बिर्तामोड । लिम्बु कथानक नेपाली भाषाको चलचित्र `थिम´ झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ ।

चलचित्र यहि असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २:००बजे, असोज १६ गते विर्तामोड पाथिभरा सिने प्लाजा १:०० बजे, असोज १६ गते  भद्रपुर ४ फागु चोक साझ ६:३० बजे  र असोज १७ माइधारमा ११:३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई देव राई) ले बताए ।

लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार) को गतसाल चैत्रमा नै छायांकन सम्पन्न भए पनि कोरोनाको दोस्रो लहरबाट  नेपाल प्रभावित भएपछि सम्पादनमा ढिलाई भएको निर्देशक खम्बूले बताए । “ढिलै भए पनि चलचित्र सम्पादन लगायतका सम्पूर्ण कार्य सम्पन्न गरि प्रदर्शनमा लाने कोशिस गरेको छु” निर्देशक खम्बुले भने ।

चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न रमणीय  स्थलहरुमा छायांकन गरिएको छ । याक्थुङ फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाको मुख्य लगानी रहेको छ भने सुकुमार मेचे, नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र डिबि खुदाङ लगायतको पनि चलचित्रमा लगानी रहेको निर्देशक खम्बु बताउँछन् ।

सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको उक्त चलचित्रका ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । नृत्य निर्देशकमा दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङले गरेका छन् ।

पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्षदेखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आदिम जातिको नाताले लिम्बु जाति यहाँको भूमिपुत्र हो भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।

कोरोना कहरबाट सिने बजार पनि प्रभावित भएको बेला   फिल्म क्षेत्रमा लागानी गरि अघि बढने साहस बोकेका   निर्माता निर्देशक खम्बुले यस मुभिमा करिव ३० लाख लगानी भएको बताए ।  चलचित्र `थिम´ हिन्दुहरुको महान चाड दशैलाई लक्षित गरि विभिन्न स्थानमा प्रदर्शन गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया