क्रान्ति सुब्बा

सेन्टर फर हेल्थ प्रोटेक्शन अन्तर्गत रहेका दुई वटा वैज्ञानिक समितिले हङकङमा मंकीपक्सको खोप सर्वप्रथम पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषलाई उपलब्ध गराउनु पर्दछ भनेका छ्न।

हालैका महिनाहरूमा मन्कीपक्स विश्वभर फैलिरहेको छ। करिब ९० वटा देशमा यो भाइरल रोगको अन्त भएको छैन । यसबाट संक्रमित केसको संख्या ६०,२०० कटिसकेको छ। यो भाइरसको संक्रमणलाई  लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
अमेरिकामा बिशेष गरि अश्वेत (हब्सी) पुरुषसंग जुन पुरुषले सेक्स गर्छ उनीहरुमा अकसर संक्रमण देखिने गरिएको छ। श्वेत(गोरा) र हिस्पानीक पुरुषसंग सेक्स गर्ने पुरुषमा त्यति धेरै संक्रमण देखिएको छैन।

पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको मोन्कीपक्स  महामारीको प्रभाव एउटा विशेष समुहमा मुखरित भएको ठम्याइ हङकङको कमिटीको पनि  रहेको छ। त्यो समुह हो पुरुषले पुरुषसंग यौन सम्पर्क गर्ने समूह। यस्ता पुरुषका धेरै सेक्सुअल पार्टनर हुने भएकोले कन्ट्याक्ट्  ट्रेसिङ मार्फत यौन सम्पर्क भएको पहिचान गर्न  व्यवहारिक रूपमा चुनौतीपुर्ण रहेको पाइएको छ। 

समलिङ्गी (गे), बाइसेक्सुअल (नारी र पुरुष प्रति समान आकर्षण भएको व्यक्ति जसले दुबै लिङ्गसंग यौन सम्पर्क राख्दछ ) र एमएसएम-पुरुषसंग यौन कर्म गर्ने पुरुष ( MSM- men who have sex with men) समुहका व्यक्तिहरु जो उच्च जोखिमयुक्त यौनकृडाको अभ्यासमा सम्मेलित छ्न अथवा गत १२ महिना भित्र यौनरोगबाट संक्रमित भएको इतिहास छ भने उनीहरु उच्च जोखिममा परेका लक्षित समूह हुन र उनीहरुलाई मंकिपक्सको खोप प्राप्त गर्ने उच्च प्राथमिकताको सुचीमा राख्नु पर्दछ भनेर हङकङका विज्ञजनले भनेका छ्न।

मंकिपक्स खोप प्राप्त गर्ने प्राथमिकताको सुचीमा परेका हङकङका अन्य लक्षित समूहमा अन्तर्गत यौनकर्मी, ग्रुप सेक्समा सहभागी हुने  वा धेरै सेक्स पार्टनर हुने  व्यक्तिहरू, मंकिपक्स पुष्टि भएका बिरामीहरूको हेरचाह गर्ने स्वास्थ्यकर्मीहरू, जुनोटिक पक्स भाइरसहरूसँग काम गर्ने प्रयोगशालाका कर्मचारीहरू, संक्रमित रोगीबाट  दूषित भएको प्रदुषित  वातावरणलाई शुद्ध बनाउने काममा जुटेका कर्मचारी,मंकिपक्स हुनसक्ने जनावर  हेरचाह गर्ने कर्मचारीहरू पर्दछ्न।

स्वास्थ्य विज्ञहरुले खोप अनिवार्य नभई स्वैच्छिक रुपमा दिनुपर्ने कुरामा  जोड दिएका छ्न।

तपाईको प्रतिक्रिया