क्रान्ति सुब्बा

हङकङका स्वास्थ्य मन्त्री लो चुङ-माउले हङकङका  सात जना डाक्टरहरूले नक्कली भ्याक्सिन छुटको प्रमाणपत्र उपलब्ध गराएर सिंगो स्वास्थ्य सेवा क्षेत्रलाई नै बदनाम गराएकोमा निराशा प्रकट गरेका छ्न।

अक्टोबर २९ तारीख  शनिबार एक रेडियो कार्यक्रममा बोल्दै लोले नागरिकहरुको स्वास्थ्यको उचित जाँच  नगरी अन्धाधुन्ध  सात जना डाक्टरले भ्याक्सिन छुटको प्रमाणपत्र दिएकोमा निराशा व्यक्त गरेका हुन।

उनले बताए अनुसार कतिपय डाक्टरले त आफू  हङकङमा नभएको बेलामा समेत खोप मिनाहाका कागज  जारी गरेका थिए । र केहि डाक्टरले प्रति घन्टा  औसतमा लगभग ४८ वटा भ्याक्सिन छुट प्रमाणपत्र  जारी गरेका थिए ।

“एक डाक्टर भएको नाताले यस्तो कर्तुतले मलाई निराश मात्र तुल्याएको छैन सिंगो स्वास्थ्य सेवा क्षेत्रलाई नै  ठूलो अपमान गरेको छ,” लोले भने।

“सबैभन्दा पहिला मार्चमा यस्तो नक्कली कागजात सम्बन्धि केस पत्ता लागेको थियो।  त्यसबेला हामीले एक डाक्टर माथि शंका गर्यौं किनकि उनले आफु  हङकङमा नभएको बेला नक्कली भ्याक्सिन पासहरू वितरण गरेका थिए । यही उदाहरणले स्पष्ट दर्शाउदछ कि धेरै डाक्टरहरूले उचित क्लिनिकल जाँच नगरी भ्याक्सिन छुट दिएका थिए ।”

स्वास्थ्य प्रमुखले जनाए अनुसार हङकङका सात जना  डाक्टरहरूले करिब २०,००० भ्याक्सिन छुटका कागजहरू जारी गरेका थिए र त्यस मध्ये करिब १८,००० थान प्रमाणपत्र आजको  मितिसम्म मान्य छ।  हालसम्म भ्याक्सिन छुटका कागजात अवैध रुपमा संकलन गरेको आशंकामा २६ जना बिरामी पक्राउ परेका छन् भने ८०४ जना बिरामीले आफ्नो भ्याक्सिन छुटको कागज बिधिपुर्वक संकलन गरेका छन् ।

त्यसो त  किर्ते भ्याक्सिन छूटका प्रमाणपत्र बुझी लिने २,०४२ जना नागरिकले पनि कोविड खोप लगाएको भेटिएको छ। यसले के कुरा प्रमाणित हुन्छ भने  नागरिकहरूसँग खोपलाई अस्वीकार गर्ने कुनै उचित कारण छैन लोले अगाडि भने ।

वास्तवमा यी नागरिकहरूलाई खोपको माध्यमबाट कम जोखिमयुक्त व्यक्तिमा रुपान्तरण गर्नका निम्ति पनि सरकारले भ्याक्सिन छुटका फर्जी कागजलाई अमान्य पार्नु परेको हो उनले थपे।

लोले चेताउनी दिदै भने कि कोविड संक्रमण भएमा खोप नलाएका व्यक्तिको मृत्यु दर , खोप लगाएका भन्दा १० गुणा बढी हुन्छ । र ती  सात जना डाक्टरले बिरामीको स्वास्थ्य माथि हानिकारक ढंगले खेलवाड गरे।

हङकङले अख्तियार गरेको कोभिड विरुद्धको मापदण्डलाई एकैचोटि सहज बनाउने पक्षमा हामी छैनौं  किनकि यो महामारी फ्लू मात्र होइन  उनले जोड दिदै भने।

“धेरै मानिसहरु महामारी सकिसकेको कुरामा विश्वास गर्छन् र भन्छन् ‘कोविड कुनै त्यस्तो  ठूलो कुरा होइन, यो फ्लू मात्र हो’ तर म अहिलेको यो अवस्थामा कोविडलाई फ्लूको रूपमा स्विकार्नु असहमत छु। ” मन्त्रीले स्पष्ट भने।

अक्टोबर ३० तारीख आइतबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,२१०
.स्थानीय केस संख्या : ४,७३२
.पिसिआरबाट पुष्टि केस संख्या : १,२७१ (५८८ वटा पुष्टि केस ,५७६ वटा लक्षणहिन केस र १०७ वटा केस सुनिश्चित हुन बाकी )
.गत २४ घन्टामा आएको एन्टिजेनबाट पुष्टि केस:३,४६१

.आयातित केस संख्या : ४७८ जना
.पिसिआरबाट पत्ता लागेको  केस : ४३५ जना (७० वटा पुष्टि केस ,३३४ वटा लक्षणहिन केस र ३१ वटा केस सुनिश्चित हुन बाकी )
.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४३
.एयरपोर्टमा पत्ता लागेको आयातित केसको नमुना: ३१८
.पहिलो र तेस्रो दिनभित्र पत्ता लागेको केस: ११०
.चौथो देखि सातौ दिनमा पत्ता लागेको केस : ५०

.हाल सम्म पिसिआरबाट परिक्षण भएको कुल केस संख्या : ९९६,६३१
.हालसम्म एन्टिजेनबाट परिक्षण भएको कुल केस संख्या: ९१७,३११

.हङकङ स्वास्थ बिभागले अहिले आयातित केसमा संलग्न भाइरसको म्युटेन्ट स्ट्रेनको जेनेटिक विश्लेषण गरिरहेको छ। पब्लिक हेल्थ ल्याबोरेटरि सर्भिस ब्रान्चले २७ अक्टोबर सम्ममा  पेश गरेको सबभेरिएन्ट (उपसंस्करण) को केस विवरण यसप्रकार छ:
.एक्सबिबी(XBB) : २०२ वटा
.एक्सबिडी (XBD): ६ वटा
.बिए.२.७५.२ (BA.2.75.2) : ८ वटा
.बिए.४.६ (BA.4.6) : ६ वटा
.बिएफ.७ (BF.7): ११ वटा
.बिक्यु.१.१(BQ.1.1) : २२ वटा

.सबभेरिएन्ट एक्सबिडीबाट संक्रमित ६ वटा ,बिए.७५.२ बाट संक्रमित एउटा र बिक्यु.१.१ बाट संक्रमित ७ वटा  स्थानीय केस  अहिलेसम्ममा पत्ता लागेकोछ।

.अक्टोबर २१ देखि अक्टोबर २७ तारीख बीचमा आएका लोकल केसमा ०.१% प्रतिशत ओमिक्रोन सब भेरिएन्ट बिए.२.१२.१ ले ओगटेको थियो भने ९१.५ प्रतिशत सब भेरिएन्ट बिए.४/बिए.५ ले ओगटेको थियो ।

.कुल संक्रमित संख्या : १,९१३,९४२ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: १०,३८५ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,७३१,२३०

मृत्यु तथ्यांक
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १२
.पाचौं लहरबाट मृत्यु हुनेको संख्या ( ३१ डिसेम्बर २०२१ देखि ३० अक्टोबर सम्म   ) : १०,१७२ जना । जसमध्ये १०,०८६ जनाको मृत्यु अस्पतालमा प्राधिकरणले रिपोर्ट गरेको थियो भने ८३ जनाको मृत्यु सार्बजनिक शवालयले गरेको थियो । साथै ३ जनाको मृत्यु रिपोर्ट चाइनिज युनिभर्सिटी अफ हङकङ मेडिकल सेन्टरले गरेको थियो ।
.हङकङमा हालसम्म कोभिड संक्रमणबाट मृत्यु भएको कुल संख्या :१०,३८५

.अस्पतालमा भर्नारत बिरामीको संख्या : १,९५५ ( नयाँ भर्ना भएका बिरामी :१९७ )
.अक्सिजन थेरापीमा रहेका बिरामीको संख्या :१७५
.भेन्टिलेटरमा रहेका बिरामीको संख्या : ९
.आइसोलेसन वार्डमा रहेका बिरामीको संख्या :३८१
.दोस्रो तहको वार्डमा रहेका बिरामीको संख्या : १२९
.नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन सेन्टर रहेका बिरामीको संख्या : ५०७ ( नयाँ बिरामीको संख्या : १२४)
.नयाँ क्रीटिकल बिरामीको संख्या : ४
.नयाँ गम्भीर बिरामीको संख्या : ७
. कुल क्रीटिकल बिरामीको संख्या: २९
.कुल गम्भीर बिरामीको संख्या : ४१
.आइसियुमा रहेको बिरामीको संख्या : ९
.२४ घन्टाको अवधीमा निको भएका बिरामीको संख्या : १६७ (डिस्चार्ज भएका बिरामी : १५० जना)

तपाईको प्रतिक्रिया