टिबी याक्खा

२५ सेप्टेम्बर आइतबार  हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो ११२ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा २–२०२२’ हङकङको एउटा सुन्दर र  ऐतिहासिक महत्त्वको स्थान `आमा रक ´ भ्रमण गरेर सम्पन्न गरेको छ।

साहित्यिक पदयात्राको गन्तव्य मार्ग  मंकिहिलदेखि  आमा रकसम्म रहेको थियो । पैदल यात्राको क्रममा  आमा रक परिक्रमा पश्चात् एउटा चौतारीमा साहित्यिक गोष्ठी संयोजक रमण गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा हङकङका महावाणिज्यदुत उदयबहादुर राना मगर रहेका थिए ।

श्रृंखलाका संरक्षक, कवि, कथाकार एवं अग्रज साहित्यकार दाजु गुरुङद्धारा आमा रक बारेको किंवदन्ती बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।  उपस्थित कवि तथा साहित्यकारहरु नरजित राई, नारायण भण्डारी, डोम राना, जुनु राना मगर, रोशन याक्सो, अरुणा शर्मा, बिना राई इङनाम, डी.बी. पालुङवा, सुनिता गिरी, पूर्णिमा शाह, कमल पौड्याल, मोती चाम्लिङ, सुनिस्का याक्खा, टी.बी याक्खा लगायतले आमा रक विशेष तथा विभिन्न सृजनाहरु वाचन गरेर सुनाएका थिए। गायिका विनु लामाले गीत गाएर मनोरञ्जन दिलाएकी थिइन ।

श्रृंखलाका सल्लाहकार टी.बी. याक्खाद्धारा संचालन गरिएको उक्त कार्यक्रममा समाजसेवी हर्क राना र लोकप्रिय फेसबुक पेज हङकङ नेप्लिज मोवाइल फोटोग्राफीका संस्थापक एड्मिन निकेश गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने अग्रज साहित्यकार तथा बौद्धिक व्यक्तित्व भूपेन्द्र चेम्जोङ र श्रृंखलाका संरक्षक एवं साब्लाबुङका प्रकाशक तथा सम्पादक राज कुमार राईले कार्यक्रमबारे चर्चा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा शुभकामना मन्त्यव्य राख्ने क्रममा प्रमुख अतिथि महावाणिज्यदुत उदयबहादुर राना मगरले हङकङ जस्तो व्यस्त शहरमा रहेर पनि नेपाली भाषा तथा साहित्यको सेवामा लागि पर्नु आफैमा एउटा महान कार्य रहेको भन्दै यहाका साहित्यकारहरुको एकता र साहित्य शृङ्खलाको सक्रियता तथा योगदानलाई खुलेर प्रशंसा गरेका थिए । मन्त्यव्यकै क्रममा कार्यक्रममा अध्यक्ष तथा श्रृंखलाका संयोजक रमण गरुङद्धारा आफ्नो 
कार्य रहेको भन्दै यहाका साहित्यकारहरुको एकता र
सृजना वाचन संगै कार्यक्रमलाई सफल बनाउन
साहित्य श्रंखलाको सक्रियता तथा योगदानलाई खुलेर प्रशंसा गरेका थिए । मन्त्यव्यको क्रममा  अध्यक्ष तथा श्रृंखलाका संयोजक रमण गरुङले आफ्नो सृजना वाचन गर्दै  कार्यक्रमलाई सफल बनाउन उपस्थित भइदिनु भएकोमा महावाणिज्यदुत उदयबहादुर राना मगर, विभिन्न संघ संस्थाका पदाधिकारी लगायत साहित्यकार तथा पत्रकारहरुलाई धन्यवाद दिएका थिए ।

औपचारिक कार्यक्रमको समापन संगै नाचगान गरेर मनोरञ्जन समेत गरिएको कार्यक्रममा श्रृंखलाको लोगो अंकित टी–सर्ट र लन्चको समेत व्यवस्था रहेका थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्द्धनका लागि हङकङ साहित्यिक साझा श्रृंखलाले विगत ९ वर्षयता देखि  प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा संगै विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

तस्वीर : टिबी याक्खा

तपाईको प्रतिक्रिया