बिराटनगर। पछिल्लो केहि समय यतादेखि मोरङको ग्रामथानलाई जुवाको अखडा बनाईएको छ। अन्जान व्यक्तिको समुह हुलका हुल गाउँपालिकाको बिभिन्न स्थानमा अखडा बनाएर जुवा खेल्ने गरेको रहस्य बाहिर आएको छ। यो जुवा चानचुने रकमको होईन करोडौं रकमको खेल हुने गरेको स्थानिय युवा समाजसेवी शेखर विश्वासले बताए।

थारु बाहुल्यता भएको हाम्रो यस पालिकालाई हामीले देशभरि नै हाम्रो जातिय पहिचान र संस्कृतिको आधारमा प्रचार प्रसार गरेर चिनाउने कोसिसमा दिनरात खटिरहेका छौ तर केहि स्थानिय नेता तथा आफुलाई समाजसेवी बताउने व्यक्तिहरुको मिलेमतोमा देशका बिभिन्न स्थानबाट दर्जनौ जुवाडेहरु हाम्रो ग्रामथान गाउँपालिकामा आएर जुवाको ठुलो खेल गराई समग्र गाउँपालिकाको नै बदनाम गराएको शेखर विश्वासले बताए।

बिशेष गरि ग्रामथान गाउँपालिका वडा न ३,४,५ मा अत्याधिक मात्रामा जुवाको खेल हुने गरेको स्थानिय राम नारायण थारुले बताए। उनले भने हवाईजहाज चढेर भी आई पीहरु जुवा खेल्न आउछन् । यस बिषयमा कसैले आवाज उठाए सुरुमा पैसाको प्रलोभन दिएर फकाउछ्न, मानेन भने विभिन्न प्रकारको धम्की आउने गरेको उनले बताए। यसरि जुवा खेलाई राख्दा स्थानिय पालिका मौन छन् । हामीले पटक पटक यस बिषयमा आवाज उठायौं तर हाम्रो आवाजलाई दबाउन खोजियो थारुले भने।

खेतको बीचमा पंखा लगाएर बत्ति बालेर पुरै सुविधाका साथ जुवा खेलाउने गरेको स्थानीय नमो नारायण माझि बताउछन्। यस बिषयमा सम्बन्धित निकायमा पटक पटक हामीले उजुरी गर्यौं तर सबै निकाय मौन भएको देख्दा दुख लागेको माझीले बताए। यो समस्या हाम्रो मात्र होईन जुवाले गर्दा कयौंको घरबार बिग्रेकोको छ। धेरै जना टाट पल्टेको छन। यस बिषयमा सम्बन्धित निकायले एक्सन लिन जरुरी भएको माझी बताउछन्।

तपाईको प्रतिक्रिया