असोज १। कोरियामा रहेर पनि नेपाली साहित्यलाई असाध्यै माया गरि शब्दहरुलाई फुलगुच्छा झै उनेर सुन्दर गीत सृजना गर्नुहुने गीतकार उत्तम खजुम लिम्बूको शव्दमा सजिएको गीत ‘दिल चोर्ने मान्छेलाई’को छायांकन सम्पन्न गरिएको छ ।

अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा बिमला खजुम र पुर्ण लिम्बूको अभिनय रहेको ‘दिल चोर्ने मान्छेलाई’ को छायांकन शुक्रबार सम्पन्न भएको हो ।

ललितपुरको सुन्दर नगरी सिकालीचौर, सेल्फी रोड, लाकुरी भन्ज्याङमा छायांकन सम्पन्न भएको भिडियोमा नेपाली सिनेमा जगतका प्रख्यात नृत्य निर्देशक कमल राईको कोरियोग्रफी तथा सुमितको सहायक कोरियोग्राफी रहेको छ ।

सि.डी विजय अधिकारीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजनमा लोकप्रिय गायीका मेलिना राईको आवाजमा स्टुडियो किङमा रेकर्ड गरिएको गीतको भिडियोमा बिरेन्द्र भाटको छायांकन, सुस्मिता राई र एलिशा मगरको शृङ्गार तथा एक.बी. श्रेष्ठको भान्सा रहेको छ ।

भिडियोमा पार्वती वाइबा, लाप्सन दोङ्, पुजा भट्टराई, तुलसा छेत्री, मुना लामा, जोया मगर, स्वेता मगर, बिनु मोक्तान , रिजा पाख्रिन, लक्ष्मी परियार, पेन्साङ् लामा, लक्ष्मी सुनुवार, सिमा सुनुवार, सुस्मिता थापा, सुस्मिता कार्की र सुनिता थिङ्को कोरस् नृत्य रहेको छ ।

तपाईको प्रतिक्रिया