काठमाण्डौं ।
गायक अर्जुन सापकोटा र गायिका अमृता श्रीपालको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘ईति भयो कुराउने’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनि नेपाली मौलिक सिर्जनाको सिर्जनामा सक्रिय केशव पौडेलको शब्द तथा खेम पुन र याम थापा मगरको एरेन्जमा गीत तयार गरिएको छ । गीतमा मौलिकतामा विशेष ध्यान दिइएको छ । माया र प्रेमका सौगातहरुलाई एक आपसमा ब्यक्त गरिएको छ । आफनो विगतलाई सम्झेर निकै रमाइलो लागेको गायक अर्जुनले बताए ।

राजेश घिमिरेको छायाँकन , प्रविण भटटको सम्पादन तथा प्रविन थापाको निर्देशनमा गीत तयार गरिएको छ । ‘ईति भयो कुराउने’ गीतको भिडियोमा लोमस शर्मा र रिना थापा मगरको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

‘ईति भयो कुराउने’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया