धरान । आफ्नो दिवंगत आमा इन्द्रमाया परियारको सम्झनामा ब्रिटिश गोर्खा सैनिकमा कार्यरत सुरेश कुमार परियारले धरान-१२ स्थित अपांग पुनर्स्थापना केन्द्रका पुनर्स्थापित अपांगहरुहरुलाई एक छाक खाना खुवाएका छन्।

गत भदौ १४ गते दिवंगत हुनुभएकी आमा इन्द्रमाया परियारलाई श्रदान्जली अर्पण गर्दै पुनर्स्थापना केन्द्रमा आश्रित २८ जना बालबालिका तथा बृद्ध अनाथ- अपांगहरुलाई खाना खुवाएका सुरेश कुमार परियार यसरी आफ्नो आमाको नाममा आफैले खाना खुवाउन पाउँदा अत्यधिक खुसी लागेको र भबिस्यमा पनि आफ्नो बलबुताले भ्याए सम्म सहयोगका हातहरु बढाइरहने बताए । यस्तै स्वच्छ मन भएका दाताहरुको सहयोगले अपांग पुनर्स्थापना केन्द्र चलिरहेको केन्द्रका अध्यक्ष भिम राईले बताउनु भयो । सानो भन्दा सानो सहयोग पनि यहाँ आश्रित बालबालिका तथा बृद्ध ,असक्तहरुको लागि ठुलो सहयोग रहेको अध्यक्ष राईले बताउनु भयो ।

तपाईको प्रतिक्रिया