क्रान्ति सुब्बा

सेप्टेम्बर १६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,९९९
.स्थानीय केस संख्या : ८,८६८
.पिसिआरबाट पुष्टि केस संख्या : २,१८५
.एन्टिजेनबाट पुष्टि केस : ६,६८३
.आयातित केस संख्या : १३१ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६२ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : २९ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.३७ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.३ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.युकेबाट आएको केस: २३
.फिलिपिन्सबाट आएको केस : १२
.अमेरिकाबाट  आएको केस: १४
.थाइल्यान्डबाट आएको केस: १८

.कुल संक्रमित संख्या : १,६९१,८९५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,८५२ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,३९२,४६०

. ३ वटा नर्सिङ होमबाट ३ जना वासिन्दा  संक्रमित भएका थिए ।

.६५६ वटा स्कुलबाट १,०१४ केस आएका थिए जसमा १५१ वटा किन्डरगार्टन ,२६८ वटा प्राइमरी स्कुल , २२२ वटा हाइ स्कुल र १५ वटा स्पेशल स्कुल परेका थिए । सम्मेलित केसमा ८,८५ जना विद्यार्थी र १२९ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण १२ वटा स्कुलका १३ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १५ जना । मृत्यु हुनेमा ५० देखि १०२ वर्ष  बीचका १० जना पुरुष र ५ जना महिला परेका थिए । ९ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन।

. गत सेप्टेम्बर १४ तारीख  ग्यास्ट्रिकको समस्याका कारण पोक ओइ अस्पतालमा एक ५० वर्षीय पुरुष बिरामी मृतक भर्ना भएका थिए । अर्का  एक ८५ वर्षीय पुरुष बिरामीको हिजो सार्वजनिक अस्पतालमा नभई घरमै मृत्यु भएको थियो ।


. एक ४ वर्षीय चान थरका बालक १५ सेप्टेम्बर २०२२ मा तिन शुई वाइ अस्पतालमा भर्ना भएका थिए  र आज बिहान चुन मुन अस्पतालमा उनको मृत्यु भएको थियोे । उनले यसअघि साइनोभ्याक भ्याक्सिनको २ डोज अप्रिल र मे महिनामा लिएका थिए । उनको मृत्युको कारण पत्ता लगाउन कोरोनर अदालतमा उनको केस पठाइने भएको छ। वंशानुगत रोगबाट पीडित ती बालकलाई १३ तारीख मंगलबार पोजेटिभ भएको थियो ।
बालक चानलाई  बाल आइसोलेसन वार्डमा राखिएको थियो । उनको अवस्था खतरा मुक्त थियो । तर सेप्टेम्बर १६ तारीख शुक्रबार बिहान ९ बजेतिर अचानक उनको आमाले बालकको अवस्था क्रीटिकल रहेको खबर अस्पतालबाट आएको फोनबाट थाहा पाइन।
चानको अवस्था हठात खस्किएपछी समयको छोटो दुरिमा उनको देहावसान भएको थियो । छोराको अन्तिम सास भेटेर अलविदा सम्म भन्न नपाएको खबर स्थानीय मिडियाले रिपोर्ट गरेको थियो । यसमा अस्पतालको लापरबाही भएको र कसैले यसको जिम्मेवारी लिनुपर्छ भन्दै माताले चुनौती दिएको पनि उल्लेख गरिएको थियो ।
छोराको अवस्था स्टेवलबाट अचानक  कसरी क्रीटिकलमा गयो भन्ने प्रश्न पनि आमाले उठाएकी थिइन।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,७६०
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या:७
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ९
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५१ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५७
.आइसियुमा रहेकोे बिरामीको संख्या : १४

.गत २४ घन्टामा निको भएका बिमारी : ३६०
.डिस्चार्ज भएका बिमारी : ३३३
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ६ संक्रमितको संपर्क आएका मानिसको संख्या : १६

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : ११४
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ६६

तपाईको प्रतिक्रिया