्चमा दोस्रो सिनोभ्याक शट लिएको बताएकि थिइन।

डाक्टर लाउ यु लुङ

ती बालक सेप्टेम्बर ९ तारीख  शुक्रबार पोजिटिभ भएका थिए र आइतवार कोविड क्लिनिकमा गएका थिए। उनलाई सास फेर्न गाह्रो भएपछि र उनलाई क्वाई चुंगको प्रीन्सेस मार्गरेट अस्पतालमा रेफर गरिएको थियो ।

“बालकको बुबा, आमा र छ वर्षीया बहिनीलाई केही दिन अघि संक्रमण भएको थियो,” होले भनिन। “संक्रमणको स्रोत उनको हजुरबुबा हुनसक्छ र हजुरबुबा
पनि संक्रमित भएका थिए।”

सरकारी सल्लाहकार लाउ यु-लुङले एपिलेप्सी (छारे रोग) भएका बालबालिकालाई  सास फेर्न गाह्रो हुने र खानेकुरा निल्न गाह्रो हुने गर्दछ। यस्तो अवस्थामा उनीहरुको श्वासप्रश्वासको नली उत्तेजित भएर सुन्निन्छ र   स्वास ब्लक हुने गर्दछ जसलाई क्रुप भन्ने गरिन्छ । त्यसकारण  उनले दीर्घरोग लागेका बालबालिकाको जीवन रक्षाको निम्ति खोपको चार मात्रा लाउनु पर्ने  बताएका हुन।


हङकङमा नयाँ थपिएको केस संख्या ७,२१८, मृत्यु संख्या १०

सेप्टेम्बर १३ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,२१८
.स्थानीय केस संख्या : ७,०६७
.पिसिआरबाट पुष्टि केस संख्या : १,९३४
.एन्टिजेनबाट पुष्टि केस : ५,१३३
.आयातित केस संख्या : १५१ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५५ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ४३ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.४६ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.७ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: १६
.इन्डियाबाट आएको केस:
.फिलिपिन्सबाट आएको केस : १४
.अमेरिकाबाट  आएको केस: १९
.थाइल्यान्डबाट आएको केस:
.सिंगापुरबाट आएको केस :
.फ्रान्सबाट आएको केस:
.अष्ट्रेलियाबाट आएको केस :
.भिएतनामबाट आएको केस:
.क्यानाडाबाट आएको केस:

.कुल संक्रमित संख्या : १,६६७,१३० (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,८२० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३७९,४७२

. ७ वटा नर्सिङ होमबाट १४ जना वासिन्दा  र ७ जना कर्मचारी संक्रमित भएका थिए । ३ वटा अपांग गृहबाट ३  जना  वासिन्दा  संक्रमित भएका थिए। संक्रमितको संसर्ग सुचीमा परेका ९७ जना वासिन्दालाई क्वारेन्टाइन पठाइएको थियो ।

.९९१ वटा स्कुलबाट २,८८६ केस आएका थिए जसमा २६९ वटा किन्डरगार्टन ,३७० वटा प्राइमरी स्कुल ,३२४ वटा ३२४ वटा हाइ स्कुल र २४ वटा स्पेशल स्कुल परेका थिए । सम्मेलित केसमा २,४९७ जना विद्यार्थी र ३८९ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण २३ वटा स्कुलका २९ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ६८.८ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,६०७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १० जना । मृत्यु हुनेमा ५२ देखि ९५ वर्ष  बीचका ५ जना पुरुष र ५ जना महिला परेका थिए । ५ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,८८५
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ५
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ५
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५२ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ६१
.आइसियुमा रहेकोे बिरामीको संख्या : १३

.गत २४ घन्टामा निको भएका बिमारी : २०२
.डिस्चार्ज भएका बिमारी : १७२
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५ संक्रमितको संपर्क आएका मानिसको संख्या : ८

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १८१
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : १०२

मिर्गी रोगबाट पीडित  २ डोजको खोप लगाएको एक १० वर्षीय संक्रमित  बालकको अवस्था क्रीटिकलबाट सुधार भएर सिरियस भएको छ।  उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता क्रुप रोगको व्यथा लागेपछि प्रिन्सेस मार्गरेट अस्पतालमा भर्ना  गरिएको थियो । अहिले उनी आफै सास फेर्न सक्छन् र उनको होस आइसकेको छ। बालकका दुबै आमाबुवा र उनकी ६ वर्षीया बहिनी  पनि दुई दिनअघि पोजेटिभ भएका थिए र उनीहरू घरमै क्वारेन्टाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया