क्रान्ति सुब्बा

हङकङले अन्ततः सेप्टेम्बर २६ तारीखबाट होटल क्वारेन्टाइनलाई उन्मुलन गर्‍यो । कार्यकारी परिषदको बैठक पुर्ब नियमित प्रत्येक मंगलबार हुने पत्रकार भेलामा कार्यकारी प्रमुख  जोन लीले यो नयाँ व्यवस्थाको कार्यान्वयन सहज भएको बताए २७ तारीख । एयरपोर्टमा यात्रुहरु धेरै खुशी  र रमाइलो मुडमा  देखिएको टिप्पणी उनले गरे।

शुन्य जोड तीन (‘०+३’) को नवीन होम आइसोलेसन मापदण्डलाई समग्र समाजले सकारात्मक रुपमा लिएको र दैनिक क्रियाकलाप एवं आर्थिक गतिविधिमा पनि  क्रमशः वृद्धि हुदै गएको कुरालाई उनले उल्लेख गरेका थिए । तर उनले सबैलाई चनाखो रहन अनुरोध पनि गरे । महामारीले सिर्जना गरेको परिस्थितिलाई व्यवस्थापन गर्ने क्रममा हामी नयाँ अध्यायमा प्रवेश गरेको परिवेशमा आफुले आफैलाइ स्याहारसुसार घरमा  गर्नुपर्ने स्थिति आएको छ। त्यसैले जीवनशैलीमा बिशेष  परिवर्तन ल्याउनु पर्ने स्थिति छ। तसर्थ यो महामारीलाई व्यवस्थापन  र नियन्त्रण गर्ने कुरामा हामी सुनिश्चित हुनु पर्दछ फलस्वरूप  हङकङको मेडिकल सिस्टमले यसलाई धान्न सकोस् ।
“रातो कोड” धारीहरूले नियम तोडेर बाहिर गएको र नियम अनुसार अनिवार्य परीक्षण गर्नु पर्नेले नगरेकोमा उनीहरुको आलोचना उनले गरे । उनले महामारी रोकथामका लागि अपनाइएका मापदण्डहरु सबैले पालना गर्ने विश्वास व्यक्त गरे । अन्यथा यदि अधिकांस व्यक्तिहरूले नियम पालना नगरेको अवस्था रहेमा सरकारलाई महामारी नियन्त्रण मापदण्डहरूलाई थप सहज तुल्याउने विषयमा विचार गर्न गाह्रो हुने उनले बताए ।


स्मरणीय छ  सरकारले गत २ महिनाको अन्तरमा २०,००० भन्दा बढी भ्याक्सिन छुटका नक्कली मेडिकल सर्टिफिकेटहरू पत्ता लगाएको थियो । मेडिकल कारणले खोप लाउन नमिल्ने भनेर प्रमाणपत्र उपलब्ध गराउने ६ जना डाक्टरलाई प्रहरीले समाती सकेको छ। र एक जना डाक्टर फरार रहेको अवस्था छ।  तर अक्टोबर १२ तारीखबाट सरकारले यस्ता नक्कली प्रमाणपत्रलाई अबैध तुल्याउन नयाँ कोभिड स्क्यानर अप्डेट गर्ने भएको छ।
सरकारी प्रवक्ताले सेप्टेम्बर २७ तारीख मंगलबार नै यी सात जना डाक्टरबाट प्रदान गरिएको प्रमाणपत्रको हदम्याद यहि अक्टोबर १२ तारीख समाप्त हुनेछ भनेका थिए । हदम्याद सकिएपछि उनीहरुले उक्त लिभहोमसेफमा भएको भ्याक्सिन पासलाई निर्धारित परिसरमा प्रवेश गर्न प्रयोग गर्न सक्दैनन् । यी डाक्टरबाट प्रमाणपत्र लिएका बिरामीहरुले आफुले खोप लाउन उचित भए  नभएको ठहर गर्नु परेमा वा भ्याक्सिन छुटलाई निरन्तर उपभोग गर्नु परेमा अर्कै डाक्टरकहाँ जचाँउनु पर्ने बताइएको छ।
सातै जना डाक्टरलाई इ-हेल्थ सिस्टम मार्फत बिरामीलाई मेडिकल एक्जेम्सन सर्टिफिकेट ( स्वास्थ्यका कारण खोप लाउन नमिल्ने प्रमाणपत्र ) प्रदान गर्ने सेवाबाट तुरुन्तै निलम्बन गरिएको थियो । उनीहरुको केसलाई  फलो अप गर्नको लागि हेल्थ व्युरो र डिपार्टमेन्ट अफ हेल्थले यो केस मेडिकल काउन्सिल अफ हङकङमा बुझाइसकेको छ।

अनलाइन प्लेटफर्मबाट पनि नक्कली एन्टिजेन टेस्ट रिजल्ट पठाएको सरकारले  पत्ता लगाएको थियो ।  लीले महामारी विरोधी नियम उल्लङ्घन गर्ने यस्ता तत्वहरु घोर निन्दा गरेका थिए ।
रातो कोड भएका करिब ४० जनाले आफ्नो आइसोलेसन स्थान छोडेको फेला परेको थियो। अनिवार्य परीक्षण गर्नुपर्ने नियम  उल्लङ्घन गर्नेको संख्या लगभग ८ देखि ९%  थिए र १,००० भन्दा बढी व्यक्तिहरूले महामारी नियम कार्यान्वयन गर्ने  क्रममा अनिवार्य परीक्षण आदेशहरू उल्लङ्घन गरेका थिए ।

सेप्टेम्बर २८ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३,९११
.स्थानीय केस संख्या : ३,७०३
.पिसिआरबाट पुष्टि केस संख्या : १,०८९ ( ४९७ वटा पुष्टि केस ,४९६ वटा लक्षणहिन केस र ९६ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस : २,६१४
.आयातित केस संख्या : २०८जना
.पिसिआरबाट पत्ता लागेको  केस : १९७ जना (२६ वटा पुष्टि केस ,१५० वटा लक्षणहिन केस र २१ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ११

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९४८,०३९
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस : ८०९,०७३

.सेप्टेम्बर १९ देखि २५ तारीख बीचमा आएका लोकल केसमा ३.६ प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ८६.९ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,७५७,११२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,१४८ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,४६१,३७५

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १४ जना ।
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि २८ सेप्टेम्बरसम्मको ) : ९,९३५ जना । जसमध्ये ९,८५१ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८१ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,१४८

तपाईको प्रतिक्रिया