अमेरिका । हामी नेपाली ग्लोबल आयोजनामा नायगारा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा १ रात २ दिनको खाने बस्ने व्यवस्थाकालागी १०० डलर मात्र शुल्क लिइने कुरा आयोजकले सार्बजनिक गरेका छ्न।

समाजले सेप्टेम्बर १४ तारीख  डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यहि अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपाल फेस्टिवलमा सहभागी हुन सबै नेपालीलाई अनुरोध गरेको छ ।

समाजका डाइरेक्टर अफ पब्लिक रिलेशन अफिसर तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक शोभाकान्त पाण्डेले आवतजावत खर्च तथा १ रात २ दिनको खाने बस्ने खर्चको लागि केवल १०० डलर मात्र लिइने  जानकारी दिएका हुन् ।

संस्थाका अध्यक्ष अमृत लामाको अध्यक्षतामा गरिएको उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्राउन तथा नेपाली उत्पादन विश्व बजारमा प्रबर्द्धन  गर्ने उद्धेश्यले फेस्टिबलको आयोजना गर्न लागेको जानकारी दिए । उनले उक्त कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले यसलाई राजनीतिक तथा धार्मिक रुपमा नभएर नेपाल र नेपालीका लागि आयोजना गरिन लागिएको बताए ।

त्यस्तै फिप्नाका सभामुख सुवर्ण शाक्यले कार्यक्रम सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

सोहि कार्यक्रममा NEJA कार्यबाहक सभापति मच्छे गुरुङले नेपालमा पर्यटक भित्राउन तथा नेपाली उत्पादनलाई विश्व बजारमा प्रबर्द्धन  गर्नुपर्ने दायित्व सबैको हो भन्दै आयोजक कमिटीलाई आवस्यक सहयोग गर्ने भन्दै फेस्टिवल सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै तमु सोसाइटी अफ अमेरिकाका सभापति तोरण गुरुङले अमेरिकामा रहेका नेपालीहरुको विभिन्न प्रकारका संस्था रहे पनि सबै नेपाली एकजुट भएर नेपाल र नेपालीको हितमा लाग्नुपर्ने बताए । उनले हामी नेपाली ग्लोबल उदाहरणीय रुपमा अगाडि बढेको भन्दै अन्य संस्थाले पनि समाजसँग मिलेर सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा युनाइटेट किरात राई अर्गनाइजेशन अफ अमेरिका न्युयोर्क च्याप्टरका सभापति ममता खालिङ राईले नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटक भित्र्याउनु पर्यटनको प्रबर्द्धन  मात्र नभएर त्यसमा आवद्ध धेरैले रोजगारी पाउने समेत बताइन् ।

तपाईको प्रतिक्रिया