क्रान्ति सुब्बा

होटेल क्वारेन्टाइन खारेजीको पल्ला भारि

विश्वले अहिले महामारी रोकथाम तथा नियन्त्रणका सम्पूर्ण प्रायः मापदण्डहरू क्रमशः हटाइ जनजीवनलाई पहिलाको जस्तै सामान्य अवस्थामा पुर्याउन उद्यत छ। तर  हङकङ भने अद्यापी महामारी रोकथामको नीतिलाई कुन प्रारुपमा अंगिकार गरि अगाडि बढ्ने भन्ने बारे अनिर्णित छ। हङकङको समकक्षी शहर लन्डन , न्युयोर्क र सिंगापुरले महामारी नियन्त्रण गर्न लादिएका सम्पुर्ण बन्देजलाई  हटाइसकेको छ।

यस सन्दर्भमा नागरिकको राय के छ भन्ने बारेमा हङकङ रिसर्च एसोसिएसनले हालै एउटा सर्भेक्षण गरेको छ।  सेप्टेम्बर ४ देखि १५ तारीख बीचको अबधिमा टेलिफोन मार्फत गरिएको  उक्त सर्भेमा १८ वर्ष माथिका १,२४६ जना नागरिकहरूको राय संकलित थियो। सहभागीहरु मध्ये ४७% उत्तरदाताहरूले नोभेम्बरमा बिदेशबाट हङकङ आउनेहरु माथि लागू होटेल क्वारेन्टाइन स्किम खारेज गर्नुपर्छ भनेका थिए भने ३१ % सो  प्रस्तावको विपक्षमा थिए । २३% उत्तरदाताहरू मध्ये कतिपयले अनिश्चितता प्रकट गरेका थिए भने कतिपयले  टिप्पणी गर्न चाहेनन।

एयरपोर्टमा गरिने पिसिआर टेस्ट हटाउनु पर्छ

कोभिड महामारी नियन्त्रण हेतु विमानस्थल तथा सिमानाकामा लागु नियमहरु धेरै देशहरूले क्रमशः नरम तुल्याउँदै लगेको सिलसिला चलिरहेको बेला हङकङ  सरकारले भने अझै पनि विदेशबाट आउने यात्रुहरूका लागि धेरैजसो सम्बन्धित नियमहरु कायमै राखेको छ।
हङकङ विश्वविद्यालयको संक्रमण र संक्रामक रोग केन्द्रका प्रमुख हो पाक-ल्यङले सेप्टेम्बर १९ तारिख एक रेडियो कार्यक्रममा हङकङले प्रि-बोर्डिङ पीसीआर (बोर्डिङ हुनु भन्दा अगाडि गरिने पिसिआर टेस्ट )  परीक्षण गर्नुपर्ने नियमलाइ हटाउन सकिने बताएका छ्न। उनले स्थानीय रूपमा खोपकरणको आधार  बलियो भैसकेको र भ्याक्सिन पासको व्यवस्था  पहिलेदेखि नै अभ्यासमा रहेकाले विमानस्थलमा पिसिआर टेस्ट गर्ने नियमको त्यति ठुलो औचित्य नभएको बताएका हुन।
यदि सरकारले हङकङ अवतरण हुने यात्रुले ४८ घण्टा भित्र नेगेटिभ रिजल्ट आएको पिसिआरको कपि पेश गर्नुपर्ने नियम हटाएमा एन्टिजेन टेस्ट गरेको प्रमाण भने पेश गर्नुपर्ने छ।

हो पाक ल्यङ

सरकारले गम्भीर रोगबाट बच्न तेस्रो खोपको महत्त्वबारे नागरिकलाई सुसूचित गर्ने काम जारी गर्नुपर्ने होले बताए ।  नागरिक र समाजलाई एन्टिएपिडेमिक फ्याटिग (महामारी नियन्त्रण सम्बन्धि नियमले ल्याएको अवाकपन) बाट जोगाउन औचित्यहिन नियमहरूलाई अविलम्ब खारेज गर्नुपर्छ भनेका छ्न।

होले हाल कायम सामाजिक दुरि सम्बन्धि नियम खुकुलो तुल्याउने बारे यसो भने – यदि रेस्टुरेन्टको भेन्टिलेसन सिस्टम राम्रो छ र तीन मात्रा खोप लगाएकालाई मात्र अनिवार्य मास्क सहित रेस्टुरेन्टमा प्रवेश गर्ने अनुमति दिने हो भने रेस्टुरेन्टको ओपनिङ आवरमा लगाइएको प्रतिबन्ध  र प्रती टेबुलमा सिमित ग्राहक मात्र बसेर खान पाउने अहिलेको नियमलाई यथाशीघ्र हटाउन सकिन्छ फलतः यस्तो प्रबन्धले सिंगो समाज सामान्य अबस्थामा फर्कन सक्दछ ।


सेप्टेम्बर १९ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,२६०
.स्थानीय केस संख्या : ६,०८६
.पिसिआरबाट पुष्टि केस संख्या : १,४७९
.एन्टिजेनबाट पुष्टि केस : ४,६०७
.आयातित केस संख्या : १७४ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ९५ जना
.क्वारेन्टाइन होटल र कम्युनिटी आइसोलेसन सेन्टरमा पत्ता लागेको केस : ४७ जना ।
यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन।
.२५ वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो ।
.७ केस हङकङ आएको सातौ दिन पश्चात समुदायमा पत्ता लागेको थियो ।

.कुल संक्रमित संख्या : १,७१३,७५५ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,९०१ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४०७,१३१

. ३ वटा नर्सिङ होमबाट ७ जना वासिन्दा  संक्रमित भएका थिए । एउटा  अपांग गृहबाट १ जना वासिन्दा संक्रमित भएका थिए । ५८ जना वासिन्दा क्लोज कन्ट्याक्ट् सुचीमा परेका थिए ।

.८६६ वटा स्कुलबाट १,८८१ केस आएका थिए जसमा २०७ वटा किन्डरगार्टन ,३४५ वटा प्राइमरी स्कुल ,२९१ २३ वटा हाइ स्कुल र २३ वटा स्पेशल स्कुल परेका थिए । सम्मेलित केसमा १,६१८ जना विद्यार्थी र २६३ जना टिचिङ स्टाफ परेका थिए । संक्रमणका कारण २० वटा स्कुलका २२ वटा कक्षाहरु एक हप्ताको लागि निलम्बन हुने भएका थिए ।

.बिए.५ बाट संक्रमित हुनेको संख्या समुदायमा ७७.६ प्रतिशत पुगेको छ।

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १० जना । मृत्यु हुनेमा ५५ देखि ९३ वर्ष  बीचका ७ जना पुरुष र ३ जना महिला परेका थिए । ७ जना मृतकले  खोपको तीन मात्रा पुरा गरेका थिएनन।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या :९,६८८

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : २,६४७
.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या: ७
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ११
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ५६ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: ५९
.आइसियुमा रहेकोे बिरामीको संख्या : १७

.गत २४ घन्टामा निको भएका बिमारी : २२५
.डिस्चार्ज भएका बिमारी : ११७
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ५ संक्रमितको संपर्क आएका मानिसको संख्या : ९

.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी : १२४
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी : ९९

तपाईको प्रतिक्रिया