गायिका समिक्षा अधिकारी र गायक सुवास खत्रीको स्वरमा रहेको ‘हाँसो खुशी’गीतको भिडियो सार्वजनिक भएको छ ।

घर परिवारको खुशीको लागी परदेशमा कमाउन गएको युवाको वेदनालाई गीतमा समेटिएको छ । सुजित खत्रीको शब्द तथा ऋषि खड्काको लय सिर्जना गीतमा रहेको छ । चाडबाड नजिकिदै गर्दा घरपरिवारसंगै नहुदाँ त मन खिन्न भैहाल्दो रहेछ । परदेशी र घरदेशीको बास्तविकता समेट्ने प्रयास गरिएको गायक सुवास खत्रीले बताए ।

रामेश्वर हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा प्रेम थापाको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘हाँसो खुशी’ गीतको भिडियोमा सुवास खत्री र सर्मिला अधिकारीको अभिनय रहेको छ ।
‘हाँसो खुशी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया