काठमाण्डौं ।
गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ । नेपालीहरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पिडालाई गीत मार्फत समेटिएको छ । हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा हिरा नेपाली, दिनेश बैरागी , अस्मि, अलि , लक्ष्मी र शम्शेरको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया