रमेश केसी

फ्रान्सेली चिन्तक भोल्तेयरले होली रोमन साम्राज्य होली पनि नभएको र रोमन  साम्राज्य पनि नभएको टिप्पणी गरेका थिए । कालान्तरमा रोमन साम्राज्यको पतन भयो । हार्वड विश्व विद्यालयका इतिहासका प्राध्यापक नायल फर्गसन वर्तमान उदार विश्व व्यवस्था, उदार विश्व व्यवस्था नभएको र यो सकिएको टिप्पणी गर्दछन । सन् १९४५ मा अमेरिकाद्वारा नेतृत्व गरिएको विश्व व्यवस्था अहिले संकटमा छ । बेलायतको उपनिवेशवादको पतन र दोस्रो विश्वयुद्ध पछिको वातावरणमा बनेको यो विश्व व्यवस्था अमेरिकी राष्ट्रपति रुजवेल्टले सिर्जना गर्न खोजेको विश्व व्यवस्था हो । हुन त यस अघि अर्का अमेरिकी राष्ट्रपति विड्रो विल्सनले पहिलो विश्व युद्धपछि लिग अफ नेशन्स सिर्जना गर्न खोजेर यस व्यवस्थाको जग हालेका थिए ।

याल्टा सम्मेलनमा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल,अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डि. रुजवेल्ट र सोभियत लिडर जोसेफ स्टालिन । १९४५

अमेरिकाको उदयपछि उसले संयुक्त राष्ट्र संघ, विश्व वैंक, अन्तराष्ट्रिय मुद्राकोष, अन्तराष्ट्रिय अपराध सम्बन्धी अदालत सिर्जना गरेपछि यस व्यवस्थाको नेतृत्व गरीरहेको छ । यूरोप र अमेरिकाबाट शुरु भएको आधुनिक विश्व व्यवस्थामा संसारका सबै राष्ट्रहरु समावेश छन् । १९औं शताब्दीमा वेलायतले उपनिवेश र खुल्ला व्यापार मार्फत नेतृत्व गरेको यस प्रणालीलाई दोस्रो विश्व युद्धपछि बेलायतबाट अमेरिकाले लिएको हो । यस व्यवस्था अन्तर्गत विश्वमा सबै राम्रा काम र घटना नभएता पनि यसको रक्षा गर्नु पर्ने कुरा सीएनएनका प्रस्तोता तथा चीन्तक फरिद जाकरिया बताउदछन । तर यस व्यवस्था माथि स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रवैयाको प्रमुख रुपमा र चीनको उदय कै कारणले अहिले संकटमा छ ।

विश्व व्यवस्थाका परिकल्पनाकार अमेरिकी राष्ट्रपति विड्रो विल्सन

लगातार ३० वर्षको युद्धपछि शान्ति स्थायित्व र प्रगतिका लागि यूरोपली राष्ट्रहरुले १६४८ मा बेष्टफेलियन सन्धी गरेपछि विश्व व्यवस्थाको शुरुआत भएको हो । जसले यूरोपमा शक्ति सन्तुलन ल्यायो । राष्ट्रहरुको अधिकार र संप्रभुतालाई स्विकारियो । राष्ट्रहरुले एक अर्काको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीति लिए । यहि व्यवस्था कंग्रेस अफ भिएनामा परिमार्जित भयो । पहिलो र दोस्रो विश्व युद्धपछि धक्का पूगेको यस संरचनामा त्यसपछि अहिले सम्म अमेरिकी नेतृत्वमा छ । तर विश्व व्यवस्था सम्बन्धि जापानी, भारतीय र इस्लाम अवधारणा इतिहासमा सक्रिय रहेको पाइन्छ ।

डोनाल्ड ट्रम्प फेनोमेनन

अमेरिकाको राष्ट्रपति निर्वाचनमा चीनीयाहरु हिलारी क्लिन्टनको हारको पक्षमा थिए । उनिहरु चाहन्थे कि ट्रम्पले चुनाव जितुन । त्यसको कारण थियो कि क्लिन्टनले राष्ट्रपति बाराक ओबामाको “एसिया पिभोट” नीतिलाई निरन्तरता दिन्थिन । र उनि मानव अधिकारबारे संवेदनशील थिइन । त्यो भन्दा ट्रम्प धेरै सजीला थिए । एक व्यापार र रियालीटी टी.भी. सोका स्टार भएकाले ट्रम्पसँग व्यवहार गर्न सजीलो हुने अनुमान चीनीयाहरुको थियो ।  नभन्दै ट्रम्पले चुनाव जिते । र त्यसपछि देखि अमेरिका विश्वको नेतृत्वबाट पछाडी फर्कन थाल्यो  । राष्ट्रपति भए लगत्तै  ट्रम्पले ट्रान्स प्यासिफीक पार्टनरसीप भन्ने व्यापारीक संगठनबाट हात झिके । पेरीसमा सम्पन्न अन्तराष्ट्रिय मौसम परिवर्तन सम्बन्धी सम्झौताबाट अमेरिका हट्यो । सीरीयाको गृहयुद्धमा अमेरिकाले खासै भुमीका खेल्न सकेन । अहिले सीरीयामा रुसको समर्थन र सहयोगमा बसार अल असाद सत्तामा टिकेका छन् । त्यहाँ इरान र टर्कीको पनि बर्चस्व कायम छ । इरान आणविक सम्झौता अमेरीकाले भंग गरयो । अब यो सम्झौता जोगाउने जिम्मा रुस, चीन, बेलायत, फ्रान्स र जर्मनीमा आईपुगेको छ ।

राष्ट्रपति ट्रम्प

ट्रम्प रैथाने र एक्लिएकै अमेरिकाको नेतृत्व गरिरहेका थिए त्यसबेला  । उत्तर कोरीयासँगको सम्झौतामा कोरीयाली प्रायद्विपलाई आणविक हतियार मुक्त राख्ने निर्णयमा भने ट्रम्प केहि हदसम्म सफल भए । तर त्यो  सम्झौता हुनमा चीनको पनि महत्वपूर्ण हात रहेको थियो  । शीतयुद्धताका गठित  उत्तर एटलान्टिक सन्धी संंगठनमा सदस्य राष्ट्रहरुले पनि अब खर्च बेहोर्नु पर्ने निर्णय गरेर आफ्ना सहयोगीहरुलाई अमेरिकाले बेहोर्दै आएको खर्च कटौती घोषणा ट्रम्पले गरेका थिए । यसरी ट्रम्पले विश्वको नेतृत्व गर्ने अमेरिकी सामर्थ्यमा आफैले धक्का दिइरहेका थिए  । उदार मानव अधिकार, शरणार्थी र आप्रवासी अधिकार प्रति प्रतिवद्ध अमेरिकी परम्परालाई ट्रम्पले अनुदार नीति लिई त्यो परम्पराबाट अलग बाटोमा हिडेका थिए  । रुसले क्रिमीया गाभेपछि उत्पन्न सार्वभौमसत्ता सम्पन्न राष्ट्रको अधिकारका विषयलाई लिएर यूरोपेली राष्ट्रहरुले अख्तियार गरेको  रुस नीतिलाई ट्रम्पले पालना गरेका थिएनन् । राष्ट्रपति  चुनावमा रुसको हस्तक्षेपको विषयलाई लिएर भइरहेको अनुसन्धानलाई लिएर ट्रम्पले टाउको दुखाईरहेका थिए । अमेरिकाको यो पतन र क्षयबाट मात्रै होइन, विश्व व्यवस्थाको जननी यूरोपबाटै पनि विश्व  व्यवस्थालाई खतरा छ ।

मरिरहेको यूरोपेली यूनियन

ब्रेक्जिट  बेलायतका लागि आत्महत्या जस्तै थियो । अहिलेको जटील विश्व परिवेशमा यूरोपेली यूनियनबाट हटने बेलायतको निर्णयले लोकप्रियतावादी रैथाने र राष्ट्रवादीहरुलाई यूरोपभरी मद्दत पुग्यो। उदार प्रजातन्त्र,मानव अधिकार, उदार अर्थ व्यवस्था र खुला विश्वको लागि परिचीत यूरोपमा अहिले राष्ट्रवादको लहरसंगै अन्तराष्ट्रिय युद्धवादको विरुद्ध चलेको हंगेरी, चेकोस्लोभाकिया र इटालीमा गठीत सरकारहरु अनुदार सरकारहरु हुन । जो यूरोपेली यूनियनको योजनामाथि शंका व्यक्त गर्दै त्यसको विरुद्ध छन् । शीतयुद्धको समाप्तीपछि विजय भएको नवउदारवाद विरुद्ध विश्व भरी नै आक्रोश छ । यो आक्रोश फ्रान्स, जर्मनी, नेदरल्याण्डको चुनाव अलोकप्रियतावादीहरुले ल्याएको मतबाट स्पष्ट हुन्छ । तर पनि यूरोपेली यूनियनलाई भने मत नदिइ फ्रान्स र जर्मनीका नेताहरु अघि सरेका छन । उनिहरु यूरोपको मात्र होइन ट्रम्प हटेपछि पश्चिमी विश्वकै नेतृत्व गर्ने स्थितीमा पुगेका थिए । बास्तबमा यूरोपको संकट पश्चिमको संकट हो ।

चीनको उदय

एक्काईसौं शताब्दी संगै आश्चर्यजनक रुपमा भएको चीनको उदयले अहिले आएर अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिन थालेको छ । सन् ८० को दशकमा पल केनेडीले “दि राइज एण्ड फल आफ ग्रेट पावर्स” भन्ने पुस्तकमा त्यतिबेला अमेरिकाको विकल्पमा जापान र जर्मनीको उदय हुने बताएका थिए। तर त्यसो भएन अहिले आएर चीन अमेरिकाको विकल्पको रुपमा देखा परेको छ । शीतयुद्ध कालमा साम्यवादी सोभियत संघलाई पराजीत गरेपछि एक ध्रुबिय  विश्व बनाउन सफल अमेरिका अहिले फेरी  दुई ध्रुवमा पुगेको आष्ट्रेलियाका पूर्व प्रधानमन्धी केभीन रुड बताउछन ।

चीनिया मन्डारीन भाषा बोल्ने रुढ अमेरिका विश्वको नेतृत्वमा फर्किएको निष्कर्ष निकाल्दछन । तर चीनको आश्चर्यजनक आणविक प्रगति यही विश्व व्यवस्थामा सम्भव भएको हो । यही आर्थिक पराक्रमको परिणाम चीन अहिले अफ्रिका,ल्याटिन अमेरिका र मध्यपूर्वमा आफ्नो उपस्थिति  महशुस गराउने हैसीयतमा पुगेको थियो । आधुनिक चीनका निर्माता देङ स्याउ पीङ भन्थे कि चीनले आफ्नो सामर्थ्य लुकाउन पर्छ तर सी जीङपीङको चीन आफ्नो शक्ति देखाउन लागि परेको छ । बेल्ट र रोड अभियान यूरेसीयामा मात्र होइन यूरोप र अफ्रिकामा आफ्नो प्रभाव देखाउने योजना हो । एसीयाली बैंकको प्रतिस्पर्धामा अर्को बैंक खोलिएको छ । ब्रिक्स, शांघाई अपरेशन यस्ता फेरम हुन जहाँ चीनले आफ्नो प्रभाव र हैसियतको अभ्यास गर्छ भनिन्छ। चीनीया नेताहरुको डी.एन.ए.मा विश्वको केन्द्र राष्ट्र “मध्य अधिराज्य” को भावना छ । चीनले जहिले पनि आफुलाई विश्वको केन्द्र ठान्दछ । दक्षिणी चीन समुद्रको विषयमा अमेरिका चीन युद्ध पनि हुन सक्ने रणनीतिकारहरु बताउँछन । यहि कुरालाई ध्यानमा राखेर अमेरिकाले भारतलाई समेत तानेर इण्डो प्यासेफिक गठबन्धनको अवधारणा ल्याएको हो ।

वेस्टफेलिया संधी १६४८

भारतको उदय पनि नयाँ विश्व व्यवस्थामा महत्वपूर्ण पक्ष हो । तर भारत पश्चिमी नेतृत्वको विश्व व्यवस्था मै अहिले सम्म सन्तुष्ट देखिन्छ । अमेरिकाले नियममा आधारित विश्व व्यवस्थामा जोड दिने गर्दछ । तर युद्ध विना चीनको उदय शान्तीपूर्ण ढंङ्गले हुन नसक्ने बताउने रणनीतिकारहरु पनि छन् । अहिले  चीन ठुलो अर्थतन्त्र मात्र होइन कृतिम बुद्धि र कम्प्यूटर जस्ता क्षेत्रहरुमा पनि नेतृत्व लिने ढंङ्गले बढिरहेको छ । इरानको आणविक समस्या र उत्तर कोरियाको भविष्यसंग पनि चीन गहिरो गरी जोडिएको छ । विश्वमा प्रतिस्पर्धाको द्वन्दबाट बच्न चीन अमेरिका सह अस्तित्वमा जानु पर्ने धारणा पूर्व प्रधानमन्त्री केभीन रुड बताउछन । चीनको उदय, यसको भूगोल, जनसंख्या बजार, मध्यम वर्ग र सैनिक क्षमताले चीन आज अमेरिकाको विकल्प रुपमा हुन सक्ने आधारहरु छन् ।

विश्व व्यवस्था नयाँ पुरानो

अहिलेको विश्वमा अमेरिकाको कम प्रभाव देखिन थालेको छ । उदार विश्वको अवधारणामाथी ट्रम्पबाटै प्रहार हुन थालेपछि अहिले अनिश्चयको युग शुरु भएको कुरा इतिहासकाहरु बताउछन । तर निरंकुश शासन प्रणाली भएको चीनले उदार विश्वको नेतृत्व गर्न नसक्ने भन्दै चीनका जनतालाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार हुनु पर्ने सींङ्गापुरका चिन्तक किशोर महाबुबानी बताउँछन् । अहिले अमेरिकाको विकल्पमा चीन आउन थालेपछि पशिचमाहरु चिन्तित छन् । ब्रेटोन उड्स सहमतीबाट चलेको यो करिब सय वर्ष पुरानो विश्व व्यवस्था संकटमा परेको भन्नेमा सबैजना सहमत छन् । 


  •  गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो)
    पछिल्लो समय गीत गायनमा लोकप्रियता हासिल गरिरहेकी  गायिका रानी शाक्य पुन: अर्को एउटा डान्सिङ गीत ‘अक्कले’ लिएर प्रस्तुत भएकी छिन । चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ ।चर्चित मोडेल बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी ,दिन्सन…
  •  च्याब्रुङ सन्दर्भ- राम मादेन
    बिचार पंचायती व्यवस्थामा गोरु र गाईको छालाबाट च्याब्रुङ बनाउदा बनाउदै लगेर थुने, लोकतन्त्रमा अहिले पनि थुन्दैछन । अहिले पनि सयौँका संख्यामा हाम्रा दाजुभाईहरू सोही कारणले जेलजीवन भोग्न वाध्य छन। त्यो समयमा त्यहि व्यवस्थाको विशेष समारोहरुमा च्याब्रुङवालाहरु बोलाईन्थे, नाच्थे । अहिले पनि गाईलाई माता मान्ने केही ठुला पार्टीको नीति त्यहि छ । हामी उसको समारोहलाई रमाईलो…
  •  दीपा राई पुनको `दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु´ सार्वजनिक
    काठमाडौ । दीपा राई पुनको कविता संग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु’ वैशाख ३१ गते २०७९ सालमा थापागाउँ स्थित मण्डला थिएटरमा सार्वजनीक भएको छ । कवि तुलसी दिवस, कवि स्वयंकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गर्नुभएको…
  •  सिमसिम झरीमा दिपक लिम्बुको गायन संगै अभिनय
    धरान / “सिमसिम झरीमा तिमी संग रुझी रुझी हिड्न मन छ ” भन्दै नायिकाको अघिपछि गर्दै गायक दिपक लिम्बु नायकको रुपमा देखा परेका छन। शुक्रबार गायक दिपक लिम्बुकै युट्युब च्यानल मार्फत रिलिज गरिएको गीतमा गायक लिम्बुसंगै बिमला खजुम नायिकाको रुपमा देखा परेकि छिन भने बिवस राई र युवहाङ्ग राईको समेत अभिनय रहेको छ। गायक डम्बर…
  • `कोहि किन बर्बाद होस ?´नाटक जेठ २१ गतेसम्म मन्चन
    अदिती श्रेष्ठ काठमाडौ । आरोहण गुरुकुलको  कुञ्ज नाटकघरमा विजय मल्लले ६ दशक  अगाडि लेख्नु भएको ‘ कोही किन बर्बाद होस ? ‘ नाटक मञ्चन भइरहेको छ। यो नाटक निर्देशन तथा  परिकल्पना चे शंकरले गर्नु भएको हो ।शिक्षा व्यवसाय मात्र होइन यसले हरेक बच्चालाई देख्न, सुन्न, हेर्न र के सही के गलत भन्ने कुरा अनुभव गर्न…

तपाईको प्रतिक्रिया