क्रान्ति सुब्बा

हङकङमा महामारीको स्थिति सुधार उन्मुख हुदै गरेको संकेत देखिएको छ । कोभिड-१९ पुष्टि  केसहरूको संख्यामा गिरावट आइरहेका कारण संक्रमण क्रम निस्तेज बन्दै गएको हो कि भन्ने लख काट्न थालिएको हो। तर  के संक्रमित केस सहि मानेमा घटेको हो त ?

हङकङ मेडिकल एसोसिएशनको संक्रामक रोग सल्लाहकार समितिका सह-अध्यक्ष डा. जोसेफ चाङले हङकङमा केस घटेको कुरामा शंका व्यक्त गरेका छ्न। सेप्टेम्बर १४ तारीख बिहान एक रेडियो कार्यक्रममा बोल्ने क्रममा उनले हालका दिनमा पुष्टि  केसको संख्या घटनुको कारण परीक्षणमा कमी आएर भएको हुन सक्छ भनेका छ्न । मिड अटुम फेस्टिबलको बिदामा कम मात्रामा टेस्ट हुँदा यस्तो भएको हुनसक्ने विचार उनले प्रकट गरे । सरकारले पनि  संक्रमित केसको संख्या यथार्थमा नै घटेको हो कि होईन भन्ने कुरालाई  परख गर्न अझै दुई हप्ताको केस नतिजा हेर्नु पर्छ भनेको थियो र डाक्टर चाङले पनि सरकार यो दृष्टिकोण प्रती पुर्ण सहमति जनाएका छ्न। यदि दैनिक केसहरू आगामी केही दिनमा बढेर फेरि ९,००० देखि १०,००० सम्म  नै पुग्यो भने केस घटनुको मुल कारण  “विदाको प्रभाव” हो भन्ने स्पष्ट हुन्छ ।

बिना खोप हङकङ प्रवेश गर्न पाइने

हङकङ सरकारले अहिले एउटा बिरोधाभाष लाग्ने निर्णय सार्वजनिक गरेको छ। सो निर्णयअनुसार चीनमा बस्ने नागरिक हङकङ आएमा उसलाई कुनै खोप नलगाएको भए पनि  “अस्थायी भ्याक्सिन पास” र निलो कोड प्रदान गर्ने भएको छ। चाङले यो सरकारी निर्णय त्यति उचित नभए पनि सहमति जनाएका छ्न । तर उनले हङकङबाट चीन गएका हङकङ नागरिकलाई पनि यस्तै सुबिधा हुनुपर्ने बताएका छ्न।

यदि हङकङमा आगन्तुकहरूलाई  खोप नलगाई आउन दिन थालियो भने यो निति हङकङले अपनाएको संक्रमण नियन्त्रणका मापदण्डसंग बाझ्दछ। र यदि सम्बन्धित व्यक्ति हङकङमा कोभिड-१९ भाइरसबाट संक्रमित भइ हङकङ मै उपचार गर्नुपर्ने स्थिति आएमा सिंगो उपचार पद्धतिमा परिवर्तन ल्याउनु पर्ने हुन्छ। तर हाल, आयातित केसहरूको अनुपात तुलनात्मक रूपमा सानो छ।

राउन्डटेबल सांसद माइकल टिएन पुक-सनले सेप्टेम्बर १४ तारीख बुधवार चीनबाट हङकङ आउने खोपहिन नागरिकलाई अस्थायी खोप पास उपलब्ध गराउने कुरा विडम्बनापुर्ण रहेको र यो कदमले सार्वजनिक स्वास्थ्य सेवा प्रणालीलाई असर पार्न सक्ने बताएका छ्न।

चीनकी एउटी महिलाले सामाजिक सञ्जालमा सरकारी प्याकेज “कमटुएचके” स्किम अन्तर्गत हङकङ गएमा खोप नलगाएको भए पनि “जताततै वेरोकटोक यात्रा” गर्न  पाइन्छ भनेर लेखेपछी यो विषय सार्वजनिक विवादको विषय बनेको हो।

हङकङमा अहिले भ्याक्सिन पास पाउनको लागि योग्यता पुगेका बासिन्दाले अनिवार्य कोरोना भाइरसको तीन वटा खोप लगाएको हुनुपर्छ । र ती पास भएकाले मात्र  विभिन्न परिसरहरू जस्तै रेस्टुरेन्ट,स्विमिङ पुल, खेलकुद मैदान र मनोरञ्जन स्थलहरूमा प्रवेश गर्न पाउनेछ्न।

हङकङ सरकारले हङकङ आउने यात्रुहरुको पनि पहिल्यैबाट वर्गीकरण गरेको थियो जसमा रिटर्नटुएचके (“Return2HK”) र कमटुएचके (“Come2HK”) पनि रहेका छ्न । र यी माथि जनित दुई वटा प्याकेज अन्तर्गत हङकङ आउन चाहने यात्रुले खोप नलगाएको भए पनि हुने प्रावधान सरकारले घोषणा गरेको छ। यो स्किममा सरिक भएर हङकङका बासिन्दा,चीनका नागरिक र प्रवासीहरू हङकङ आउन सक्छन् । हङकङ सरकारले तोकेको परिसर तिर प्रवेश गर्नका लागि ती यात्रुहरुले हङकङ आइसकेपछि अस्थायी खोप पासको लागि आवेदन दिन सक्छन्।

हङकङका कार्यकारी प्रमुख  जोन लीले सेप्टेम्बर १३ तारीख चीनको संक्रमण दर कम भएको भन्दै यो योजनाको बचाउ गरेका थिए ।


सेप्टेम्बर १५ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,१८७
.स्थानीय केस संख्या : ८,०२३
.पिसिआरबाट पुष्टि केस संख्या : २,३२३
.एन्टिजेनबाट पुष्टि केस : ५,७००
.आयातित केस संख्या : १६४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५८ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ६४ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.३६ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.६ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.कुल संक्रमित संख्या : १,६८२,८९६ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,८३६ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३८८,०९०

. ८ वटा नर्सिङ होमबाट १३ जना वासिन्दा १ जना कर्मचारी संक्रमित भएका थिए । ३ वटा अपांग गृहबाट ३  जना  वासिन्दा  संक्रमित भएका थिए। संक्रमितको संसर्ग सुचीमा परेका ८८ जना वासिन्दालाई क्वारेन्टाइन पठाइएको थियो ।

.६६४ वटा स्कुलबाट १,०६४ केस आएका थिए जसमा १२९ वटा किन्डरगार्टन ,२९२ वटा प्राइमरी स्कुल , २२९ वटा हाइ स्कुल र १४ वटा स्पेशल स्कुल परेका थिए । सम्मेलित केसमा ८,९३ जना विद्यार्थी र १७१ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण १३ वटा स्कुलका १२ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ७०.४५ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,६२३
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ६ जना । मृत्यु हुनेमा ७३ देखि ९५ वर्ष  बीचका २ जना पुरुष र ४ जना महिला परेका थिए । ५ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,८१२
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या:११
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ११
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ४९ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५८
.आइसियुमा रहेकोे बिरामीको संख्या : १०

.गत २४ घन्टामा निको भएका बिमारी : ३७७
.डिस्चार्ज भएका बिमारी : ३३५
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : १२ संक्रमितको संपर्क आएका मानिसको संख्या : १८

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १४२
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ६२

तपाईको प्रतिक्रिया