छिरिङ शेर्पा

युनाईटेड शेर्पा एसोसिएशन (यु.एस.ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको बार्षिक गृष्मकालिन  खेलकुद प्रतियोगिता शुरू गरेको पनि २६ बर्ष भै सकेको सहर्ष सबैमा जानकारी गराउन पाउनु हाम्रो लागि ठुलो गर्वको बिषय भएको छ । बर्ष गन्तिले २६ औं बर्ष भएता पनि कोभिड-१९ का कारण सन् २०२० मा यो बार्षिक प्रतियोगिता हुन सकेन । त्यस पछि सन् २०२१ मा आएर बल्ल २४ औं बार्षिक गृष्मकालीन खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर हालको कार्यसमितिले पायो ।


हालको यस कार्य समितिलाई पनि २५ अंकले   पछ्याएको पछ्याएकै गर्नु  नि लेखेरै ल्याए जस्तो देखिन्छ । यस कार्य समितिलाई नै  युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक / शेर्पा किदुक अमेरिका न्यूयोर्कको आफ्नो स्थापनाको २५ औं बर्षगॉंठ (Silver Jubilee) मनाउन पाउनु र त्यस्तै गरि २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाउनुलाई एउटा ठुलो र गर्विलो अवसरको रूपमा लिएका छौं ।


यस बर्ष २५औ बार्षिक गृष्मकालीन खेलकुद प्रतियोगिता १३ वटा अन्तर राज्यका  (Inter State) टीमहरू बीच शुक्रबार अगष्ट २६ सन् २०२२ देखि खुल्ला फुटबल प्रतियोगिताबाट शुरू भै सो खेलको फाईनल खेल अगष्ट २९ तारिखको दिन न्यूयोर्क को रेन्डल्स आईल्याण्डमा सम्पन्न भएकोमा  तामाङ एफ. सी. ले प्रथम स्थान हासिल  गरि यस बर्षको ट्रफी र नगद ५,५५५.०० डलर (पॉंच हजार पॉंच सय पचपन्न डलर) पुरस्कार  हात पार्न सफल भयो । त्यस्तै बाल्टीमोर एफ. सी. टिमले रनर अप ट्रफी र नगद ३,३३३.०० डलर ( तीन हजार तीन यस तेत्तीस डलर हात  भयो ।


त्यस्तै गरि सधै झै लेबर डे वीकएण्डको मौका छोपेर युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको २५ औं बार्षिक गृष्मकालीन खेलकुद प्रतियोगिताको शनिबार  सेप्टेम्बर ३ तारिख र आईतबार ४ तारिखका दिन बॉंकी रहेका शेर्पा क्षोक्पाहरू बीच को भलीबल खेल, अन्तर राज्य (Inter State) भलीबल , ३५+ को फुटबल, सट फुट/ छेलो हान्ने, डोरी तान्ने , पटलक समेतको आयोजना गरि  समापन गरियो । न्यू योर्क स्थित नेपाली महावाणिज्यदूत   श्री गणेश प्रसाद गौतम ज्यूको प्रमुख आतिथ्यमा  सम्पन्न समापन तथा पुरस्कार  वितरण  भयो । अन्य अतिथिमा उक्त २५ औं बार्षिक गृष्मकालीन खेलकुद प्रतियोगिताका प्रयोजकहरू, न्यू योर्क का नेपाली संघ संस्थाका पदाधिकारीहरू, न्यू योर्क स्थित शेर्पाहरूका क्षोक्पा/ समाज तथा संघ संस्थाका पदाधिकारीहरू, शेर्पा किदुग अमेरिकाका पूर्व पदाधिकारीहरू हुनु हुन्थ्यो ।


पुरस्कार  तथा पदकहरू प्रमुख अतिथि , अन्य अतिथिहरू, शेर्पा किदुगको बोर्ड अफ ट्रष्टीका सदस्यहरू , शेर्पा किदुकका वर्तमान बोर्ड (कार्यसमितिका सदस्यहरू) का सदस्यहरू, शेर्पा किदुगको खेलकुद समितिका सदस्य तथा प्रशिक्षकहरू सबैले मिलेर बितरण गरेका थिए ।

मूलत हालको कार्य समिति (बोर्ड) ले मात्रै होईन हालसम्मका सबै कार्य समिति र युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको सबै तप्काका सदस्यहरू यस संस्थाको परिकल्पना गरि स्थापना गर्नू हुने देखि यस संस्थालाई हालको उचाईमा पुरयाउनु हुने सम्पूर्ण अग्रजहरूप्रति सधै ऋणी भएकाछौं । वहॉंहरूकै कडा  मिहिनेत, निस्वार्थभाव, लगनशीलता,परिश्रम र आशिर्वादका कारण  हालको कार्य समितिले यो अवसर प्राप्त गरेको हो। अतः हाम्रा सम्पुर्ण अग्रजहरू सदा पुज्यनिय  भै युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको ईतिहसमा  सबैको नाम शेर्पा किदुग अमेरिका न्यूयोर्क रहुन्जेल सुनौलो अक्षरले कुंदिएर रहने छ।

शुक्रबार अगष्ट २६ तारिख सन् २०२२ देखि शुरू भै आईतबार सेप्टेम्बर ४ तारिख सन् २०२२ मा सम्पन्न २५ औं बार्षिक गृष्मकालीन खेलकुद प्रतियोगितालाई भब्य र सभ्यका साथ सम्पन्न गराउन सयोग गर्नु हुने प्रायोजकहरू (Sponcers), सम्पूर्ण स्वयंसेवकहरू, खेलकुद कार्यक्रमको उद्धघाटनमा मंगलपाठमा सरिक बोर्डका धार्मिक क्रियकलाप संयोजक आङ बाबु लामा ज्यू, बिभिन्न शेर्पा क्षोक्पा तथा संघ-संस्थाहरू, खेलकुदका बिभिन्न बिधाका रेफ्री ज्यूहरू , खेलकुदमा भाग लिनु भएका सम्पूर्ण अन्तर क्षोक्पा र अन्तर राज्य (Inter state) का खेलाडीज्यूहरू तथा मेनेजर ज्यूहरू, पटलगका सहभागी ज्यूहरू, आफ्नो कार्यव्यस्तताको बावजुद पनि हाम्रो निम्तोलाई स्वीकारेर हाम्रो यस २५ औं बार्षिक गृष्मकालीन खेलकुद प्रतियोगिताको समापनमा पाल्नु भएका प्रमुख अतिथि  न्यूयोर्क स्थित नेपाली   वाणिज्यदूत श्री गणेश प्रसाद गौतम ज्यू , बिभिन्न नेपली संघ संस्थाका अध्यक्ष ज्यहरू तथा प्रतिनिधि ज्यूहरू, पत्रकार ज्यूहरू, अभिभावक ज्यूहरू, शेर्पा किदुग अमेपिका न्यूयोर्कका सल्लहाकार ज्यूहरू, संरक्षक समितिका संयोजक लगायत सम्पूर्ण सदस्य ज्यूहरू,कार्य समितिका सदस्यहरूका परिवारका सदस्य ज्यूहरू लगायत सम्पूर्ण आदरणीय  दर्शकवृन्द र हितैषी  सम्पूर्णमा  युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुक अमेरिका न्यूयोर्क हार्दिक नमन गर्दै हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं !

यहॉंहरू सम्पूर्णको साथ र सहयोग बिना हाम्रो यस कार्यक्रमको सफलता संभव थिएन ।यहॉंहरू सबैलाई मुरी मुरी धन्यबाद ,थुचिछे ।
भवतु सब्ब मंगलम् !!!

युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक / शेर्पा किदुक अमेरिका न्यूयोर्क

Sherpa Kyidug heartily thanks all the teams for participating in our 25th annual Sports.
We want to congratulate following winner teams.
1. Volleyball Inter-Tsokpa ( 6 Teams:- 1-Dolakha Samaj, 2 – Garma Sherwi Tsokpa,3 – GTKT, 4 – Ramachhap sherpa Samaj, 5 – Sangkhuvwsabha Samaj, 6 –
   A. Runner up :- Garma Sherwi Tsokpa (Garma Sherpa Samaj)
B. Winner: Dolakha Samaj

2. Soccer 35+:-
A. Runner up: Rashness
B. Winner: Gyalsumdo

3. Interstate Volleyball ( 12 Teams:- 1 -Sindhu Buddh, 2- Colorful Colorado, 3- Ridgewood Nepalease Society, 4- NYC,5- NYGSC, 6- Myagdi Samaj USA, 7- NRNA Maryland, 8-Dolakha Samaj (A), 9- Nepstar if DFW Texas, 10- Sherpa Kyidug America New York, 11- Tamang Sports Club, 12- Baglung Samaj ).

A. Runner up: Sindhu Buddha
B. Winner: Ridge wood Nepalese Society.
4. Tag of war:- Winner –
5. Shot foot :- Winner –

तपाईको प्रतिक्रिया